Pages

Friday 21 September 2012

रुद्र जुनियर बेसिक प्राथमिक पाठशाला भूईँचालो गएको वर्षदिन बित्दा समेत जिर्णोद्धार हुने कुनै छाँट रहेको छैन।

कालेबुङ 21 सितम्बर। भूईँचालो आयो गयो तर भूईँचालोले पुर्याेएको क्षतिहरु कहिले पुरिने हुन भन्ने प्रश्नको उत्तर भने कसैसित रहेको छैन। गत वर्ष 18 सितम्बरको दिन आएको बिनासकारी भूईँचालोले क्षतिग्रस्त बनाएको यहाँको लोवर बोङबस्ति स्थित सरस्वती रुद्र जुनियर बेसिक प्राथमिक पाठशाला भूईँचालो गएको वर्षदिन बित्दा समेत जिर्णोद्धार हुने कुनै छाँट रहेको छैन।

 सन 1964 मा स्थपित उक्त प्राथमिक पाठशाला भूईँचालोको चपेटमा परेपछि अहिले श्रेणी कोठाभित्र पनि बिद्यार्थीवर्ग तारपोलिनको छतभित्र शिर अँटाउन परिरहेको छ। भूईँचालोको चपेटमा परेपछि बिद्यालय कर्तृपक्षले बिभाग, कालेबुङका बिधायक, क्षेत्रका सभासद अनि जीटीए प्रमुख बिमल गुरुङलाई समेत जानकारी गराईसकेका छन तर यस समबन्धमा बिद्यालयले अझ सम्म केवल प्रतिश्रुतिमा बाँच्नु परिरहेको छ। यस सम्बन्धमा आज उक्त बिद्यालयको परिदर्शन गर्न पत्रकारहरु पुग्दा बिद्यार्थीहरु तारपोलिनको छानो मुनि पढीरहेका थिए।

 बिद्यालयको सबै भित्ताहरु चर्किएर भत्किएको छ भने कुनै पनि समय भित्ताहरु झरेर ठूलो दुर्घटना हुने सम्भावना समेत रहेको छ। यस बिषयमा बिद्यालयका सह शिक्षिका शाकुन्तला शर्माले पत्रकारहरुसंग कुराकानी गर्दै भूईँचालोले क्षति पुर्यापएपछि सबन्धित बिभागका अधिकारीहरु लगायत बिधायक डा हर्कबहादुर छेत्रीले समेत भ्रमण गरेर बिद्यालय निर्माणको आश्वासन दिएको जानकारी दिदै पछि बाट बर्तमान जीटीए प्रमुख बिमल गुरुङले समेत बिद्यालयको भ्रमण लिएर नयाँ भवन निर्माण गरिदिने बचन दिएको बताईन।

 यस समबन्धमा अहिलेसम्म बिद्लयको अवस्था सोचनीय रहेको भए पनि चाँडै निर्माण हुने कुरामा भने आफुहरु आशावादी बनेको पनि तिनले जनाईन। हाल पानी अत्याधिक परेपछि बिद्यालयको सम्पूर्ण श्रेणीहरु जल्मग्न हुने गरेको जानकारी गराउँदै धेर बर्षा भए अध्यापनको असुबिधालाई मध्यनजर राखेर छुट्टी समेत गर्न बाध्य बनेको तिनले जनाईन।

No comments: