Pages

Monday 28 January 2013

पहाडका शिक्षित बेरोजगारहरुलाई बाराम्बार रोझगारको अवसरबाटॅ बञ्चित पार्ने कार्य गरिरहेको छ- माकपा

कालेबुङ, 28 जनवरी। पश्चिम बङगाल सरकारले दार्जीलिङ पहाडका शिक्षित बेरोजगारहरुलाई बाराम्बार रोझगारको अवसरबाटॅ बञ्चित पार्ने कार्य गरिरहेको माकपा नेता तरा सुन्दासले आरोप लगाएका छन। तिनले आज एउटा पत्रकार सम्मेलन डाकेर राज्यको आबकारी बिभागमा 1268 जना नियुक्ति गर्ने सरकारी आदेश जारी भएर फारम भर्ने प्रक्रिया शुरु भएको बताउँदै जीटीएका बेरोजगारहरु भने बञ्चित बनेको आरोप लगाए। 

‘मुख्य मन्त्री ममता ब्यानर्जीले जीटीएको निम्ति थुप्रै आश्वासन दिदा यहाँका नेतहारु मख्ख भए। आज त्यही ममता ब्यानर्जीको सरकारले जाबो आबकारी बिभागमा नियुक्ति गर्नको निम्ति जीटीएको निम्ति कुनै ठाउँनै छैन। यति हुँदा पनि ममता ब्यानर्जीको धुपौरेहरु किन बोल्दैनन। जनताको भोट थापेर नेता भएकाहरु किन बोल्दैनन ?” – सुन्दासले प्रश्न राखे। पहाडमा दैनिक शिक्षित बेरोजगारहरुको संख्या बृद्धि भईरहे पनि राज्य सरकार भने पहाडको बेरोजगार समस्याप्रति उदासिन रहेको तिनले अझ आरोप लगाए।

 तिन अले अलीपुरद्वार, जलपाइगुडी, वर्द्धवान, दूर्गापुर, ब्यारेकपुरलगायत अन्य केही क्षेत्रहरुको निम्ति सरकारले कोटा आवण्टन गरेको जानकारी गराउँदै जीटीए क्षेत्रमा भने कुनै कोटा आवण्टन नगरेको दाबी गरे। पहाडवासीले रोजगारको अवसर पाउँनुपर्ने माग गर्दै एकातिर राज्य सरकारले माओवादीहरुलाई नियुक्ति गरिरहेको छ भने अर्कोतर्फ पहाडका जीएलपी युवाहरु प्रति भने क्लुनै सरोकार नराखेको पनिन आरोप लगाए। 


 कम्पनिमा पैसा लगानीकर्ताहरु बिलखबन्दमा 


 कालेबुङ, 28 जनवरी। कम समयमा धेरै पैसा कमाउँन मानिसहरु आतुर बनेर मल्टि नेशनल कम्पनीहरुमा पैसा लगानी गर्छन अनि कम्पनीका मलिकहरुलाए पोस्याएर आफु गरीब बन्ने गरेको सत्यता सबैको अघि छ। ठिक त्यस्तै मल्टि कम्पनीमा पैसा लगानी गरेर धनी हुने चाह राख्दा राख्दै गरीब भएकाहरुले कम्पनीले पैसा फिर्ता गर्नुपर्ने माग गर्दै दबाव दिन थालेको छ। उक्त घटना कालेबुङ शहरकै हो।

 कालेबुङ शहरमा सन 1995 देखि सञ्चालन हुँदै आईरहेको आशिष ईण्टरप्राईजका मालिक रोशन लामाले गत केहि महिना अघि आत्महत्या गरेपछि कम्पनिमा पैसा लगानीकर्ताहरु बिलखबन्दमा परेका छन। कम्पनिका मालिक नभएपाछि अहिले लगानीकर्ताहरुले कम्पनिका मालिकका परिवारहरु माथी दबाव दिन थाल्का छन। पैसा लगानीकर्ता, एजेंट अनि कम्पनि मालिकका परिवार पक्षमाझ दबाव बनाउँने कर्यले तनाव सृजना हुने थालेको छ।

 यसै सिलसिलामा लगानीकर्ताहरुले तामाङका परिवार पक्षमाझ दबाव बनाउँने क्रममा घरमा गएर कोलाहल मच्चाउँदा मामला थानामा पुगेको छ। आशिष ईण्टरप्राईजका मालिक स्व रोशन लामाकी छोरी अनामिका तामाङले आज थानामा प्राथमिकी दर्ता गरेकी छिन भने लगानी कर्ता अनि एजेंटहरुले परिवारपक्षलाई मानसिक दबाव दिएको आरोप लगाएकी छिन। 

तिनले आज थानाम जीडी गरेपछि यस कम्पनीका एजेण्ट र लगानीकर्ताहरु थाना परिसरमा भेला भएर थाना प्रभारीसँग गुहार लगाएका थिए। तर थानाप्रभारी भने कम्पनीविरुद्ध आफूले आजसम्म कुनै लिखित गुनासो नपाएको भन्दै पन्सिन खोजेका छन। थाना प्रभारीले कम्पनीको कुनै वैध कागजपत्र उपलब्ध नरहेको अनि कानूनी दृष्टिले मृतकका परिवारका सदस्यहरु रुपियाँ फिर्तीको निम्ति जवाफदेही नरहेको स्पष्ट पारेपछि एजेण्टहरु झनै बिखलबन्दमा परेका छन।

No comments: