Pages

Friday 10 August 2012

सिक्किम राज्यमा एफसीआई राशन बोक्ने ट्रकहरुको बन्द : कहिले होला समाधान ?



डी के वाइबा,कालेबुङ 10 अगष्ट 2012: सिक्किम राज्यमा सरकारी एफसीआई राशन बोक्ने ट्रक चालकहरुले डाकेको बन्द अझसम्म खोलिने कुनै छाँट देखिएको छैन। एकातिर चालकवर्ग आफ्नो बिविध मागहरु लिएर सरकारी राशन बोक्न बन्द गरेर राष्ट्रिय राजमार्ग 31 ए मा वाहनहरुको लामेताँत लगाएर बसेका छन भने अर्कोतर्फ यस सम्बन्धमा सिक्किम सरकार उदासीन रहेको चालकहरुको गुनासो रहेको छ।
एफसीआई राशन बोक्ने चालकहरुले धेरैदिनदेखि भोग्दै आईरहेको समस्या माथि डाकेको बन्दबारे आजसम्म यस बिषयमा ठेकेदारहरु चालकहरुको गुनासो सुन्न समेत नआएको चालकहरुले बताएका छन भने यस बन्दलाई समस्याको समाधान नभए सम्म यथावत राख्ने संगठनका प्रचार प्रसार सचिव धनकुमार प्रधानले बताएका छन। यस बिषयमा तिनले अझ बताउँदै उक्त समस्या समाधान गर्न सम्बन्धित पक्ष यथाशिघ्र अघि नआए आगमी दिनहरुमा सम्पूर्ण चालक संगठनहरुको सहयोगमा सम्पूर्ण हाईवे क्षेत्र नै अचल बनाईदिने तिनले बताएका छन। तिनले कतिपय षडयन्त्रकारीहरुले सोझा चालकहरुलाई जब्बरजस्ति बन्द फिर्ता भयो भन्ने अफवाह फैलाएर दिगभ्रमित पार्ने कार्य गरिरहेको तिनले आरोप लगाएका छन। तिनले यस्ता अफवाह फैलाएर चालकहरुको समस्यालाई समाधान गर्नको साटो अझ चालकहरुमाथि अन्याय गर्न खोज्ने मालिकहरुलाई संगठनले कार्वाही गर्ने चेतावनी दिएको छ।
चालकहरुको यस समस्या माथि सम्पूर्ण संगठनहरु अघि आएर बन्दको समर्थन गर्दै समस्या समाधानको निम्ति आवाज उठाईदिने पनि प्रचार प्रसार सचिव प्रधानले अपिल गरेका छन। तिनले यस बिषयमा मालिक पक्षसित जान्न चाहँदा मालिकहरुले प्राप्त गर्ने पैसा ठेकेदारले कटौति गरेको कारण नै मालिकहरुले बाध्य बनेर चालकहरुको पैसा कटौति गरेको संगठनलाई जानकारी गराएको बताउँदै यसबिषयमा ठेकेदारहरुको मौनता प्रति पनि चालकहरु असन्तुष्ट बनेको जानकारी गराए। यद्यपी मालिक पक्षले पनि यस मुद्दालाई खुबै गम्भिरतासित लिएर समस्या समाधान गर्नुपर्ने बताउँदै चालकहरुमाथि भईरहेको अत्याचार अब संगठनले सहन नगर्ने चेतावनी समेत दिएको छ।

No comments: