
वाहन चोरि भएको सबैले थाह पाए पछि उक्त वाहन खोज्दै अन्य वाहनहरु पनि भोटाङ सब्जि लोड गर्न गएको बिकाश लेप्चाले जानकारी दिएका छ।
तिनले बाटोमा आउँने अन्य वाहनका चालकहरुलाई उक्त हराएको वाहनबारे जानकारी लिँदा उक्त वाहन डुवर्सतिर छिरेको सुईँको पाए पछि तिनीहरु खोजि अभियानमा निस्केको थप जनाए।
सोहि अवधी उक्त वाहन नगरकट्टामा आफुहरुले चिया पिउँदै गरेको समयमा देका परेपछि वाहनलाई पछिबाट खेददै बिरपाडा डुवर्ससम्म पुगेको जनाए।
वाहन चोरेर तिनीहरु कालेबुङबाट चम्पट कस्न सफल बने पनि महात्मा गाँन्धी रोडमा भने यताबाट पछि गर्दै गएका बिकाश लेप्चा, किरण प्रधान, गणेश छेत्री, सन्तोष तामाङ आदिले सक्रियता अपनाउँदै वहन चोरेर चम्पट कस्ने प्रशनजित दास (28) अनि बिजय राई (19) लाई पक्राउ गरेको जानकारी दिए।
वाहन संगै तिनीहरुलाई बिरपाडा डुवर्समा पक्राउ गरेपछि उक्त वाहनचोरहरुलाई पुलिसलाई सुम्पिएको जानकारी दिदै त्यपछि पुलिसले उक्त चोर्हरुलाई आफ्नो कब्जामा लिनको साथै वाहन उद्धार गरेको थप तिनीहरुले बताएका छन।

य्स सम्बन्धमा पुलिसले छानबिन शुरु गरेको छ। वाहनसंगै उक्त चोरहरुलाई बिरपाडामा पक्राउ गरेपछि आज तिनीहरुलाई रम्बि पुलिसले यहाँको आदालतमा पेश गर्यो्। अदालतमा पुलिसले पेश गरेर उक्त घट्ना सम्बन्धि आरोपिहरुलाई शोधपुछ गर्न 10 दिनको पिलिस रिमाण्डमा लिने अदालतलाई अर्जी चडाएपछि अदालतले उक्त आरोपिहरुलाई सात दिनको पुलिस हिरासतमा पठाएको छ।
पुलिसले यस सम्बन्धमा आरोपिहरु बिरुद्ध आईपीसीको धारा 379 अन्तरगत चोरिको मुद्दा दर्ता गरेर जाँच कार्य शुरु गरेको पनि थाना सुत्रले बताएको छ। वाहन चोरहरुले रातीको समयमा मौका छोपेर पुलिसको आखाँमा धुलो हालेर चमपट कस्न सफल बने पनि अन्तमा उक्त चोरहरु पुलिसको पञ्जामा पर्न पुगेको छ।
तिनीहरुले वाहन चोरेर कालेबुङबाट चम्पट कसेपछि आधाबाटोमा पुगेर उक्त वाहनको नम्बर प्लेट समेत परिवर्तन गरेर नयाँ नम्बर लगाएको छ। वाहनको WB 73 B – 6352 नम्बरलाई तिनीहरुले अर्को WB 74 A – 0865 नम्बर माथीबाट टाँसेर यहाँबाट असम राज्यमा बिक्रि गर्न लगिरहेको पुलिसले अनुमान गरेको छ।
No comments:
Post a Comment