Pages

Monday 1 October 2012

चार बर्षीय बालिकामाथी दुस्कर्मको घटना : आरोपि फरार

 कालेबुङ, 1 अक्टोबर। कालेबुङ महकुमा क्षेत्रको 42 नम्बर समष्टि अन्तर्गत पर्ने चुईखिममा आज चार बर्षीय बालिका माथि दुस्कर्म गरिएको घटना प्रकासमा आएको छ। जानकारी अनुसार उक्त बालिका आफ्ना दाजुसंग घरमा बसीरहेको समयमा एकजना युवक घरमा आएका थिए। उक्त युवकले पिडीत बालिकाको दाजुलाई दोकान मिठाई किन्न पठाएर उक्त बालिकामाथि दुस्कर्म गर्ने प्रयास गरेको पिडीतकी आमाले बताएकी छिन। उक्त घटना बारे थानमा प्राथमिकी दर्ता गरिएको भए पनि आरोपी फरार रहेको छ।

 यता उक्त घटना बारे अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चाले भनेअनुसार, घटना 21 तारिख रातीको हो। तर परिवारले 28 तारिख मात्र एफआइआर गरेको छ। त्यसै राती पुलिसको एक टोलीले घटनाको छानबीन गर्न घटनास्थल पुगेको हो। त्यसै बेलादेखि पुलिस घटनाको छानबीन जुटेको भएपनि हाइवे दुर्घटनामा टिस्टा नदीमा रम्बी ओसी लापत्ता बनेकोले आफू व्यस्त रहेको उनले जनाइन्‌। यद्यपि, आरोपिका पिता स्वयंले छोरालाई पुलिससमक्ष आत्मासमर्पण गर्न लगाउने बचन दिएको लेप्चाले जनाइन्‌। तर आजसम्म आरोपी पक्रा परेका छैन। पुलिसले घटनामा संग्लन आरोपीको खोजतसाल जारी राखेको अनि घटनाको छानबीन गरिरहेको बताएको छ। पुलिसले आरोपिलाई अझसम्म पक्राऊ गर्न नसकेकोमा पिडीत पक्षले असन्तुष्ट प्रकट गर्दै यथाशिघ्र पक्राउ गर्नुपर्ने माग गरेको छ।

No comments: