Pages

Wednesday 30 January 2013

दार्जीलिङको घटनालाई केन्द्र गर्दै क्रामाकपाको प्रतिक्रिया जनभावनालाई सत्ता र सहुलियको बलले रोक्न सक्दैन – क्रामाकपा

कालेबुङ, 30 जनवरी। गोर्खाल्याण्डको आन्दोलनलाई कुटनैतिक चाल चलेर जीटीएमा थान्को लगाउँने मुख्य मन्त्री ममता ब्यानर्जीलाई दार्जीलिङ पहाडका जनताले एकामात्र गोर्खाल्याण्ड चाहन्छ भन्ने सन्देश दिदै चौरास्तामा गोर्खाल्याण्डको नाराबाजी गरेको घटनालाई क्रामाकपाले सकारात्मक ठानेको छ। “मुख्यमन्त्री ममता ब्यानर्जी अनि गोजमुमो अध्यक्ष बिमल गुरुङ एउटै मञ्चमा रहेको कार्यक्रममा दार्जीलिङ पहाडका जनताअले गोर्खाल्याण्दको पक्षमा नाराबाजी गर्नु सही हो। यसलाई क्रामाकपाले स्वागत गर्छ।

 जनताको भावनालाई क्रामकपाले कदर गर्दछ। हामी चाहन्छौ जनताको आकाक्षालाई गोजमुमो पार्टीले पनि बुझ्न आवश्यक छ” – क्रामाकपा महासचिव तरामणी राईले भने। दार्जीलिङको चौरास्तामा भएको घटना जनताको स्वस्फूर्त आक्रोश रहेको बताउँदै जनताको चाहनलाई नेताहरुले निष्ठापूर्वक सिरोधार्य गरेर अघि लानपर्ने पनि राईले आह्वान गरे। तिनले जनभावनालाई कुनै पनि शक्तिले दबाएर लैजान नसक्ने बताउँदै पहाडका मानिसहरुको जनभावनालाई सरकार अनि गोजमुमो मिलेर चौकि र सहुलियतको बलले दबाउँने खोजेको आरोप लगाए। 

यद्यपी चौरास्ताको घटनाले जनभावना दबावन सक्दैन भन्ने प्रमाणित भएको तिनले बताए। गोजमुमो पार्टीले गोर्खाल्याण्डको आन्दोलन गरेर जीटीए थाप्दा जनताको बिचार लिएर थापेको घोषणा गरेको बताउँदै “अहिले जनताले गोर्खाल्याण्ड चाहियो भनेर मुख्यमंत्री अघि प्रदर्शन गरेपछि जीटीएको सत्ताबाट सबैले राजीनामा दिएर मोर्चा सडकमा उत्रनुपर्छ”- क्रामाकपा महासचिवले राईले भने। बिगत दिनमा जीटीएमा सम्झौता हुँदा आन्दोलनकारी नेताहरुले जनतालाई गलत बुझाएर भ्रममा पारेको आरोप लगाउँदै अहिले जनता स्वय सचेत बनेर अघि उत्रिएको तिनले दाबी गरे। 

तिनले दार्जीलिङमा मंगलबार भएको घटनाले अलग राज्यको चाहना राख्ने जनता अझै थाकेका छैनन भन्ने नेताहरुले बुझ्न आवश्यक रहेको बताउँदै “जनताको चाहनलाई चौकिको मोह त्यागेर सडकमा उत्रनुपर्छ” भने। तिनले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा राजनैतिक मुद्दा रहेको बताउँदै यसको समाधान पनि राजनैतिक स्तरमा हुनपर्ने माग गरे। “जबसम्म छुट्टै राज्य गोर्खाल्याण्ड गठन हुँडैन तबसम्म पहाडमा स्थायी शान्ति हुँदैन। त्यसर्थ यदि सरकारले पहाड्मा स्थायी शान्ति चाहे गोर्खाल्याण्ड गठन गर्नै पर्छ” राईले भने।

 यसै अवसरमा तिनले गोर्खाल्याण्डको आन्दोलनलाई दबाएर सरकारले दिएको व्यव्स्थाहरु केवल ‘पेन किलर’ मात्र हो भने। “दागोपाप, छैँटौ अनुसुची, जीटीए भनेको पेनकिलर जस्तो मात्र हो। ठूलो अपरेशन नगरी हाम्रो राजनैतिक चिन्हारीको गाँडे घाउ कहिले निको हुने छैन। यसर्थ यसलाई पूर्णरुपले निको पार्न एकमात्र बिकल्प छुट्टै राज्य गोर्खाल्याण्डको गठन हो” राईले भने।

 एकातिर ममता ब्यानर्जीले तनाव हुँदा कार्यक्रम कुनै राजनैतिक पार्टीको नभएर सरकारी भएको घोषणा गर्छन भने अर्कोतर्फ सरकारी कार्यक्रमकै मञ्चबाट राजनैतिक घोषणा गर्ने गरेको पनि क्रामाकपाले आरोप लगाएको छ। यस्तो दोहोरो चरित्र खुबै खतरानक रहेको बताउँदै “गोर्खाहरुको आँगनमा आएर गोर्खाहरुलाई छुट्टै राज्य दिदिन भन्दै दार्जीलिङ बङगालको अङ्ग हुन भन्ने मुख्यमंत्रीको बयान प्रति कामाकपाले कडा बिरोध गर्दाछ” राईले भने।

No comments: