Pages

Sunday, 26 August 2012

गैरीवासका विकल्प शर्मा अनि फिलोमिनाकी रक्षान्दा गुरूङ पीआर प्रधान मेरिट अवार्डले सम्मानित



678
एक शताब्दीभन्दा धेर समयदेखि कालेबुङको शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउँदै आएको शैक्षिक संस्थान एसयूएमआइले हरेक वर्ष प्रदान गर्ने पीआर प्रधान मेरिट अवार्डले कालेबुङ महकुमाभित्रका 64 विद्यार्थीहरू सम्मानित भएका छन्‌। 
जसमा महकुमा टप्परको रूपमा छात्राहरूको तर्फबाट सन्त फिलोमिनाकी रक्षान्दा गुरूङ अनि छात्रहरूको तर्फबाट गैरीवास उच्च माध्यमिक विद्यालयका विकल्प शर्मा पीआर प्रधान मेरिट अवार्ड 2012 ले सम्मानित भएका छन्‌।
 माध्यमिक परीक्षामा उत्कृष्ट अङ्‌क ल्याउने अन्य विद्यार्थीहरूमा सन्त जर्ज उच्चत्तर विद्यालयका 11 जना, अलगड़ा उच्च विद्यालयका 2 जना, गैरीवास उच्चत्तर विद्यालयका 3 जना,जलढका उच्चत्तर विद्यालयका 1 जना, रोङ्गो उच्च विद्यालयका 1 जना, कन्या उच्चत्तर विद्यालयका 9 जना,एसयूएमआइका 9 जना, प्रणामी बालिका विद्या मन्दिरका 1 जना अनि सन्त फिलोमिना उच्चत्तर विद्यालयका 21 जना विद्यार्थीहरूले यो सम्मान ग्रहण गरे।
 माध्यमिक परीक्षामा महकुमा स्तरमा टप टेनमा रहने विद्यार्थीहरू साथै कुनै एक विषयमा 75 प्रतिशत भन्दा धेर अङ्‌क ल्याएर माध्यमिक परीक्षा उतीर्ण हुने 8 जना विद्यार्थीहरूलाई पनि यो पुस्कारले पुरस्कृत गरियो। जसमा नेपालीमा 83 प्रतिशत अङ्‌क ल्याउने कुमुदिनी विद्याश्रमका प्रणय सेञ्चुरी,अंग्रेजीमा 92 प्रतिशत अङ्‌क ल्याउने सन्त फिलोमिनाकी रक्षान्दा गुरूङ, गणितमा 98 प्रतिशत अङ्‌क ल्याउने साहिल हुसेन, भौतिक विज्ञानमा 92 प्रतिशत अङ्‌क ल्याउने सन्त जर्जका छेवाङ लमु भोटिया अनि एसयूएमआइका साहिल हुसेन,जीव विज्ञानमा 95 प्रतिशत अङ्‌क ल्याउने सन्त फिलोमिनाकी अनिशा छेत्री, इतिहासमा 85 प्रतिशत अङ्‌क ल्याउने गैरीवास उच्चत्तर विद्यालयका संगम गुरूङ,भूगोलमा 81 प्रतिशत अङ्‌क ल्याउने एसयूएमआइका रजत प्रधान रहेका छन्‌।
यसबाहेक कार्यक्रममा पीटी लेप्चा मेमोरियल एचएस मेरिट अवार्ड, ग्यासोक सम्पु मेमोरियल नगद पुरस्कार , माध्यमिक टप्पर 2012 पुरस्कार, उत्कृष्ट खेल पुरस्कार, भाइचन्द प्रधान स्मृति नगद पुरस्कार वितरण गरियो। कार्यक्रममा एसयूएमआइका भूतपूर्व छात्र संगठन एल्मुनाई एसोसिएशनले आफ्नो स्थापनाको 25 वर्ष पूरा गरेको अवसरमा रतज जयन्ती पालन गरिरहेको जनाउँदै एसोसिएशनको तर्फबाट प्रतिष्ठित अन्तर विद्यालय हाजिरी जवाब प्रतियोगिता सम्पन्न भयो। आज भएको हाजिरी जवाब प्रतियोगितामा सन्त फिलोमिना, सप्तश्री ज्ञानपीठ, सन्त जोसेफ कन्भेण्ट,स्प्रीङ्‌डेल एकाडेमी, रकभेल एकाडेमी, बीडी मेमोरियल स्कूल जयगाउँबीच चुड़ान्त प्रतिस्पर्धा भएको थियो। जसमा सप्तश्री ज्ञानपीठ कालेबुङ विजय बन्न सफल बन्यो।
 कार्यक्रममा मुख्य अतिथि जीटीए शिक्षा विभागका सचिव केके लोहार थिए भने विशिष्ट अतिथिको रूपमा सिक्किम सरकार वाणिज्य मन्त्रालयका उप प्रबन्धक एस. ग्याछो पाल्जर उपस्थित थिए। कार्यक्रमको अध्यक्षता महकुमा अधिकारी एलएन शेर्पा गरेका थिए। कार्यक्रममा रकभेल एकाडेमी, कन्या उच्च विद्यालय, एसयूएमआइका विद्यार्थीहरूले रोचक नृत्य प्रस्तुत गरेका थिए भने यस अवसरमा जीटीएका आमन्त्रित सभासद छिरिङ तामाङलाई सम्बर्द्धना पनि जनाइयो।

No comments: