Pages

Sunday 23 December 2012

आईसीडीएस कर्मीहरुको नियुक्ति सम्बन्धि सभासदले गरे बैठक

 कालेबुङ, 22 दसम्बर। दार्जीलिङ पहाडमा आईसीडीएस कर्मीहरुको रिक्त रहेको पदहरुमा जीटीएले नियुक्त गर्न पहल शुरु गरेको छ। सोहि सिलसिलामा आज यहाँको महकुमा अधिकारी कार्यलयमा बिभागका भारप्राप्त सभासद प्रभा छेत्रीको उपस्थितीम एउटा महत्वपूर्ण बैठक सम्पन्न भयो।

 महकुमा अधिकारी एल एन शेर्पाकोसंग बसेको बैठकमा कालेबुङ खण्डका सीडीपिओको पनि उअपस्थिति रहेको थियो। उक्त बैठकमा चर्चा परिचर्चा गरेपछि कालेबुङको बिभिन्न आईसीडीएस केन्द्रहरुम्ना रहेको रिक्त पदको निम्ति नियुक्ति प्रक्रिया यथाशिघ्र गर्ने निर्णय लिईएको छ। 

उक्त पदहरुको निम्ति अघिबाटै आवेदन जमा भएको कारण अब नियुक्तिको निम्ति अन्तरवार्ताको प्रक्रिया शुरु हुने भएको छ। यता बैठक पछि आईसीडीएस कर्मीहरुको विविध समस्याहरुलाई लिएर जनमुक्ति कर्मचारी संगठन आईसीडीएस शाखाले आज जीटीए ह्युमेन एण्ड चाइल्ड डेभलोपमेन्ट विभागका कार्यकारी सभासद्‌ प्रभा छेत्रीलाई भेटेर 11 सुत्री माग राखेको छ। संगठनका अध्यक्ष खडक बिक्रम सुब्बा अनि सचिव अनुप लामाको नेतृत्वमा रहेको टोलीले उक्त ज्ञापन पत्र सुम्पिन्दै आईसीडीएस कर्मीहरुको समस्याबारे कुराकानी गरे।

 यस अवसरमा आईसीडीएस कर्मीहरुको पनि सहभागिता रहेको थियो। विशेष कालेबुण्ग़ महकुमा अधिनस्थ रहेको बिभिन्न आईसीडीएस केन्द्रहर्मा कार्यरत आईसीडीएस कर्मीहरुले भोग्न परिरहेको समस्याहरु उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ। राज्यमा अन्य बिभागहरुमा कार्यरत कर्मचारीवर्गले जसरी शितकालीन भत्ता आदि पाउँछन उक्त सुबिधाहरु आईसीडीएस कर्मीहरुले पनि पाउँनुपर्ने संगठनले माग गरेको छ।

 यता जकस अध्यक्ष खडकबिक्रम सुब्बाले बिभिन्न पदहरुमा सो अवधि जकसं अध्यक्ष खड़्‌ग विक्रम सुब्बाले कर्मचारीहरूको संगठनको हैसियतले कुनै पनि नियुक्ति प्रक्रिया हुँदा जनमुक्ति कर्मचारी संगठनलाई पनि प्राथमिकता दिएर कार्य गरे असल हुने बताए

No comments: