Pages

Friday 31 August 2012

सिलगडी दार्जीलिङको निम्ति दुख्ने घाऊ मात्र बनेको छ – डा हर्कबहादुर छेत्री

 डी के वाइबा, कालेबुङ 31 अगस्त: दार्जीलिङ पहाडमा क्रमैले नगरपालिका चुनाउ अनि जीटीए चुनाउ समाप्त भए पछि अब पञ्चायत चुनाउ हुन बाँकी रहेको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सम्झौता पत्रमा पहाडमा त्रीस्तरिय पञ्चायत चुनाउ हुने लेखिएको भए पनि सम्भवत आगमी वर्षको जनवरी महिनामा हुने पञ्चायत कुनाउ दुईस्तरीय हुने वा त्रीस्तरिय भन्ने कुनै पुष्टि हएको छैन।

 यता पहाडका सम्पूर्ण राजनितिक दलहरुले पहाडमा पञ्चायत चुनाउ केवल त्रीस्तरिय हुनपर्छ भनि माग गरिरहेका छन भने गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख बिमल गुरुर्ङले पनि पञ्चायत चुनाउ त्रीस्तरिय गर्नुपर्छ भनि अगावै घोषणा गरिसकेका छन। 44 महिना लामो आन्दोलन पछि नगरपालिका सञ्चालनको निम्ति मोर्चाले नगरपालेका चुनाउ गराउँने अनुमति दिए पनि धेरै वर्षदेखि हुन नसकेको पञ्चायत चुनाउ भने अझ सम्म हुन सकेको छैन ।

 जसको कारण ग्रामिण स्तरका मानिसहरु समस्यामा परिरहेका छन। यता सोहि बिषयहरुमा आज कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीसैग कुराकानी गर्दा तिनले आफुहरुले सम्झौता गर्दा त्रीस्तरिय पञ्चायत चुनाउ हुनपर्ने बिषयमा सम्झौता गरेको बताउँदै यदि मोर्चाले पहाडमा त्रीस्तरिय पञ्चायत चुनाउ गर्नुपर्छ भनि सरकारलाई माग गरे सरकारले त्रीस्तरिय चुनाउ नै गराउँनुपर्ने बताए।

 यद्यपी अहिलेघरी मोर्चाले पञ्चायत चुनाउमा धेरै मह्त्व नदिईरहेको पनि तिनले बताएका छन। हाल सम्पूर्ण साथीहरु जीटीएलाई व्यवस्थित तरिकाले सञ्चालन कसरीगर्न पर्ने भन्ने भिषयमा पार्टीले शक्ति केन्द्रित गरिरहेको बताउँदै यस बिषयमा पनि बिस्तारै चर्चा गर्ने डा छेत्रीले अझ बताएका छन।

 तिनलाई त्रीस्तरीय पञ्चायत चुनाउ गर्दा सिलगडी महकुमा परिषद के हुनेछ भनि प्रश्न गर्दा यस बिषयमा सरकाराले सोच्न पर्ने बताए। अहिले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा 14 वटा बिभागहरु हस्तान्तरण भईसको बताउँदै अन्य रहल बिभागहरु हस्तान्तरण भएपछि कसरी पहाडलाई बिकशित गर्न कार्य गर्न पर्ने भन्ने बिषयमा आफुहरु चिन्तित बनेर कार्य गरिरहेको तिनले अझ बताए।

 “हामिले हरेक बिभगको कार्य क्षमता जीटीएमा हुनपर्छ भनेर माग गरेका छौ। तर सरकारले बिभिन्न अडचनहरु लगाएर सम्पूर्ण बिभागलाई नियन्त्रण गर्ने कोशिस गर्नेछ। यस बिषयमा थुप्रै झगडा पनि हुनसक्छ। किन भने हामी जीटीएको नियन्त्रण बाहेक अरुको नियन्त्रण चाहँदैनौ। अहिले सर्कारले बिभागहरु हस्तान्तरण प्रक्रिया शुरु गरेको छ।

 कतिपय बिभागहरु आए पनि बिभागहरुक्जो कार्यक्षेत्र कति हो भन्ने अझ स्पष्ट भईसकेको छैन। यसबारेमा पनि हामी गम्भिर छौ” – डा छेत्रीले भने। यसै क्रममा तिनले पत्रकारहरु सित कुराकानी गर्दै पञ्चायत चुनाउमा जानलाई केवल पार्टीले निर्णय लिन मात्र ठूलो कुरा रहेको अनि उक्त निर्णय लिएपछि संगठनहरु तयार रहेकोले चुनाउ सहज तरिकाले जित्ने पनि तिनले अप्रत्यक्ष जवबा दिए।

 तिनले कुराकानीकै अवधी दार्जीलिङ पहाडको मुख्य भाग भनेर चिनिने सिलगडी महकुमा त्यतिमात्र आफुहरुको हो जति हाम्रा मानिसहरु त्यस ईलाकामा बस्ने गर्छन भन्दै सबैलाई आचर्यचकित हुने कुरा गरे। आफुहरुले उक्त ईलाकामा गोर्खाहरु बहुसंख्यक रुपमा रहेको क्षेत्रहरुलाई पनि यसैको आधारमा जीटीएमा समावेश गरिनुपर्छ भनेर माग गरेको पनि स्पष्ट पारेका छन।

 तिनले सिलगडीसित प[अहाडका मानिसहरुको भवना जोडिएको बताउँदै मानिसहरु भावनात्मक मात्र हुन भन्दा व्यवहारिक बनेर पनि सोंच्नपर्ने बताए। तिनले सिलगडी अहिलेघरी पहाडको निम्ति दुख्ने घाऊ मात्र बनेको बताउँदै सरकारले सिलगडीको दैनिक आय हेरेर दार्जीलिङ पहाडको आय बताउँदै अनि सिलगडीमा ठूल ठूला उद्योगधन्दाहरु निर्माण गरेर दार्जीलिङ जिल्लाको नाम अघि सार्ने गरिरहेको जनाए।

 तिनले सिलगडीमा सरकारले बिकास गरेर दार्जीलिङ पहाडमा बिकास गरे भन्नु सहि नरहेको बताउँदै आखिर सिलगडीको बिकासाले पहाडलाई के फरक पारेको छ भनि प्रश्न तेर्साउँदै आफुहरु पहाडकै सर्वाङ्गीन बिकासमा ध्यान दिईरहेको पनि डा छेत्रीले जनाएका छन। य्सै क्रममा तिनलाई हाईपावर कमिटिले सिफारिस गरेको रिपोर्टको जाँच गर्न गठन भएको फ्याक्ट फाईण्डिङ कमिटिको कार्य के भयो भनि प्रश्न गर्दा यस बिषयमा जीटीएको आगमी 15 सितम्बरको निम्ति बजेट सत्र समापन भए पछि चाँदै रिभ्य मिटिङ बस्ने तिनले जानकारी गराए।

No comments: