Pages

Wednesday 29 August 2012

पञ्चायत चुनाउमा आरोप लगाउँनेहरुलाई गतिलो जवाब दिनेछौ – जोन बारला

डी के वाइबा, कालेबुङ 29 अगस्त। गोजमुमो कालेबुङ महकुमा समितिको आयोजनामा यहाँको रामकृष्ण संगमञ्चमा आयोजित सम्वर्द्धना एंव सद्भावना कार्यक्रममा आदिवासी नेता तथा गो.क्षे.प्रका आमन्त्रित सदस्य जोन बारलाले तराई डुवर्सको निम्ति आफुले ईमान्दार बनेर कार्य गर्दै आईरहेको बताएका छन।

 तिनले तराई डुवर्सको निम्ति राम्रो कार्य गर्दा अनेकौ बाधा सृजना गरिरहेको बताउँदै गोर्खा आदिवासीहरु एक बनेर बस्नुपर्ने आह्वान गरे। तिनले यसै सिलसिलामा बिगत दिनहरुमा आफु तराई डुवर्सका मानिसहरुको हितमा कार्य गर्दा जोन बारलाले डुवर्स बिक्रि गर्योह भन्ने आरोप लगाएको बताउँदै अब पहिला आफुसंग छुट्टिएर जाने आदिबासी नेता तेजकुमार टोप्पो अनि अन्य मानिसहरु 31 अगस्तको दिन पुन: आफ्नो साथमा आउँने घोषणा गरे।

 तिनले आफ्नो साथमा आउँन चाहनेहरुलाई स्वागत गर्दै तराई दुवर्सको हितमा सबै एकबद्ध बनेर अघि बड्नुपर्ने आह्वान गरे। तिनले आफुलाई सम्मान जनाएको सन्दर्भमा उक्त सम्मान सम्पूर्ण तराई डुवर्सवासीको सम्मान हो भनि बताए। तिनले सबै एक हुन पर्ने बताउँदै एक बनेर अघि बडने कार्यले आगमे दिनहरुमा प्रस्तावित तराई डुवर्स गो.क्षे.प्रमा गाभिने बारलाले दाबी गरे। तिनले अहिले पनि कतिपय षडयन्त्रकारीहरुले तोड्न खोजिरहेको बताउँदै आगमी दिनमा हुने पञ्चायत चुनावा आफुहरुलाई बिभिन्न आरोप लगाउँनेहरुलाई गतिलो जवाब दिने तिनले घोषणा गरे।

No comments: