Pages

Sunday 25 November 2012

गोर्खाल्याण्ड स्टेप बाई स्टेप हुने कुरा हो, एकै पल्टमा हुन्छ भन्नेहरुले एकैपल्टमा ल्याएर देखाऊ – डा हर्कबहादुर छेत्री

 डी के वाइबा, कालेबुङ 25 नोभेम्बर। कालेबुङका बिधायक एंव गोजमुमो पार्टीका प्रवक्ता डा हर्कबहादुर छेत्रीको बयानबाट शुरु भएको वाक युद्धले पहाडको चिसो मौसममा राजनैतिक पारा तातो बनाईदिएको छ। आफ्नो कार्यक्रमलाई सधै समाचार पत्रको हेडलाईन बनाउँने पहाडका बिपक्षी पार्टीका नेताहरुले डा हर्कबहादुर छेत्रीको बयानप्रति कटाक्ष गर्दै खरो टिप्पणी गरे पछि तिनले पनि आफ्नो टिप्पणी गर्ने बिपक्षी पार्टीका नेताहरुलाई खरो जवाद दिएका छन। यस सिलसिलामा तिनले बिपक्षी पार्टीका नेताहरुले लगाएको बिभिन्न आरोपहरुको जवाद दिदै “डा हर्कबहादुर छेत्रीले छुट्टै राज्य गोर्खाल्याण्ड हुँदैन भनेर भनेको छैन अनि कहिल्यै पनि यसो भन्दैन।

 किन भने हामी पनि छुट्टै राज्य गोर्खाल्याण्डकै निम्ति अहिले पनि आन्दोलनको बाटोमा छौ। फरक यति हो यो सोझै नहुने कुरा हामीलाई थाह भएको कारण अहिले जीटीए थापेर यसैको माध्यमबाट गोर्खाल्याण्ड सम्म पुग्न हामी लागेका छौ। अहिले अरुले मेरो बयानलाई अपव्याख्या गरेर बदनाम गर्ने काम गर्दैछ” – डा हर्कबहादुर छेत्रीले बिपक्षी पार्टीहरुको नाम नलिई भने। तिनले आफ्नो पहिलेको बयानलाई पुन: दोहोर्या उँदै भने “मैले कसैले पनि एकैपल्टमा गोर्खाल्याण्ड ल्यायो भने टिस्टामा हाम्फाल्छु भनेको हो” भन्दै उक्त बयानलाई उल्टा बनाएर ‘गोर्खाल्याण्ड भयो भने टिस्टामा हाम्फाल्छु’ भन्ने बनाएर सबैलाई दिग्भ्रमित पार्ने कार्य गरेको दाबी गरे। 

तिनले बिपक्षी पार्टीका नेताहरुले दिएको बायनलाई पत्रकारहरुले जस्ताको त्यस्तै छाप्न अघि “डा हर्कबहादुर छेत्रीले गोर्खाल्याण्ड भयो भने टिस्टामा हाम्फाल्छु होईन, कुनै पनि व्यवस्था स्वीकार नगरी सिधै गोर्खाल्याण्ड ल्यालो भने टिस्टामा हाम्फाल्छु भनेका थिए” भनेर व्याख्या गर्नु आवश्यक थियो भन्दै सही व्याख्या नहुनुको कारण यहाँ विवाद सृजना भएको तिनले बताए। “गोर्खाल्याण्ड स्टेप बाई स्टेप गरेर पाउँने कुरा हो। यो एकै चोटि हुने कुरा होईन। यदि अरुले एकै चोटि हुन्छ भन्छन भने हामीले जस्तो कुनै व्यवस्था स्वीकार नगरी ल्याएर देखाओस त” तिनले बिपक्षी पार्टीहरुको नाम नलिई ठाडो चुनौति दिए।

No comments: