Pages

Wednesday 26 September 2012

ममता ब्यानर्जीको स्वीजरल्याण्डमा खाना पकाउँने ग्यास कति पाउँछ ? – तारा सुन्दास

डी के वाइबा, कालेबुङ 26 सितम्बर। “दिदी भनेर पहाडबासी खुबै चिच्चाएको थियो तर, खोई त दिदीले घोषणा गरेको स्वीजरल्याण्डमा खाना पकाउने ग्यास सिलिण्डरमा पहाडवसीलाई राहत दिएको ?” उक्त प्रश्न माकपा नेता तरा सुन्दासले उठाएका हुन। तिनले कतिपय राज्यहरुमा राज्य सरकारले भ्याट घटाएर भए पनि जनतालाई राहत प्रदान गरेको बताउँदै मूल्यबिरोधको बिरोधमा जुलुस निकालेर बिरोध गर्ने मुख्य मन्त्री ममता ब्यानर्जीले बङगालमा पनि सिलिण्डरमा लागु हुने भ्याट घटाएर जनताको साथमा आफु रहेको प्रमाणित गर्नु भनि चुनौति दिए।

 अहिले पहाडमा दशैको मौसम शुरु भईसकेको बताउँदै एकातिर सरकारले वर्षमा उपभोक्ताहरुलाई केवल छ वटा सब्सिडी भएको खाना पकाउने सिलिण्डर उपलब्ध गराउँने निती पारित गर्छ भने उक्त नियमा कार्यन्वय हुन अगावै कालेबुङका ग्यास बितरकहरुले भने सब्सिडीयुक्त सिलिण्डर उपभोक्ताहरुले सितम्बर महिना देखिनै लगे भनेर मोहर लगाउँने कार्य गरेको बताउँदै उक्त कुराको जोडदार बिरोध गरे। सरकारले सिलिण्डरमा सब्सिडी सितम्बर महिना देखि लागु गरेको छैन भन्ने तरा सुन्दासले दाबी गर्दै यता बितरकहरुले भने सब्सिडीयुक्त सिलिण्डर उपभोक्ताहरुले लगेको मोहर लगाएर अन्याय गरिरहेको आरोप लगाए। 

यस सम्बन्धमा तिनले महकुमा शासकले हस्तक्षेप गर्नुपर्ने समेत माग गरेका छन। अहिले पहाडमा सिलिण्डर सम्बन्धि ब्यापक अन्योलता सृजना भईरहेको बताउँदै यस बिषयमा राज्य सरकारले जनताको हितमा काम गर्नुपर्ने पनि तरा सुन्दासले माग गरेका छन। यसै सिलसिलामा तिनले कालेबुङ महकुमा क्षेत्रको रम्फु, मल्लि, किर्णे, तार खोला, मामखोला आदि स्थानहरुमा बसोवासो गर्ने मानिसहरुको निम्ति सिलिण्डर बितरक नभएको बताउँदै यस बिषयमा सही पदक्षेप ग्रहण गरी सिलिण्डर बितरक राक्नु पर्छ भन्दै महकुमा अधिकारीलाई ज्ञापन पत्र सुम्पिएको छ। तिनले उक्त ठाउँहरुमा सिलिण्डर बितरक नभएको कारण मानिसहरु समस्यामा परिरहेको दाबी गर्दै महकुमा अधिकारीले समस्या समाधान गर्न यथाशिघ्र पहल गर्नुपर्ने माग गरेका छन।

No comments: