Pages

Friday 21 December 2012

प्रो महेन्द्र पी लामाले राजनीतिको वर्णमाला पनि सिकेको छैन - डा हर्कबहादुर छेत्री

डी के वाइबा, कालेबुङ 21 दिसम्बर। “प्रो महेन्द्र पी लामाले राजनीतिको वर्णमाला पनि सिकेको छैन” – उक्त बयान कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले भनेका हुन। आज पत्रकारहरु संगको भेटघाटमा प्रो लामाले जीटीए भन्दा छैटौ अनुसुची राम्रो हो भनेको कुरा एक दैनिक समाचार पत्रमा प्रकाशित भएको सन्दर्भमा डा छेत्रीले उक्त टिप्पणी गरेका हुन। यता केहिदिन अघि सिलगडीमा आयोजित गोर्खाल्याण्ड टास्क फोर्सको सम्मेलनमा “कुनै पनि राजनैतिक दलहरु गोर्खाल्याण्डको निम्ति समर्पित छैन” भन्ने शिक्षाविद प्रो महेन्द्र पी लामा विवादको घेरोमा परेका छन। प्रो लामाको उक्त वयान प्रति गोर्खा जनमुक्ति मोर्चाले कडा प्रतिक्रिया जनाएको छ।

 गोजमुमो प्रवक्ता एंव काल्बुङका बिधायक डा हर्कबहादुरले आज पत्रकारहरुसंगको एक भेटघाटमा प्रो लामाको वयान प्रति कटाक्ष गर्दै “मलाई यस सम्बन्धमा केही भन्नु छैन” – भनेर धैरै कुरा भने। केही भन्नु छैन भनेर भन्न शुरु गरेका बिधायक डा हरकबहादुर छेत्रीले पहिला त उक्त बयान प्रो लामाको आफ्नो नीजि बयान हुनसक्छ भने तर केहि समयमा नै प्रो लामा प्रति बर्सिन्दै राजनैतिक पार्टीसित सम्बन्धित नभएका व्यक्तिले यस्तो टिप्पणी गर्नु ठिक होईन भने। तिनले प्रो लामाको उक्त बयान प्रति बर्सिन्दै प्रो लामाले पहिला आफ्नो बिभागकै कार्य हेर्नु राम्रो हो भन्दै “यदि तिनी छुट्टै राज्य गोर्खाल्याण्ड प्रति समर्पित छन भने कुनै पनि राजनैतिक पार्टीमा आएर गोर्खाल्याण्डको आन्दोलनलाई टुङ्गोमा पुर्यााउँन सही नेतृत्व दिएर देखाओस” भने। “प्रो महेन्द्र पी लामाले राजनीति गरेको छैन।

 राजनीति नगर्ने व्यक्तिले बाहिर बसेर जथाभावी टिप्पणी गर्नु ठिक होईन। यदि तिनले विश्व विद्यालयमा बसेर राजनीति गर्दैछ भने त्यसमा भन्नु केही छैन। तर तिनले जे भने त्यो एकदमै अनुपयुक्त बयान हो” – डा हर्कबहादुर छेत्रीले भने। तिनले प्रो लामालाई आक्रमण गर्दै “यदि शिक्षाविद भएको नातामा आफुलाई राजनीतिमा दखल छ भन्ने मान्छ भने अथवा गोर्खाल्याण्ड कसरी ल्याउँनुपर्छ भन्ने बिषयमा ज्ञान छ भने तिनले गोर्खाल्याण्ड प्राप्त गर्नुको निम्ति लडीरहेकोप दलहरुको हातमा आफ्नो ज्ञान अथवा सुझावहरु लेखेर दिनुपर्छ” भने।

 यसको साथै डा छेत्रीले गोर्खाल्याण्ड प्रति समर्पित छैन भन्ने प्रो महेन्द्र पी लामाले “समर्पितको संकेत के हो भन्दै के गर्योै भने समर्पित देखिन्छ भनि प्रश्न तेर्साए। तिनले उल्टै महेन्द्र पी लामा छुट्टै राज्यको मुद्दामा ईमान्दार नभएको आरोप लगाउँदै गोजमुमो पार्टीले आन्दोलनकालमा सरकारसंग 11 पल्ट वार्ता गर्दा प्रो लामाले कुनै सुझाव समेत नदिएको आरोप लगाए। “छुट्टै राज्य गोर्खाल्याण्ड प्रति यदि प्रो महेन्द्र पी लामा ईमान्दार भएको भए तिनले सुझाव दिने थिए। तर किन एउटै सुझाव तिनले दिएनन ?” – डा छेत्रीले प्रश्न गरे।

 छुट्टै राज्य प्रति राजनैतिक दलहरु समर्पित छैन भन्ने बयान प्रो लामाको तल्लो स्तरका राजनैतिक कार्यकर्ताहरुको बयान जस्तै रहेको बताउँदै त्यस्तो बयान दिए प्रो लामाको उपकूलपतीको स्तर तल झर्ने पनि डा छेत्रीले बताए। “शिक्षाको क्षेत्रमा उच्च पद ओगटेका लामाले पार्टीका साधरण कार्यकर्ताले जस्तो बयान दिनु हुँदैन। त्यसो गर्दा तिनको दर्जा घटछ। अहिले शिक्षाको क्षेत्रमा उच्च पद ओगट्नेहरुको अभावमा प्रो महेन्द्र पी लामाले कि त शिक्षाको क्षेत्रमा हाम्रा समाजका नानीहरुलाई सही दिशाबोध गराउँन राम्रो कार्य गर्नुपर्छ कि त तिनले शिक्षाको क्षेत्र छोडेर राजनीतिमा आउँनुपर्छ। 

यस बिषमा प्रो लामाले दुईमा एक गरोस” – डा हर्कबहादुर छेत्रीले चुनैति दिदै भने। यसै सिलसिलामा प्रो लामाले जीटीए भन्दा छैटौ अनुसौची राम्रो हो भनेको सन्दर्भमा प्रश्न गर्दा तिनले आफ्नै जनजाति भएको नातामा प्रो लामाले छैटौ अनुसुची राम्रो हो भनेको हुनपर्छ भने। तिनले छैटौ अनुसुचीको प्रमुख कुनै एकजना व्यक्ति हुने गरेको अनि उक्त प्रमुख व्यक्ति पछि वंशको आधारमा प्रमुख हुने गरेको बताउँद “के प्रो महेन्द्र पी लामाले सुवास घिसिङनै सत्तामा बसिरहोस बन्ने चान्थ्यो ?” भनि सोझै प्रश्न उठाए।

No comments: