तिनले गत 14 सितम्बरको दिन भएको सुनवाई अवधी न्यायधीसले जीटीए बैद्य हुनको निम्ति संविधान संशोधन आवश्यक रहेको बताउँदै यदि यस सुनवाई अवधी जीटीए खारेज भए के हुनेछ भनेर प्रतिपक्षीका अधिवक्तालाई प्रश्न गर्दा तिनी उत्तर बिहीन बनेको दाबी गरे। बङ्गाल सरकारले जीटीएलाई अटोनमी बताएकोले पत्रकारहरुलाई बताउँदै हामीले यसैलाई च्यालेञ्च गरेका थियौं भनि तिनले थपे। यस अवसरमा तिनले जीटीएमा लेजिसलेटिभ पावर छैन भन्दै संविधानमा 240 धाराले ओबिसीलाई आरक्षण दिएको अनि 241ले सेयुल कास्ट, 242 ले सेडुयल ट्राइव, 243 ले पञ्चायतलाई अनि 244 ले स्वायत्त शासनलाई सुरक्षा गर्छ भन्दै जीटीए संवैधानिक ग्यारेण्टी नभएको कारण यसको अस्तित्व अब सकिने खातीले थप दाबी गरे। तिनले बङ्गाल सरकारले मोर्चालाई अघि लगाएर पहाडका जनतालाई बोरामा सुताउने कार्य गरेको ठाडै आरोप लगाउँदै जीटीए अटोनमी हुनुहो भने यसको चुनाउ बङ्गालको चुनाउ आयोगले गर्नेथियो तर किन जिल्ला शासकले गर्योी? भनि प्रश्न तेर्साए।
Tuesday, 18 September 2012
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको भबिष्य 28 सितम्बर सम्म मात्र हो – प्रताप खाती
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment