Pages

Saturday 11 August 2012

Post titleसिन्कोना कारखाना सञ्चालन गर्न पहल गर्नेछौ – सामुएल गुरुङ- सिन्कोना बिभागका सभाषद अनि सिन्कोना निर्देशक डा जी सी सुब्बामाझ सौहार्दपूर्ण भेटघाट



डी के वाइबा,  कालेबुङ 11 अगष्ट 2012: जीटीए सभाको चिफ एकज्युकेटिभ बिमल गुरुङले सभाषद सामुएल गुरुङलाई सिन्कोना बिभाग सुम्पिएको 24 घण्टा बित्न नपाई गुरुङले सिन्कोना अनि अन्य औषधिय वनसपत्ति विभागका निर्देशक डा जी सी सुब्बासित सौहार्दपूर्ण भेटघाट गरे। यस अवसरमा तिनले सिन्कोना बगानको बर्तमान अवस्थाबारे पनि कुराकानी गरे।
मङपू सिन्कोना निर्देशालयमा आज डा सुब्बासित सभाषद सामुएल गुरुङले औपचारिक भेटघाट गरेर धेरैबेरसम्म कुराकानी गरेपछि तिनले सिन्कोना निर्देशालय अन्तर्गत रहेको नर्सरी अनि सिन्कोना कारखानाको पनि भ्रमण गरे। तिनले बिगत 1999देखि अघोषित बन्द अवस्थामा रहेको सिन्कोना कारखानाको भ्रमण गर्दै यसलाई पुन: सञ्चालन गर्न जीटीएको माध्यमबाट आवश्यक पहल गर्ने जानकारी गराएका छन।
यसै अवधी तिनले पत्रकारहरुसित कुराकानी गर्दै सिन्कोना दार्जीलिङ पहाडमा चिया पछि दोस्रो सर्बबृहत उद्योग रहेको अनि यसलाई सञ्चालन गरेर पहाडको आर्थीक बिकाश समेत गर्न सकिने बताएका छन। अहिलेघरी सिन्कोना बिभागमा अनेकौ समस्याहरु रहेको बताउँदै आफुहरुले समस्या समाधान गरेर जनतालाई सुबिधा प्रदान गर्नको निम्ति सकेसम्म प्रयास गर्ने पनि बताए। बर्तमान समयमा सिन्कोनाको बिश्वबजारमा दिनोदिन माग बडीरहेको बताउँदै पहाडको प्राकृतिक संसाधनहरुलाई राम्ररी प्रयोग गर्न सके पहाडको सर्वाङ्गीन बिकाश हुने कुरामा आफु बिश्वस्त रहेको तिनले जनाए। तिनले सिन्कोना बिभाग बर्तमान समयमा जीटीएमा गाभिएको बताउँदै यस बिभाग जीटीएमा गाभिन अतिनै आवश्यक थियो भनि जनाउँदै अब यहाँको सम्पूर्ण समस्या समाधानको निम्ति सिन्कोना बिभागसित आश्रित मानिसहरुले सोझै आफुहरुसित कुराकानी समेत गर्न सकिने तिनले बताए।
जीटीएको माध्यमबाट सिन्कोना उद्योगलाई आगामी दिनहरुमा खुबै राम्रोसंग सञ्चालन गरेर अघिबडाउँने बताउँदै यस बिषयमा बिशेषज्ञहरु संगै सिन्कोना बगानमा जोडिएको तल्लो स्तरका मानिसहरुसंग पनि कुराकानी गर्ने सभाषद सामुएल गुरुङले जनाए। तिनले एउटा प्रश्नको जवाब दिदै बर्तमान समयमा अघोषित बन्द अवस्थामा रहेको सिन्कोना कारखानालाई पनि सञ्चालन गर्न पहल गर्ने बताएका छन। बिगत दिनहरुमा राज्य सरकारले सिन्कोना बिभागमा नोक्सानी रहेको बारम्बार बताईरहेको अनि सिन्कोना उद्योगलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न जीटीएमा आउने धनराशी पर्याप्त होला भन्ने सन्दर्भमा अहिलेघरी सम्पूर्ण सिन्कोनावासी बिच रहेको अन्लयोलताबारे प्रश्न गर्दा तिनले सिन्कोना बिभागलाई सञ्चालन गर्न राज्य सरकारले बिगत दिनहरुमा जसरी बजेट दिने गर्थ्यो त्यसरीनै बजेट दिने जनाउँदै केवल उक्त बजेट अबोप्रान्त भने जीटीएको माध्यमबाट आउँने जानकारी गराएका छन। तिनले यस बिभागमा कार्यरत मजदुर कर्मचारीवर्गको बेतन सम्बन्धि धनराशी बिगत दिनहरुमा झै राज्यसरकारबाट नै प्राप्त हुने बताउँदै अन्य सिन्कोना बिभागमा बिकाश कार्यहरु भने जीटीए माध्यमबाट गरिने तिनले थप जानकारी दिएका छन।
सिन्कोना बिभाग जीटीएमा नयाँ बिभाग रहेको बताउँदै यस बिभागमा थुप्रै चुनौतुहरु रहेको अनि उक्त चुनौततिहरुको सामना गर्दै आगामी पाँच बर्षमा बर्तमान अवस्थाबाट माथि उठेर पहाडमा सिन्कोना सफल उद्योगको रुपमा स्थापित गर्न आफुहरु लागिपर्ने सभाषद सामुएल गुरुर्ङले थप जनाएका छन।
अर्कोतिर बर्तमान सिन्कोना निर्देशक डा जी सी सुब्बाले सभाषद सामुएल गुरुङसंगको भेटघाट खुबै सौहार्दपूर्ण रहेको बताउँदै आगामी दिनहरुमा सिन्कोना उद्योगलाई कसरी उच्च स्तरमा बिकाश गर्न सकिनेछ भन्ने कुराकानी भएको जनाए। सिन्कोना बगानसित लगभग 50 हजार मानिसहरु आश्रित रहेको जानकारी गराउँदै यहाँको समस्या निकै चुनौतिपूर्ण रहेको पनि डा सुब्बाले जनाएका छन। यस सम्बन्धमा आगामी दिनहरुमा सिन्कोना उद्योगलाई सुनिश्चित भबिष्यको बाटोमा डोहोर्‍याएर लैजान आफ्नो पक्षबाट भरपुर सहयोग गर्ने पनि तिनले बताएका छन। तिनले बिगत बर्षहरुमा सिन्कोनाको दयनीय अवस्था रहेको अनि कतिपय मानिसहरुले सिन्कोना बगान बन्द हुने टिप्पणीहरु समेत गर्ने गरेको बताउँदै तर केहि बर्ष देखि यता सिन्कोना बिभागबाट सरकारले राम्रो अर्थ संग्रह गर्न सक्षम बनेको जनाएका छन। सोहि समबन्धमा यस उद्योगलाई आगमी दिनहरुमा व्यवस्थित तरिकाले सञ्चालन गरेर अघि बडाउँन सके यसको भबिष्य खुबै उज्ज्वल रहेको बताए। यद्यपी सिन्कोना उद्योगलाई व्यव्स्थित तरिकाले सञ्चालन गरेर अघि बडाउँन अनि सम्पूर्ण सिन्कोनावासीको भबिष्य सुनिश्चित गर्न सम्पूर्ण अधिकारीगण, कर्मचारीवर्ग, मजदुरवर्ग अनि मजदुर संगठनहरुले पनि खुबै निष्ठापूर्वक आफ्नो कार्यमा लाग्नुपर्ने जनाए।
तिनले सिन्कोना उद्योगलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न अनि बर्तमान अवस्थामा अघोषित बन्द रहेको कारखानालाई सञ्चालन गर्न पनि अति आवश्यक रहेको बताउँदै सिन्कोना कारखाना सञ्चालन गर्न सके मात्र यसबाट उत्पादन हुने अनि आर्थीक बिकाश गर्न सकिने थप जनाएका छन।

No comments: