photo lavainfo |
कालेबुङ 5 दिसम्बर। गोर्खाल्याण्ड टास्क फोर्सको आज एक बैठक गोरानिमो पार्टी कार्यलयमा सम्पन्न भयो। आज बसेको गोटाफोको बैठतमा गोरानिमो, भागोप अनि क्रामाकपा प्रतिनिधिहरू उपस्थित रहेपनि गोर्खालीगबाट कुनै प्रतिनिधिहरूको उपस्थिति थिएन। क्रामाकपा केन्द्रिय उपाध्यक्ष जेबी राई, आञ्चलिक समिति सचिव किशोर प्रधान, गोटाफो राष्ट्रिय अध्यक्ष डा.एनोस् दास प्रधान, राष्ट्रिय समन्वयक आर मोक्तान, गोरानिमोबाट अध्यक्ष दावा पाख्रिन, सचिव जोन पौड्याल, भागोबाट राष्ट्रिय कार्यकारी समिति सचिव सुखमान मोक्तान अनि कालेबुङ शाखाबाट पीके प्रधानको बैठकमा बिशेष उपस्थित रहेको थियो।
बैठक सकेपछि टास्क फोर्सका राष्ट्रिय समंवयक आर मोक्तानले जीटीए कार्यकारी प्रमुख बिमल गुरुङ प्रति हमला गर्दै गोजमुमो पार्टीलाई खुल्ला चुनौति दिएको छ। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष एंव जीटीए कार्यकारी प्रमुख बिमल गुरुङले कालेबुङको भ्रमण अवधी बिपक्षी पार्टीका नेताहरुलाई “विन्टर सेसनका नेताहरु” भन्दै आलोचना गरेपछि गोर्खाल्याण्ड टास्क फोर्सले पनि गुरुङलाई खुल्ला चुनौति दिएको छ। टास्क फोर्सका राष्ट्रिय समन्वयक आर मोक्तानले आज टास्क फोर्सको बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै “बिपक्षी पार्टीहरुलाई विन्टर सेसनका नेता भन्नेहरुले आफुहरुलाई बाह्रै मासे नेता सम्झन्छन भने जीटीएको सभामा छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा प्रस्ताव पारित गरेर राज्यसरकारलाई पठाओस” भनि खुल्ल चुनौति दिएको छ।
R MOKTHAN PHOTO LAVAINFO |
“सामर्थ्य छ भने गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर राज्य सरकारलाई पठाओस, तब हामी बाऊका छोरा रहेछ भनेर मान्नेछौ। जनतालाई घरी घरी गोजमुमो पार्टीले छुट्टै राज्य गोर्खाल्याण्डको माग छोडेको छैन भनेर मात्र हुँदैन। यदि यसलाई प्रमाणित गर्छौ भने देखाऊ गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर अनि उक्त प्रस्ताव केन्द्र साथै राज्य सरकारलाई पठाओस” – मोक्तानले तिखो प्रतिक्रिया गर्दै भने। तिनले उक्त प्रस्ताव गोजमुमो पार्टीले पारित गरेर राज्यसरकार अनि केन्द्र सरकारलाई पठाउँन नसक्ने पनि दाबी गरेका छन।
यसै अवधी तिनले आज सम्पन्न टास्क फोर्सको बैठकबारी जानकारी गराउँदै उक्त बैठक बिशेष आगमी 19 दिसम्बरमा सिलगडीमा हुन गइरहेको गोटाफोको राष्ट्रिय सम्मेलनलाई केन्द्र गर्दै बसेको थियो भने । मोक्तानले जनाएअनुसार, बैठकमा उक्त सम्मेलनसितै वर्तमान दार्जीलिङ पहाडको राजनैतिक परिस्थित, पञ्चायत चुनाउ, गोटाफोको रणनीति आदिमाथि चर्चा भयो। 19 दिसम्बरको सम्मेलनमा देशका विभिन्न राज्यहरूबाट छुट्टै राज्य पक्षधर गोर्खा प्रतिनिधिहरूको सहभागिता रहने भएको मोक्तानले पत्रकारहरुलाई अवगत गराउँदै छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति रणनीति तय गरिने जनाए।
आज गोरानिमो अध्यक्ष दावा पाख्रिनको नीजि निवासमा सम्पन्न बैठक गोटाफो राष्ट्रिय अध्यक्ष डा. एनोस् दास प्रधानको अध्यतामा सम्पन्न भएको थियो। बैठकमा आगामी पञ्यात चुनाउमाथि पनि चर्चा परिचर्चा भयो। मोक्तानले आगामी पञ्यात चुनाउलाई गोटाफोको गम्भिरतामाथ हेरेको बताउँदै जीटीए सम्झौतामा त्रिस्तरीय पञ्याच चुनाउको कुरा उल्लेख रहेको कारण यसलाई गोटाफोले गम्भिररुपमा हेरेको जनाए।
यसै सिलसिलामा तिनले उक्त त्रिस्तयी पञ्यायत चुनाउ केवल जीटीए क्षेत्रमा मात्र हुने सम्भावनामाथि गोटाफोको आपत्ति रहेको जनाए। तिनले त्रिस्तरीय पञ्याच चुनाउमाथि धारा 243 एम, 3(ए)(बी) माथि गोटाफोले बैठकमा चर्चा गरेको जानकारी गराए। उत्तर बङ्गालका नगरबिकास मन्त्री गौतम देवले पहिला सिलगडी पञ्चायत समितिको चुनाउपछि मात्र पहाडमा पञ्चायत चुनाउ हुने बताएको कारण त्रीस्तरीय पञ्चायत चुनाउमा प्रश्नचिन्ह खडा भएको पनि तिनले बताए। उनको बयानले त्रिस्तरीय पञ्यात चुनाउ जीटीए क्षेत्रमा मात्र हुने सङ्केत पाइएको गोटाफोले आउँदो दिनमा यसको विरूद्ध कुनै ठोस् कदम उठाउने समेत मोक्तानले जनाए। यद्यपि, आज गोटाफोले यससम्बन्धी आफ्नो रणनीति भने खुलासा गरेन।
No comments:
Post a Comment