Pages

Wednesday, 4 July 2012

युजीआरएफले GTA चुनाव नलड्ने दहाल

 कालेबुङ ४ जुलाई : युनाईटेड गोर्खा रेभ्युलेसनरी फ्रण्ट (युजीआरएफ) ले चुनावमा जीटीएको चुनाउमा भाग नलिने घोषणा गरेको छ। अजय दहालले आज पत्रकाहरुसित कुराकानी गर्दै जीटीएको मुद्दा युजीआरएफको सुचिमा नरहेको बताउँदै यसलाई कुनै महत्व नदिएको स्पष्ट पारे। चुनाव अवधी  मौन भएर बस्ने पनि तिनले जनाँए। दहालले थप जानकारी गराँउदै,जिटिए चुनाव पछि गोजमुमोको रणनिती हेरेरनै युजिआरएफले गोर्खाल्याण्डको भावी कार्यक्रमको घोषणा गर्ने पनि जनाँएका छन्।
गोरानिमो पार्टीले पनि चुनावमा भाग नलिने     दावा पाखरिन
आगामी २९ जुलाईमा सम्पन्न हुने जिटिएको चुनावमा गोरानिमो पार्टीले पनि भाग नलिने घोषणा गरेको छ। आज यँहाको हिलटप स्थीत पार्टी प्रमुख दावा पाखरिनको आवासमा बसेको पार्टिको केन्द्रिय समितिको बैठकमा जिटिए चुनावबारे घण्टौसम्म चलेको बैठक पछि,गोरानिमो पार्टीले पनि चुनाव नलड्ने निर्णय लिएको छ। 
गोरानिमो सुप्रिमो दावा पाखरिनले आज एक संवादाता सम्मेलन डाकेर चुनावमा भाग नलिने जनाँएका छन्। गोरानिमो पार्टीको उदय भएपछि एउटै मात्र लक्ष्य गोर्खाल्याण्डलाई अघि बडाएर लाने प्रण गरेको कारण साथै कुनै पनि बंगालमुखी चुनावमा भाग नलिने पाखरिनले जनाए। पत्रकारहरु सँगको कुराकानीको क्रममा तिनले आजको बैठकमा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्धालाई अघि बडाएर लैजान आगामी कार्यक्रमहरुको बारेमा पनि चर्चा परिचर्चा गरिएको जनाँए। 

No comments: