Pages

Sunday, 16 September 2012

कार्य संस्कृति ठिक बनाउँन स्थानतरण गरेका हौ – बिनय तामङ

डी के वाइबा, कालेबुङ 16 सितम्बर। दार्जीलिङ पहाडमा जीटीएको सत्ता सम्हाले पछि गोजमुमो पार्टीले अस्थायी कर्मचारीवर्गलाई स्थान्तरण गर्ने आदेश दिए पछि चारैतिर अस्थायी कर्मचारीवर्गको असन्तुष्टि बड्दै गईरहेको छ। सिमित बेतन भएका अस्थायी कर्मचारीवर्गलाई एकठाउँबाट अर्को ठाउँमा स्थान्तरण गर्दा न्याय नभएको अस्थायीवर्ग प्रति अन्याय भएको तर्क अघि आएको छ भने यस समबन्धमा भारप्राप्त सभासद बिनय तामङले अस्थायी कर्मचारीवर्गलाई अन्याय नगरेको बताएका छन। “हामीले अस्थायी कर्मचारीवर्गलाई सरकारको नियम अनुसार स्थान्तरण गरेका छौ।

 बिशेष घरमा बसेर वेतन थाप्नेहरुलाई हामीले स्थान्तरण गरेका हौ। अब दागोपापमा जस्तो जीटीएमा घरमा बसेर वेतन थाप्ने चलन हुने छैन। यहाँको कार्य सस्कृति परिवर्तण गरेर पहाडको बिकाश गर्न हामी लागेका छौ। यसम सबैको सहयोग आवश्यक छ” – उक्त कुरा गोजमुमो सहसचिव तथा भारप्राप्त सभासद बिनय तामाङले भनेका हुन। तिनले हाल अस्थायी कर्मचारीवर्गलाई बिभिन्न स्थानहरुमा स्थान्तरण गरेर कुनै अन्याय नगरेको बताउँदै यहाँ ठगेर खाने प्रथा बन्द गर्ने पनि जनाए। 

तिनले कालेबुङ महकुमा अस्पतालमा दुईजना अस्थायी कर्मचारीहरु रहे पनि उक्त कर्मचारीहरु कहिल्यै आफ्नो कार्यमा नगएर बजारमा ब्यापार गर्दै बेतन भने थापीरहेको बताए। यसै सिलसिलामा “यहाँ पत्रकारहरु पनि अस्थायी कर्मचारीको सूचीमा रहेको हामीले पाएका छौ। यस्ता अस्थायी नर्मचारीको सूचीमा नाम भएर अर्कोतिर काम गर्दै दुईतिरबाट वेतन थाप्नेहरुलाई हामी कार्वाही गर्नेछौ” – बिनय तामाङले अझ भने। तिनले पहाडमा कार्य सस्कृति ठिक नभएको कारण दागोपाप फेल हुनुमा पनि कार्य सस्कृति ठिक नभएको कारण हो भनि दाबी गरे।

 आफुहरुले जीटीएको सत्ता सम्हाले पछि बिभिन्न बिभागहरुमा जाँच गर्दा धेरजसो बिभागहरुमा घरमा बसेर काम नगरी बेतन थाप्नेहरु धेर रहेको दाबी गर्दै कतिपय बिभगहरुमा मृत व्यक्तिहरुको नाममा पनि मानिसहरुले बेतन ताप्ने गरिरहेको जानकारी गराए। तिनले जनताहरुलाई बिभिन्न बिभागहरुमा कर्मचारीहरु नभएको कारण असुबिधा भईरहेको बताउँदै हाल जनतालाई सुबिधा प्रदान गर्नकै निम्ति स्थान्तरण गरेको जनाए। बिभिन्न बिभागहरुमा काम नगरी बेतन खाएको थाह पाउँदा पाउँदा हामी धृतराष्ट्र भएर बस्न सक्दैनौ – तिनले अझ भने।

No comments: