Pages

Wednesday 21 November 2012

कसैले पनि एकैपल्ट आन्दोलन गरेर गोर्खाल्याण्ड ल्याए म टिस्टामा हाम्फालेर मर्नेछु – डा हर्कबहादुर छेत्री डी

के वाइबा, कालेबुङ 21 नोभेम्बर। छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति दार्जीलिङ पहाडमा नयाँ राजनैतिक शक्तिको रुपमा देखा परेको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पार्टीले 44 महिने आन्दोलन गरेर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा सम्झौता गरेपछि अहिले मोर्चाले सम्झौता गरेको व्यवस्थासंग असन्तुष्ट हुनेहरु पुन: गोर्खाल्याण्डको आन्दोलन गर्ने चर्चा गरिरहेका छन। यता मोर्चा भित्रकै कतिपय नेताहरु पनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन गठन भएको महिनौ दिन बितेर जाँदा समेत राज्य सरकारले सम्पूर्ण बिभागहरु हस्तान्तरण गर्न असमर्थ बनेकोले दिनोदिन असंतुष्ट बन्दै गईरहेको सुत्रले बताएको छ। यता आज गोजमुमो पार्टी प्रवक्ता एंव कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले हाम्रो प्रजाशक्तिसंगको बिशेष भेटघाटमा अहिलेघरी छुट्टै राज्य गोर्खाल्याण्डॅको कुरा गर्ने राजनैतिक दलहरुको नाम नलिईकन चुनौति दिदै “गोर्खाल्याण्डको निम्ति जनता तयार बस्नुपर्छ भन्नेहरुले जनतालाई एकपल्ट आखाँमा धुलो हाल्ने प्रयास गरिरहेका छन” भने। तिनले छुट्टै राज्यको मागमा नयाँ राजनैतिक पार्टीको रुपमा जन्म भएको गोजमुमो पार्टीले ल्याएको जीटीए गोर्खाल्याण्ड गठनकै एउटा महत्वपूर्व बाटो हो भन्दै सरकारसंग मोर्चाले 11 पल्ट गरेको बैठक व्यर्थको गफ गर्नको निम्ति होईन भने। तिनले अहिलेघरी जीटीएको बिरोध गर्दै छुट्टै राज्य गोर्खाल्याण्डको कुरा गर्नेहरुलाई खुल्लारुपमा चुनौति दिदै “गोर्खाल्याण्ड कुनै पनि राजनैतिक पार्टीले आजको भोलि ल्याउँन सक्दैन। एकैपल्टमा गोर्खाल्याण्ड ल्याउँछु भन्नेहरुले यदि साँच्चै गोर्खाल्याण्ड ल्याए म टिस्टामा हाम्फालेर मर्नेछु” डा छेत्रीले स्पष्टरुपमा भने। तिनले छुट्टै राज्य गोर्खाल्याण्डको कुरा गर्नेहरुलाई अझ चुनौति दिदै “त्यसै गोर्खाल्याण्ड मुखले भनेर हुँदैन। आज गोर्खाल्याण्ड भन्नेहरुले हाम्रो आन्दोलनबारे नकारात्मक टिप्पणी गरेर मात्र हुँदैन। यदि ईमान्दार छौ भने हाम्रो आन्दोलनमा कहाँ गल्ति भयो भन्ने खोजेर अनि छुट्टै राज्य प्राप्तिको निम्ति कस्तो कार्यक्रम बनाउँनुपर्ने बनाएर देखाऊ। हामी हिज पनि गोर्खाल्याण्डको आन्दोलनमा थियौ आज पनि आन्दोलनमा छौ अनि भोलि पनि आन्दोलनमा नै हुनेछौ। यदि मोर्चाको आन्दोलनलाई अनि जीटीएलाई नकारात्मक भन्छौ भने तिमीहरुले छिटो अनि स्वास्थ्य तरिकाले जनतालाई असुबिधा नबनाई गोर्खाल्याण्ड ल्याउँने आन्दोलन गरेर देखाउँ त्यसमा हामी तिमीहरुको नेतृत्वमा पछि लाग्नेछौ” डा हर्कबहादुर छेत्रीले अझ भने। तिनले पहाडमा नयाँ राजनैतिक दल गठन गर्छु भन्नेहरुलाई पनि यसै अवधी चुनौति दिदै “यदि गोर्खाल्याण्ड ल्याउँछु भनेर स्वास्थ्य अनि राम्रो कार्यक्रम बनाएर देखाउँछौ भने म स्वय त्यो पार्टीमा गोर्खाल्याण्डको निम्ति जानेछु” छेत्रीले भने। तिनले यसैसिलसिला दागोपापमा कुनै स्वयत्तता नभएको दाबी गर्दै सुवास घिसिङलाई राज्य सरकाराले पैसा धेरै दिएर छुट्टै राज्यको माग नौठाओस भनि षडयन्त्र रचेको पनि आरोप लगाए। सरकारले जहिले पनि आन्दोलनकारीहरुलाई दबाउँने षडयन्त्र रचिरहेको बताउँदै मोर्चाको आन्दोलनलाई पनि शिथिल पार्न राज्य सरकारले आन्दोलनकारी नेताहरुलाई बिनाकारण बिभिन्न मुद्दाहरु लगाएर फँसाउँने कार्य गरेको आरोप लगाए। यसैसिलसिलामा अहिलएघरी पहाडमा पञ्चायत चुनाउ त्रीस्तरी चुनाव हुने हो वा होईन भन्ने बिषयमा कुनै निश्चित नभएको बिषयमा प्रश्न गर्दा तिनले मोर्चाले जीटीएको सम्झौता गर्दा पहाडमा त्रीस्तरीय पञ्चायत चुनाव हुनुपर्छ भनेर सझौता गरेको बताउँदै सोहि सम्झौता अनुरुप पहाडमा राज्यसरकारले त्रीस्तरीय पञ्चायत चुनाव गर्नुपर्ने माग गरे। “यदि राज्य सराकारले पहाडमा त्रीस्तरीय पञ्चायत चुनाव गराएन भने त्यो सम्झौअताको बिरुद्धमा हुन्द्छ अनि सम्झौताको बिरुद्धमा यदि राज्य सराकार गए हामी जीटीएलाई एउटा चिसो बाक्समा थन्काएर छुट्टै राज्यको आन्दोलनलाई तिब्रतासंग अघि बडाउँनेछौ” डा छ्त्रीले सरकारलाई चुनौति दिदै भने। राज्य सरकारले जीटीएमा सम्पूर्ण क्षमताहरु प्रदान गर्न सैद्धान्तिक रुपमा मानिलिएको बताउँदै यदि कार्य गर्दै जाँदा उक्त कुरा कतिसम्म कार्यरुपमा भएको छ भन्ने स्पष्ट हुने बताउँदै यदि कुनै पनि क्षमता नदिएको खण्डमा सम्झौता पत्रलाई अघि सारेर राज्यसरकारसंग तर्क गर्न आफुहरु पछि नपर्ने पनि तिनले जनाए। जीटीए गठन भएको महिनौ दिन बितेर जाँदा पनि सम्पूर्ण बिभागहरु हस्तान्तरण गर्मा राज्यसरकार असमर्थ बनेको बिषयमा प्रश्न गर्दा तिनले बिभागहरु हस्तान्तरणको निम्ति निश्चय समय लाग्ने बताउँदै सरकारले जीटीएलाई दिएको बिभागहरुको क्षमता भाने कोलकोताको राईटस बिल्डिङसित नहुनुपर्ने पनि बताएका छन। यदि सरकारले क्षमता आफुसंग राखे त्यो पनि समझौताको बिरुद्धमा हुने बताउँदै राज्य सराकारले सम्झौताको उल्लंघन गरे त्यसलाई मोर्चाले स्वीकार नगर्ने बताए।

No comments: