Pages

Saturday, 13 October 2012

नेपाली भाषा एकरुपताको प्रश्न : भाषाबैज्ञानिक दृष्टिकोणले नेपालीमा ह्रस्व दिर्घको कुनै काम छैन – प्रो माधव पोख्रेल

 कालेबुङ 13: “कुनै पनि भाषा भाषाबैज्ञानिक आधारमा लेखिनु हो भने वर्णको आधारमा लेखिनुपर्ने हो। भाषाबैज्ञानिक दृष्टिकोणले नेपालीमा ह्रस्व दिर्घको काम छैन यो बिद्यार्थीवर्गलाई परिक्षामा फेल बनाउँने कार्य मात्र हो। नेपाली भाषामा स, श अनि ष को उच्चारणमा कुनै फर छैन त्यसैले केवल ‘स’ लेखे भईहाल्छ। यद्यपी नेपालीमा संस्कृतको शब्द जस्ताको त्यस्तै लेख्नुपर्छ भन्ने नियम छ। त्यहीँ नियमले आज भाषाको एकरुपताम कठिनाई परिरहेको छ” उक्त कुरा त्रिभुवन विश्व विद्यालयका भाषा बैज्ञानिक प्रो माधव पोख्रेलले पत्रकारहरुसंग कुराकानी गर्दै भनेका हुन।

 तिनले नेपाली जनजिब्रोले स, श अनि ष को बेग्ला बेग्लै तरिकाले उक्चारण गर्न सक्दैन भन्दै अनि यसको उच्चारणमा समेत अर्थ भेदक नभएको कारण केवल ‘स’ मात्र लेखे भईहाल्छ भनि जनाएका छन। यस सम्बन्धमा नेपाली भाषा बैज्ञानिकहरु माझमा नै एकमत नरहेको प्रश्न गर्दा तिनले भाषा बैज्ञानिकहरु एकमत हुन नसकेको कुरा स्विकार भाषालाई वर्णात्मक रुपमा लेख्न छोडेर बिभिन्न नियमहरुको आधारमा लेख्ने कारण नै विद्यार्थीहरुले समस्या झेल्न परिरहेका छन भनि बताएका छन।

 सोहि सिलसिलामा उक्त समस्या हुनुको मुख्य कारण पनि नेपाली भाषाका पण्डितहरुकै कारण हो भनि दाबी समेत गरे। तिनले अङ्ग्रेजी भाषा अवैज्ञानिक रहेको बताउँदै यसबारे उदाहरण समेत प्रस्तुत गरे। तिनले नेपाली भाषामा आएका आगंतुक शब्दहरुलाई नेपालीकरण गरेर लेख्ने अभ्यास गर्नुपर्छ भनि त्रिभुवन विश्व विद्यालयको आयोजनामा धेरै कार्यशालाहरु सम्पन्न भएपछि अन्तमा सबैको सहमतिमा नेपाली बृहत शब्दकोश तयार भएको बताउँदै अहिले आएर त्यही नेपाली बृहत शब्दकोश निर्माण गर्ने सम्पादक बालकृष्ण पोख्रेलले आफ्नो मत बद्लेको बताउँदै उक्त कारणहरुले नेपाली भाषाको अवस्था दुर्गती बन्दै गईरहेको माधव पोख्रेलले जनाए।

 तिनले नेपाली भाषालाई यदि बैज्ञानिक तरिकाले अघि बडाउँनु हो भने वर्णनात्मक तरिकाले लेख्न पर्छ होईन भने सबै भाषाविदहरु मिलेर पठनको निम्ति एउटा सबैलाई सहयोग हुने शब्दकोश तयार पारी कार्य अघि बडाउँनुपर्छ भन्दै उक्त तयार भएको शब्दकोशको अर्थ तथा उच्चारणको भिन्नता भने घरि घरि परिवर्तन गर्नु हुँदैन भनि अझ जनाएका छन। यसै सिलसिलामा अहिले घरी नेपाली भाषामा ‘ड’ अनि ‘ड़' को लेखन बिषयमा देखा परेको समस्याबारे प्रश्न गर्दा तिनले दुवैमा कुनै अर्थ भेदक नरहेको बताउँदै ‘ड’ लेख्दा कुनै फरक नहुने दाबी गरे। तिनले यस सन्दर्भमा ‘ड़' वर्ण नभएर संवर्ण रहेको बताउँदै संवर्ण चिन्न कुनै आवश्यकता समेत नरहेको बताएका छन।

No comments: