Pages

Friday 12 October 2012

गृह अनि कारागार बिभागका स्ट्याण्डिङ कमिटिका सदस्यहरुले कालेबुङको भ्रमण गरे

 कालेबुङ, 12 अक्टोबर। पश्चिम बङगाल बिधान सभाका गृह अनि कारागार बिभागका स्ट्याण्डिङ कमिटिका सदस्यहरु आज कालेबुङ आईपुगे। कमिटिका अध्यक्ष बिप्लव मित्रको नेतृत्वमा रहेको टोलिमा कारागार मन्त्री शंकर चक्रवर्ती, बिधायक मुमताज बेगम अनि कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री साथमा रहेका थिए। यस अवसरमा उक्त प्रतिनिधी टोलिले यहाँको शंसोधन गृहको दौडाह गर्दै शंसोधन गृह अनि कालेबुङ पुलिस थानाको अवस्थाबारे जानकारी लिएका छन। कारगार मन्त्री संगै स्ट्याण्डिङ कमिटिका प्रतिनिधी टोली यहाँको कारागार पुगेपछि त्याहाँ उनीहरुलाई स्थानीय पुलिसले गार्ड अफ अनर प्रदान गरे। 

यस अवसरमा उनीहरुले शंसोधनगृहको अवस्थाबारी जानकारी लिदै कारागारमा बन्द कैदीहरुसंग कुराकानी पनि गरे। यस अवसरमा महकुमा अधिकारी एलएन शेर्पा, अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चा, थाना आईसी प्रसाद प्रधान उपस्थित रहेका थिए। दोस्रोचोटि कालेबुङ शंसोधनगृहको भ्रमणमा आएका जेलमन्त्री शंकर चक्रवर्तीले यस अवसरमा कुराकानी गर्दै शंसोधन गृह पहिलो भ्रमण अवधी अन्यत्र सार्ने माग उठेको कारण यस सन्दर्भमा पहल भईरहेको जानकारी दिएका छन। तिनले यस सम्बन्धमा आफुहरुले राज्यकी मुख्य मन्त्री ममता ब्यानर्जीलाई समेत अवगत गराएको जनाए।

 तिनले यस्तो कार्य चॉंडै सिजिलैसित नहुने बताउँदै आवश्यक पहल भने जारी रहेको थप जनाएका छन। यता विधायक डा. हर्कबहादुर छेत्रीले राज्य सरकारले पहाडलाई पर्यटन क्षेत्रमा बिकशित गर्न राज्य सरकार तत्पर रहेको कारण अनि कालेबुङमा शहर बिच कुनै यस्ता राम्रो स्थान पर्याटकहरुको निम्ति नरहेको कारण शंसोधन गृह नै शहर बिचमा रहेको थानालाई अन्य स्थानमा स्थानतरण गर्ने मुख्य मन्त्री संग माग उठाउँने जनाए। यसै सिलसिलामा कालेबुङमा पर्यटकहरूको आगमनमा वृद्धि गर्नु हो भने दार्जीलिङको चौरस्ता अनि माल रोड जस्ता ठाउँ चाहिन्छ भन्दै उक्त स्थानको निम्ति हालको शंसोधन गृह अनि थाना भएको स्थान सही ठाउँ रहेको तिनले अझ्ग जनाए।

 यसैले जेलमन्त्रीको पहिलो भ्रमणमा जस्तै आज पनिन संशोधनगृह अनि थाना स्थान्तरण गर्ने माग गरिएको उनले जनाए। जनता फाइदाको लागी यसमा विभागले पनि सहयोग गर्ने विश्वास छेत्रीले पोखे। मन्त्री अनि सट्याण्डिङ कमिटीका सदस्यहरू स्वंयले यसबारे एउटा लिखित पत्र आफूलाई मागेको पनि छेत्रीले जनाए। उत्तर बङ्गालको चारदिने भ्रमणको आज अन्तिम दिनमा कालेबुङ आइपुगेका मन्त्री लगायत सट्याण्डिङ कमिटीका सदस्यहरूले सम्बन्धित विभागीय कार्यालयहरूको निरिक्षण गरे। ब्रिटिशकालीन कालेबुङ थाना, भुइँचालोले क्षतिग्रस्त बनाइदिएको अनि एफआई कार्यालय, संशोधनगृ, एएसपी कार्यालय(बिरला हाउस) को उनीहरूले निरिक्षण गरे। 

 यसैअवधी यहॉंको प्रख्यात पर्यटकीय केन्द्र पाइन भ्यू नर्सरी अनि डेलोको पनि उनीहरूले भ्रमण गरे। यसैअवधी टोलीका प्रमुख शंकर चक्रवर्तीले निरिक्षण अवधी धेरै कार्यालयहरूको अवस्था सोचनीय भेटिएको छ बताउँदै उक्त भवनहरुको निर्माणको निम्ति पनि पहल गर्ने जानकारी गराएका छन। भुइँचालोलो क्षतिग्रस्त बानएको एफआई अफिसलाई स्थान्तण गरी कार्यालय पुनःनिर्माण गर्न जरुरी छ भन्दै गृह विभाग स्वंय मुख्यमन्त्रीसित रहेकोले भ्रमणअवधी देखिएका जम्मै असुविधाहरूबारे जानकारी गराएर उचित पदक्षेप ग्रहण गर्ने तिनले थप जनाए।

No comments: