कालेबुङ् ;2 जनवरी ;चिया अनि पर्यटन उत्सव कालेबुंङ् अध्याईको आयोजनामा आज देखि तिनदीन ब्यापी चिया अनि पर्यटन महोत्सव आरम्भ भएको छ।जिटिए उपा कार्यकारणी कर्नल रमेश आले प्रमुख अतिथि रहेको उक्त महोत्सवको उद्धघाटन कार्यक्रममा पर्यटन बिभागका एम ओ डी दावा लेप्चा बिशिष्ट अतिथि रुपमा रहेका थिए।पर्यटन बिकासलाई ध्यानमा राख्दै आयोजना गरीएको आज प्रथम दिनको महोत्सवमा बिभिन्न जातिको झाकी प्रस्तुत गरिएको थियो भने टाउन हल परिसर देखि झाकिहरुको रह्याली आरम्भ भएको थियो।
कालेबुंङ्मा पुरानो गोरु गाढीलाई स्मरण गराउदै आज गोरु गाडी सवार गरियो।उक्त गाड़ीमा ससाना नानिहरू सवार भएर शहरको बिभिन्न मार्गहरु परिक्रमा गरे पछि ड़म्बर चोकमा आएर समापन भयो। प्रमुख अतिथि आलेले महोत्सवको झण्डा उत्तोलन गरेर औपचारिक घोषणा गरे पछि दावा लेप्चाले स्वागत भाषण राखे।कार्यक्रममा बिभिन्न क्षेत्र बाट आएका बिभिन्न जातिका समुदाईहरूले आ आफ्नो जातीय नित्य प्रस्तुत गरे।
आज देखि आरम्भ भएको चिया अनि पर्यटन उत्सवको निम्ति जनमुक्ति पार्कमा पुष्प प्रदशनी,टाउन हालमा चित्रकला प्रदशनी साथै मेनरोडमा बिभिन्न जातिका पुराना हाथ हथियार अनि समाग्री पनि प्रदशनीमा रखिएको छ।यसका साथै मेला टारमा सेना हतियारहरु पनि प्रदशनीमा राखिएको छ।
कार्यक्रममा दार्जीलिंङ् चिया अनि पर्यटन उत्सव समितीका सभापति राजु प्रधान,कालेबुंङ् मह्कुमा क्षेत्रका सभास्द्हरू क्रमैले सामुएल गुरुङ्,नीमा तमांङ्,कल्पना तमांङ्,काजिम छिरिङ् भूटिया,आर बी भुजेल रमेश लामा, सिपि शर्मा सुनील प्रधान आदि उपस्थित रहेका थिए।
यता साँझाको कार्यक्रममा दार्जीलिंङ्का कारनिभल साङ्गेतिक टोलीले संगित,नित्य प्रस्तुत गरेर दर्शकधिर्घलाई खुबै मनोरन्जन गराए। यसरीनै भोलीको कार्यक्रममा दुई बर्ष देखि चार बर्ष सम्मको शिशु प्रदशनी साथै महिलाहरु माझा सुश्री सुनकेशरी प्रतियोगिता संम्पन्न हुने भएको छ भने बेलुकी पख पारम्परिक ढंगमा फेसन शो प्रतियोगिता हुने भएको छ।
No comments:
Post a Comment