Pages

Monday 24 December 2012

दिल्लीको घटनाले तातियो पहाड: पेदोङमा भएको जिना हत्याकाण्डको उठ्यो आवाज

कालेबुङ 24 दिसम्बर। राजधानी दिल्लीमा एक छात्रा माथि भएको सामुहिक बलत्कारको चौतर्फी बिरोध भईरहेको समयमा पहाडबाट पनि बिरोध भएको छ। पहाडवासीहरु पनि पिडीत नारीले न्याय पाउँनुपर्ने माग गर्दै अनि दोषीहरुलाई यथाशिघ्र सजायको माग गर्दै सडकमा निस्कन थालेको छ। यसै सिलसिलामा राजधानी दिल्लीमा भएको सामुहिक बलत्कारको घटनाको बिरोधमा आज गोर्खा जनमुक्ति नारी मोर्चाले शहरमा मौन जुलुस निकालेको थियो। 

यहाँको डम्बर चौकबाट शुरु भएको उक्त मौन जुलुसमा नारीहरुको सुरक्षा गर्नुपर्ने मागमा बिभिन्न प्रकारका प्ला कार्डहरु बोकेका थिए। यस अवसरमा डम्बर चौकमा जुलुस शुरु हुन अघि गोजमुमो पार्टीका बरिष्ट सदस्य एंव सभासद डा आर बी भुजेल, नारी मोर्चा केन्द्रिय समिति सदस्य तारा लोहार लेप्चाले सबैलाई सम्बोधन गरे।“नारीहरुलाई सम्मान गरौ”, मानिसहरुमा बृद्धि भईरहेको शैतानी प्रवृति नष्ट पारौ आदि स्लोगानहरु लेखिएको प्लाकार्डहरु बोकेर निकालिएको जुलुस यहाँको थाना डाँडा परिसर हुँदै महकुमा अधिकारी कार्यलयमा पुगेर समापन भयो।

 यस अवसरमा बिभिन्न समाजिक संगठनका प्रतिनिधीहरुको पनि सहभागिता रहेको थियो। दिल्लीमा भएको सामुहिक बलत्कारको घटनाको बिरोधमा निकालिएको उक्त जुलुसले आज यहाँको पेदोङम गत वर्ष भएको 22 वर्षिय जीना प्रधान हत्याकाण्डको आवजलाई पनि अघि ल्यायो। दिल्लीको घटनाले नारीहरु सुरक्षित छैन भन्ने सन्देश चारैतिर फैलाएको समयमा समाजिक अपराधका घटनाहरुको कारण पहाडमा पनि नारीहरु सुरक्षित छैन भन्ने प्रमाण जीना प्रधान ह्त्याकाण्डले स्पष्ट पारेको छ।

 जुन ह्त्याको आज 13 महिना बितेर जाँदा पनि जाँच गर्ने पुलिस कर्मीहरुले हत्यारालाई पक्राउ गर्न सकेको छैन। राजधानीमा भएको घटनाको बिरोधमा निकालीएको जुलुसले आज जिना प्रधान हत्याकाण्डको आवज निकालेपछि पुलिस प्रशासनले जाँच कार्यमा गरिरहेको बिलम्ब माथी पनि प्रश्न खडा गरेको छ। यस सम्बन्धमा डम्बर चौकमा गोजमुमो पार्टीका बरिष्ट सदस्य एंव सभासद डा आर बी भुजेलले मानिसहरुलाई सम्बोधन गर्दै दिल्ली घटनाको आरोपीलाई यथाशिघ्र सजाय दिनुपर्ने माग गरे।

 तिनले सम्बोधनकै क्रममा गत वर्ष पेदोङमा 22 वर्षिय जिना प्रधानको दिउँसै हत्या गरिएको सन्दर्भमा पुलिसले यथाशिघ्र कार्वाही गर्दै दोषीलाई पक्राउ गरेर नारीहरुको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरे। “अहिले पहाडमा पनि नारीहरु सुरक्षित छैनन। पेदोङमा जिना प्रधानको हत्या भयो। केहि वर्ष अघि मात्र कालेबुङ महकुमाको चुईँखिममा चार वर्षिय नाबालिकको बलत्कार भयो। यसको साथै यहाँको बोङबस्ति स्थित एक नाबालिकको अपहरण गरेर बलत्कार अनि हत्या गरिएको घटना अघि आईसकेको छ।

 यस्तो घटनाले सामाजिक अपराधाहरु दिनोदिन बडीरहेको पुष्टि गरिरहेको छ भने पुलिसले किन दोषीहरु पक्राउ गर्दैन ?” – डा भुजेलले प्रश्न राखे। आज महानगरीहरुमा मात्र होईन ग्रामिण ईलाकाहरुमा पनि सामाजिक अपराधका घटनाहरु दैनिक बृद्धि भईरहेको बताउँदै उक्त घटनाका दोषीहरुलाई पुलिसले यथाशिघ्र पक्राउ गर्नुपर्ने माग गरे। पहाडमा समाजिक अपराधका घट्नाहरुमा संलग्न दोषीहरुलाई पुलिसले पक्राऊ गरेर नारीहरुको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गर्दै पुलिसले जाँच कार्यमा बिलम्ब गरिरहेको बिषयमा पनि प्रश्न उठाए।

 यसै सिलसिलामा नारी मोर्चा केन्द्रिय समिति सदस्य तारा लोहार लेप्चाले दिल्ली घटनाको पिडीत प्रति पहाडवासीको सम्वेदना रहेको बताउँदै दोषिहारुलाई यथाशिघ्र सजाय दिनुपर्ने माग गरे। तिनले नारीहरुको सुरक्षा पुलिसले सुनिश्चित गरेर निर्धक्क हिड्न सक्ने वातावरण बनाउँनुपर्ने माग पनि गरिन। 

 यहाँको डम्बरचौकबाट निकालीएको उक्त मौन जुलुसमा बिभिन्न संगठनका प्रतिनिधीहरुको सहभागीता संगै सभासदहरुको पनि सहभागिता रहेको थियो। उक्त प्रतिनिधी टोलीले महकुमा अधिकारी एल एन शेर्पालाई भेट गरेर एउटा ज्ञापन पत्र सुम्पियो। दिल्ली घटनाका अरोपीलाई यथाशिघ्र सजाय दिनुपर्ने ज्ञापन पत्रमा माग गरिएको छ। यस अवसरमा महकुमा अधिकारी कार्यलय परिसरमा गोर्खा दुख निवारक सम्मेलनका अध्यक्ष उदय कुमाई लगायत अन्य संगठनका प्रतिनिधीहरुले पनि सम्बोधन गरे।

No comments: