छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै शुरु गरेको बाईक र्यााली यहाँको डम्बर चौकमा आईपुगेपछि पथसभामा परिणत भयो। यस अवसरमा उक्त र्याोलीलाई नेतृत्व गर्ने गक्रायुमो महासचिव अरुण घतानीले दार्जीलिङ पहाडमा जनता जीटीए व्यवस्था प्रति सन्तुष्ट नरहेको दाबी गर्दै छुट्टै राज्यको गठन नै भारतभरी छरिएर बसेका गोर्खाहरुको समस्याको समाधान रहेको जनाए। तिनले आफुहरुले छुट्टै राज्यको मागमा शुरु गरेको बाईक र्याहलीलाई बिफल गर्न प्रशासनले प्रयास गरेको आरोप लगाउँदै गोर्खाहरुको समस्या समाधानको निम्ति छुट्टै राज्य गठन नभएसम्म यस्ता आन्दोलनलाई दबाउँने प्रशासनको प्रायास गक्रायुमोले बिफल पार्ने दाबी गरे।

तिनले यस अवसरमा जीटीएले गोर्खाहरुको आकाक्षा पुरा गर्न नसक्ने दाबी गर्दै 44 महिना आन्दोलन गरेर आन्दोलन बिफल हुनको मुख्य कारण पनि मोर्चाको आन्दोलन सरकारद्वारा प्रायोजित थियो भनि आरोप लगाए। अहिले पहाडका मानिसहरुको गोर्खाल्याण्डको चाहना बोकेर पनि कतिपय कारणले बोल्न नसकेको बताउँदै जनताको आवजलाई कुनै पनि शक्तिले धेरदिन रोकेर राख्न नसक्ने अनि यो एकदिन बिस्फोट निश्चित रुपले हुँदा सरकाले ध्यान दिन आवश्यक रहेको तिनले अझ जनाएका छन। क्रामाकपा पार्टीले अहिलेसम्म कुनै पनि सरकारी धनराशीको प्रयोग गरेर आन्दोलन गरेको छैन भन्दै आफुहरुलाई जनताले साथ दिएकोमा आभार समेत प्रकट गरेका छन।
अर्कोतिर गक्रायुमोको र्यािलीमा सहभागी बनेका सीपीआईएमएल पार्टीको छात्र संगठन अखिल भारतीय छत्र संगठनका केन्द्रिय समिति सदस्य प्रदिपन गांगुलीले पनि गोर्खाहरुको समस्या केवल गोर्खाल्याण्डले मात्र पुरा गर्ने दाबी गरेका छन। तिनले गोर्खाल्याण्डको मुद्दाप्रति आफुहरुको साथ रहेको बताउँदै गोर्खाल्याण्ड प्राप्तिको निम्ति सधै आफ्नो पार्टीले आन्दोलनमा साथ दिने पनि तिनले जनाए। यस अवसरमा तिनले जीटीए बिषयमा टिप्पणी गर्दै जीटीए दागोपापमा कुनै भिन्नता नरहेको जनाएका छन। बिगत दिनहरुमा ह्हुट्टै राज्य गोर्खाल्याण्दको मुद्दामा आफुहरुले क्रामाकपालाई साथ दिदै दिल्लीको जन्तर मन्तरमा समेत धर्नामा सहभागी बनेको जनाउँदै कुनै पनि परिस्थितिमा गोर्खाल्याण्द प्राप्तिको निम्ति तिनले आफ्नो पार्टी अनि पार्टीको छात्र संगठन लड्ने जनाएका छन।
No comments:
Post a Comment