Pages

Thursday, 1 November 2012

कुनै पनि मुद्दाको अन्तिम फसेला अदालतकै निर्णयमा निर्भर गरिन्छ – अधिवक्ता पराजुली

 कालेबुङ 1 नोभेम्बर। जीटीए प्रमुख बिमल गुरुङ लगायत अन्य मोर्चा कार्यकर्ताहरु बिरुद्ध यहाँको न्यायलयले वारण्ट जारी गरेको कारण अहिले मोर्चाभित्र सनसनी छाएको छ। यस सम्बन्धमा उक्त मुद्दा लडीरहेका अधिवक्ता राजीप पराजुलीले न्यालयमा एकाधिक पल्ट हाजिर नहुँदा न्यायलयले वारण्ट जारी गरेको बताउँदै यस समबन्धमा यदि सुनवाई अवधी सबै अभियुक्तहरु हाजिर भएको भए वारण्ट जारी नहुने जनाए। तिनले सबै अभियुक्तहरु सुनवाई अवधी उपस्थित भएका भए यस समय मुद्दाको सुनवाई समेत समाप्त हुन सक्ने थियो भन्ने आशा व्यक्त गर्दै मुद्दा कसको पक्षमा जानेछ भन्ने निर्णय अदालतले नै सुनाउँने तिनले बताए। अदालतमा चलिरहेको मुद्दा समबन्धि अहिले नै किटान गरेर भन्न नसकिने बताउँदै अन्तिम निर्णय अदालतकै सुनवाईमा निर्भर हुने अधिवक्ता राजीप पराजुलीले थप बताए।

No comments: