Pages

Thursday 11 October 2012

जीटीए नचल्ने दुवानी भएर ‘कोमा’मा पुगिसकेको छ – छेवाङ भोटिया

 कालेबुङ, ११;जीटीए चुनाउ समाप्त भएपछि मौन बसेका तृणमूल कङ्ग्रेस कालेबुङ खण्ड दुईका अध्यक्ष छेवाङ भोटियाले आज पत्रकारहरुसंग कुराकानी गर्दै “जीटीए दार्जीलिङ पहाडमा नचल्ने दुवानी हो” भनेका छन। तिनले यस अवसरमा गोर्खा जनमुक्ति मोर्चा प्रति प्रतिक्रिया गर्दै गोजमुमो पार्टीले जनतालाई छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा भुलाएर आफुहरु भने पैसामा झुत्तिने कार्य गरेको आरोप लगाउँदै एकदुईजना नेताहरुको निम्ति भने गोर्खाल्याण्ड नै भए जस्तो बनेको ठोकुवा गरे। मोर्चाले जनतालाई ठगेर जीटीए ल्याए पनि अन्तमा उक्त जीटीए पनि कुनै काम नलाग्ने दाबी गरे।

 मोर्चाले 44 महिना आन्दोलन गरेर ल्याएको जीटीए सुवास घिसिङले ल्याएको दागोपाप भन्दा पनि निम्न स्तरको रहेको दाबी गर्दै पहाडको सुरक्षा अनि गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षाको निम्ति सुवास घिसिङले मागेको छैटौ अनुसुचि राम्रो रहेको दाबी गरे। यस अवसरमा तिनले सुवास घिसिङ बिगत दिनमा पहाड छोडेर नगएको बताउँदै तिनीले पहाडको बागडोर अरुको हातमा छोडेर छुट्टे बिताउँन मधेश गएको बताउँदै अब छुट्टी सकेको कारण तिनी चाडै पहाड फर्किने जनाएका छन। तिनले छैटौ अनुसुचीको वकालती गर्दै दार्जीलिङ पहाडको सर्वाङगिन बिकास समेत छैटौ अनुसुचीको माध्यमबाट धेर हुने थप भोटियाले पत्रकारहरुलाई जनाए।

 आफ्नो पार्टीले छैटै अनुसुचीको समर्थन नगरे पनि आफ्नो व्यक्तिगत समर्थन छैटौ अनुसुचीमा रहेको बताउँदै सुवास घिसिङ पहाड पह्र्किनु पर्ने आह्वान समेत तिनले गरे। तिनले अहिले गोजमुमो पार्टीले ल्याएको जीटीए ‘कोमा’मा पुगेको बताउँदै यो पहाडमा सञ्चालन हुन नसक्ने दाबी गर्दै आगमी दुईहप्ता भित्रमा जीटीएको अस्तित्व समेत मेटिने छेवाङ भोटियाले दाबी गरेका छन। जीटीए बिरुद्ध राज्यको उच्च न्यायलयमा चलिरहेको मुद्दाले जीटीएलाई खारेज गर्ने कुरामा आफु विश्वस्त रहेको बताउँदै यसको चाडै फसेला अघि आउँदा जीटीए सधैको निम्ति समाप्त हुने तिनले दाबी गरे।

 अहिले पहाडका अधिकाश जनताले सबैलाई जनजातिको दर्जा प्रदान गर्नु पर्ने माग गरिरहेको बताउँदै छैटौ अनुसुची गठन भए मोर्चा नेताहरुले जात जातमा बिभाजन हुनेछ भन्ने कुरा गलत प्रमाणित हुने पनि तिनले थप बताएका छन। यसै सिलसिलामा तिनले छुट्टै राज्यको आन्दोलनकालमा बिभिन्न संघ संस्थाहरुले गोर्खाल्याण्ड बिषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमहरु अहिले इन आयोजना गरिन्दैन भन्ने प्रश्न गर्दै जीटीए अनि छैटौ अनुसुची बिषयमामा पनि यहाँ अंतरक्रिया कर्यक्रमहरु आयोजना गर्नुपर्ने आह्वान गर्दै उक्त कार्यक्रममा प्रो महेन्द्र पी लामाजस्ता व्यक्तिहरुलाई समेत निम्ताएर सही कुरा जनता अघि उदाङ्गो पारिदिनुपर्ने बताएका छन।

No comments: