Pages

Tuesday 18 December 2012

भारतीय गोर्खाहरुको निम्ति नेपाली भाषी च्यानल सञ्चालको निम्ति सबै अघि आउँनुपर्छ – माकपा

कालेबुङ, 18 दिसम्बर। भारतीय गोर्खाहरुको निम्ति एउटा नेपाली भाषामा प्रसारण हुने राष्ट्रिय च्यानल हुनपर्ने पटक पटक माग उठे पनि आज सम्म उक्त च्यानल सञ्चालन हुन सकेको छैन। यस सम्बन्धमा आज माकपा नेता तरा सुन्दासले भारतीय नेपाली भाषी गोर्खाहरुको निम्ति भारत सरकारले नेपाल वान च्यानल अघिबाटै दिएको जानकारी गराउँदै उक्त च्यानलको प्रसारण भारतबाट हुनपर्ने माग गरेका छन। भारतीय गोर्खहरुको निम्ति भारत सरकारलाई नेपाली भाषी च्यानलको माग गर्दै दार्जीलिङका पूर्व लोकसभा सांसद दावा नर्बुलाले सुचना एंव प्रसारण मन्त्रिलाई पत्रचार गर्दा प्रसारण मन्त्रि जयपाल रेड्डीले नेपाल वान च्यानलको लाईसेन्स भारतीय गोर्खाहरुल्को निम्ति दिएको हो भनेर जानकारी गराएको पत्र सार्वजनिक गर्दै यसको निम्ति सम्पूर्ण राजनैतिक एंव गैरराजनैतिक संगठनहरु सडकमा आएर आन्दोलन गर्नुपर्ने आह्वान गरे।

 तिनले पहाडमा सत्तासिन पार्टी गोजमुमोले जीटीएमा नेपाली भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने भनेर प्रस्तावा पारित गरेकोमा बधाई दिदै अब जीटीएले उक्त नेपाली भाषी च्यानलको प्रसारण भारतबाटै हुनपर्ने कुरामा जोडदिदै पहल गर्नुपर्ने सुझाव दिए। ‘नेपालबाट प्रसारण हुने च्यानल नेपाल वान्‌ को लाइसिन्स भारतले दिएको हो। नेपाल वान्‌ भारतीय गोर्खाहरूको च्यानल हो’- माकपा नेता तारा सुन्दासले भने। यहॉं कुनै प्रोडक्सन हाउस छैन भन्ने देखाएर च्यानल नेपालबाट नेपालकै विषयवस्तुलाई मात्र आधार गरी सञ्चालन गर्ने गरेको बताउँदै उक्त कार्यले भारतीय गोर्खाहरु बञ्चित बन्न परिरहेको दाबी गर्दै अब सरकारलाई चाप दिन सबै अघि आउँनुपर्ने आह्वान गरे।

 तिनले नेपाली भाषामा च्यानल प्रसारण गर्नको निम्ति भारतमा प्रोडक्सन हाउस छैन भन्ने देखाएर नेपालबाट प्रसारण गरिरहेको बताउँदै यहाँ नेपाली भाषामा च्यानल सञ्चालन गर्नको निम्ति प्रोडक्सन हाउसको कमी नहुने दाबी गरे। ‘हाम्रोमा प्रशस्त प्रोडक्सन हाउसहरू छ त्यसर्थ नै यहॉं फिल्म सिटी बनिँदैछ” सुन्दासले भने।तिनले देशभरि छरिएर बसेका गोर्खाहरूको निम्ति राष्ट्रिय च्यानल भए यहॉंका कलाकार, साहित्यकार, सङ्गितकार आदिले माथि उठ्‌ने नयॉं मञ्च पाउने थियो भन्दै च्यानलको माध्यमनबाट भारतमा गोर्खाहरूको परिचय अझ अघि बडाउँन सकिने बताए।

 नेपाली भाषाको च्यानल राष्ट्रिय स्तरको नहुनाले भाषा, कला, साहित्य अनि संकृतिको विकास नभएको अनि यसबारे भारतीय मानिसहरु अनभिज्ञ रहेको बताए। यस बिषयमा सबैले ध्यान दिएर कार्य गर्नुपर्ने बताउँदै सरकारले हाम्रो निम्ति दिएको च्यानल नेपाल वान्‌ अब भारतीय गोर्खाहरूबाट प्रसारण गर्नुपर्छ भन्ने माग गरे। तिनले उक्त च्यानलको निम्ति माकपाले राज्य कमिटीको निर्णयअनुसार 16 जनवरी 2006 सालमा नै तत्कालिन सासंद समन पाठकमार्फत केन्द्रिय सूचना अनि प्रसारण एवं संस्कृति मन्त्री अम्बीका सोनीलाई पत्रचार गरिसकेको थप जानकारी गराए।

No comments: