डी के वाइबा, कालेबुङ 3 सितम्बर। 21 अप्रेल 2012 को दिन यहाँको अदालतमा आत्मसमर्पण गरेका युनाईटेड गोर्खा रेभ्युलेसनरी फण्ट (युजीआरएफ) डिपुटी चिफ रुद्र आचर्यले न्यायलयबाट जमानत प्राप्त गरेपनि छुटन सकेनन। तिनको जमानत प्रत्र आज अदालतले अबेर गरेर जारी गरे पछि सेसन जर्जले शंसोधनगृहबाट छुट्ने पत्र जारी नगर्दा आज तिनले शनसोधन गृहमा नै रात बिताउँन पर्ने भएको छ।
तिनको जमानत याचिका यहाँको एडीसनल छिफ जुडिसियल मेजिस्ट्रेट राणा दामले तिनको जमानत याचिका केही अबेर गरेर स्वीकार गरेको थियो। तिनले जमानत याचिका स्वीकार गरेर आचर्यलाई जमानत दिने निर्देश दिए पनि सेसन जर्ज ए भौमिकले तिनलाई शंसोधन गृहबाट छुटनै आदेश पत्र जारी गरेनन। कार्यलयको समय समाप्त भएको कारण तिनको शंसोधन गृहबाट छुटनै आदेश पत्र जारी हुन नसक्दा आज युजीआरएफ डिपुटी चिफ आचर्यले शंशोधन गृहमा नै रात बिताउँन पर्ने भएको छ।
तिनले जमानत पाउँने आशामा अदालतमा युजीआरएफ चिफ अजय दहाल अनि आचर्यकी पत्नि उपस्थित रहेकी थिईन। न्यायलयले अबेर गरेर जमानत पत्र जारी गरेको कारण संशोधन गृहमा हुनपर्ने सम्पूर्ण प्रक्रियाको समय पनि समाप्त भएको थियो जसको कारण तिनले आजको रात शंशोधन गृहमा नै बिताउँन पर्ने भएको छ। आज तिनले जमानत पाउँने हल्ला बिहानै देखि चलेको हुँदा हुँदै पनि अन्तिम समयमा तिनी छुटन पाएनन। जसको कारण परिवार पक्ष नियास्रो अनुहार लिएर घर फर्कनु परेको थियो।
स्मरण रहोस 24 नोभेम्बर 2004 को दिन युजीआरएफ गठन भए पछि आचर्य अजय दहाल पछि पार्टीको दोस्रो सक्रिय नेता हुन। युजीआएफ गठन पछि छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा लागीपरेका तिनीहरुले युजीआरएफ गठन भएको ठिक दुईवर्ष पछि छ सितम्बर 200छ को दिन कालेबुण्ग़को बिभिन्न स्थानहरुमा पोष्टर टाँसेर गोर्खाल्यांडको निम्ति सशस्त्र आन्दोलनको घोषणा गरेको थियो।
सशस्त्र आन्दोलनको घोषणा संगै युजीआरएफ प्रमुख अजय दहाल, रुद्र आचर्य अनि अन्य नेताहरु एकाएक भूमिगत बनेपछि दार्जीलिङ पहाडमा युजीआरएफको चर्चाले आकाशनै छोएको थियो। युजीआरएफले एकाएक शसस्त्र आन्दोलनको घोषणा गरेपछि सबैतिर चर्चा चलिरहेकै समयमा 25 अक्टोबर 200छ को दिन यहाँको अलगडा ग्राम पञ्चायत कर्मी योनसिह लेप्चालाई युजीआरएफले पार्टीको गतिबिधी पुलिसलाई सुचित गरेको आरोपमा हत्या गरेको खबर सार्बजनिक भए पछि झनै युजीआरएफको चर्चा बडेको थियो।
चारैतिर पुलिस प्रसासन अनि खुफिया बिभागले खोजी अभिया चलाउँदा पनि कुनै पनि नेताहरु पक्रा पर्न सकेका थिएनन। यसै क्रममा पछिबाट सुकबहादुर सुब्बालाई पुलिसले पक्राउ गरेको थियो भने युजीआरएफ प्रमुख अजय दहाललाई भने सिक्किम पुलिसले 9 फरवरीको दिन सिक्किमबाट हतियार संगै पक्राउ गरेको खबर सार्बजनिक भएको थियो। यस सम्बन्धमा दहालको मुद्दा सिक्किममा समाप्त भईसकेको छ।
यसैक्रममा तिनलाई कालेबुङ पुलिसले यहाँ ल्याएको थियो भने तिनी अघिबाटै जमानतमा छुटीसकेका छन। अजय दहाल अदालतबाट जमानतमा छुटिसको भए पनि रुद्र आचर्य भने भुमिगत अवस्थामा नै रहेका थिए। यसैक्रममा तिनले 21 अप्रेलको दिन अदालतमा आफैलाई समर्पण गरेका थिए। तिनले अदालतमा आफैलाई समर्पण गरेपछि जमानतको निम्ति अधिवक्ताले अनेकौ जमानत याचिका दर्ता गरेपनि आझसम्म न्यायलयले जमानत स्वीकार गरेको थिए।
यतिसम्म कि तिनको बाबुको मृत्यु हुँदा पनि तिनको जमानत स्वीकार गरेको थिएन। जसको कारण तिनी संसोधन गृहमानै कोरामा बस्न परेको थियो। धेरै लामो समय सम्म संसोधन गृहमा बसेपछि आज न्यायलयले तिनको जमानत याचिका स्वीकार गरेर जमानतको आदेश दिए पनि कतिपय कारणहरुले आजको रात तिनले संसोधन गृहमानै बिताउँन पर्ने भएको छ। तिनी बिरुद्ध आईपिसीको धारा 120/, 121, 121बी, 122, 123, 1234, 124ए, 153, 493, 376,34, लगायत आर डब्ल्यु 25(1ए), 27 अन्तर्गत हत्या, हतियार प्रयोग आदि आरोपहरुमा मुद्दा दर्ता गरेको छ।
No comments:
Post a Comment