Pages

Sunday 30 September 2012

राष्ट्रिय राजमार्ग 31 ए गेल खोला नजिक वाहन टिस्टामा झर्दा पुलिस अधिकारी संगै दुईव्यक्ति बेपत्ता

 डी के वाइबा, कालेबुङ 30 सितम्बर। कालेबुङबाट रम्बि गईरहेको पुलिस वाहन (डब्ल्यु बी 4557) राष्ट्रिय राजमार्ग 31 ए गेलखोला नजिक टिस्टा नदीमा झर्दा रम्बि थानाका प्रभारी शिवसागर छेत्री (48), एनएचपीसी पटेल ईञ्जिनियरिङमा एडमिनिस्ट्रेटिभ सुपरभाईजरको पदमा कार्यरत सौमेन बेनर्जी (36) अनि वाहनका चालक प्रितम छेत्री निखोज बनेका छन। जानकारी अनुसार उक्त सडक दुर्घटना हिज राती साढे नौ बजेदेखि दश बजे भित्र भएको हो।

 दुर्घटना हुनुको मुख्य कारण पत्तो लाग्न नसके पनि बिपरित दिसाबाट कुनै ठूलो वाहन आईरहेको समय बाटो छोड्ने क्रमम वाहन सिधै टिस्टा नदीमा झर्न पुगेको पुलिसले अनुमान गरेको छ। जानकारी अनुसार रम्बि थाना प्रभारी शिवसागर छेत्री कालेबुङ थानामा बिशेष कार्य लिएर आएका थिए भने उक्त कार्य सकेर पुन: रम्बि फर्किरहेको समयमा उक्त दुर्घटना हुन पुगेको हो। वाहन राष्ट्रिय राजमार्गबाट लगभग एकसय फिट तल टिस्टा नदीमा झरेको कारण वाहन संगै वाहनमा सवार तीनजना निखोज बनेका छन।

 उक्त दुर्घटना सम्भवत राती 9:45 मा भएको स्थानीय मानिसहरुले बताएका छन। दुर्घटना भएको खबर पाउँन साथ घटना स्थलमा पुलिस बल लगायत स्थानीय मानिसहरु उद्धार कार्यको निम्ति जुटे पनि रातको समय भएको कारण कुनै पत्तो लाग्न नसकेको पनि स्थानीय मानिसहरुले जनाएका छन। उक्त खबर प्राप्त भएपछि कालेबुङबाट अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चा, कालेबुङ थाना आईसी प्रसाद प्रधान पुलिस दलबलसहित घटना स्थलमा पुगेका थिए। रातको समयमा उद्धार कार्य सम्भव नभएपछि बिहान देखि नै टिस्टा रङ्गीत रिभर राफ्टिङको तीनवटा राफ्टट्ररले खोजि कार्य आरम्भ शुरु गरेको छ।

 राफिटिङ टोलिले खोजि अभियान गरिरहेको भएपनि समाचार लेखुञ्जेल सम्ममा पनि वाहन अनि निखोज बनेकाहरुको कुनै पत्तो लाग्न सकेओ छैन। राती अविरल बर्षा भएको कारण टिस्टा नदीको जलस्तर बृद्धि भएको कारण वाहन संगै वाहनमा सवार तीनैजनालाई नदीले बगाएर लगेको अनुमान गरिएको छ। यस सम्बन्धमा टिस्टा रङ्गीत रिभर राफ्टिङका अध्यक्ष सुकबिरा तामङले दुर्घटना भएको जानकारी प्राप्त भएपछि आफु लगायत संगठनका सचिव सुरज छेत्री, सहसचिव अनुप प्रधानको नेतृत्वमा मोठ तीनवटा राफिट्ररले खोजिकार्य शुरु गरेको जनाए।

 तिनले टिस्टाको जस्तर बृद्धि भएको कारण खोजि कार्यमा असुबिधा सृजना भएको जनाउँदै नदीले वाहन संगै वाहनमा सवार सबैलाई बगाएर लगेकोहुन सक्ने जनाएका छन। दुर्घटना स्थलमा आफुहरुले जोडदार खोजि गरेपनि वाहनको समेत कुनै पत्तो लाग्न नसक्दा अनि दुर्घटना स्थलमा वाहनबाट तेल समेत निस्केको कुनै नमुना प्राप्त नभएको कारण उक्त स्थानबाट वाहनलाई टाडा बगाएर लगेको हुनसक्ने जनाउँदै खोजि कार्य राफिटिङले सेभोक सम्म गरेको पनि जनाएका छन।

 तिनले दुर्घटना स्थलदेखि आफुहरुले सेभोक सम्मको दुरी तय गरेर खोजि गर्दा सम्म कुनै पत्तो लाग्न नसकेको जनाएका छन। अर्कोतिर दुर्घटना स्थलमा अग्नि समन भिभागका कर्मचारीवर्ग पनि तैनाथ रहेका छन भने उनीहरुले पनि कुनै पत्तो लगाउँन सकेका छैनन। यता सडक दुर्घटना भएको खबर फैलिन साथ घटना स्थलमा कालेबुङका बिधायक डा हर्क बहादुर छेत्री, सभासदहरु क्रमैले काजिम छिरिङ भोटिया, रमेश लामा अनि सुनिल प्रधान पनि घटना स्थलमा पुगेका थिए। सडक दुर्घटना परेर रम्बि थाना प्रभारी सिवसागर छेत्री लापत्त बनेपछि पुलिस प्रशासनमा शोकको बादल छएको छ।

 तिनको खोजि अभियानमा सम्पूर्ण पुलिस टोलि जुटे पनि अझ सम्म पत्तो लाग्न नसक्दा सबै निराश बनेका छन। दुर्घटनामा परेर निखोज बनेका राम्बि थाना प्रभारी स्थानीय मगल डाँडा निवासी हुन भने घरमा तिनकी आमा जानुका छेत्री (75) पत्नि चन्द्रकला छेत्री (37) अनि दुईजना छोरहरु क्रमैले आकाश छेत्री (18) अनि आदित्य छेत्री (16) रहेका छन। उक्त दुर्घटना बारे आफुहरुले राती 11:50 मा जानकारी पाउँन सकेको श्रीमति चन्द्रकला छेत्रीले जनाएकी छिन।

 अर्कोतिर पटेल ईञ्जिनियरिङका कर्मचारी सौमेन ब्यानर्जी सिलगडी सरदा पल्लि निवासी रहेको जानकारी प्राप्त भएको छ भने तिनले उक्त कम्पनिमा 2004 देखि कार्य गर्दै आईरहेको थियो भने कम्पनिका अधिकारी थोमसले जानकारी दिएका छन। यसैक्रममा वहनका चालक प्रतिम सुब्बा भने रम्बिबजार निवासी रहेको जानकारी प्राप्त भएको छ।

 जानकारी अनुसार सडक दुर्घटनामा निखोज बनेको वाहन एनएचपीसी कम्पनिले रम्बि पुलिस बिभागलाई पुलिस सेवाको निम्ति प्रदान गरिएको थियो भने वाहनमा प्रितम छेत्रीले शुरु देखिनै चालकका कार्य गर्दै आईरहेका थिए। यद्यपि यस सम्बन्धमा वाहन कम्पनिको आफ्नो थियो अथवा कुनै मालिकको कम्पनिले हायरला ल्याएर पुलिसलाई प्रदान गरेको थियो भन्ने कुरा भने स्पष्ट हुन सकेको छैन। यस सम्बन्धमा एनएचपीसीका अधिकारीहरु संग सम्पर्क गर्ने प्रयास गर्दा समेत कुनै सम्पर्क हुन सकेन।

No comments: