Pages

Monday, 16 July 2012

जिटीएको बिरोधमा १८ जुलाईको दिन गोटाफोले कालो दिवस मनाउने आर मोक्तान

 कालेबङ;१६ जुलाई: आगामी २९ जुलाईको दिन सम्पन्न हुने जीटिए चुनावको निम्ति गोजमुमो पार्टी चुनाव प्रचारको लागी ब्यस्त भईरहेको समय,गोर्खाल्याण्ड टास्क फोर्सले आगामी १८ जुलाईको दिन जीटिएको बिरोधमा प्रतिबाद स्वारुप कालो दिवस पालन गर्ने भएको छ।गोटाफोका संयोजक आर मोक्तानले आज एक पत्रकार सम्मेलन डाकेर उक्त कुरा जनाँउदै, बिगत बर्ष १८ जुलाई २०११ को दिन सिलगडीको पिन्टेल भिलेजमा केन्द्र सरकार,राज्य सरकार अनि गोर्खा जनमुक्ती मोर्चा माझ भएको जीटिएको त्रिपक्षिय सम्झौता भए पछि गोर्खाल्याण्डको मार्गमा जीटिए बाधा भएको छ। सरकारले जबरजस्ती जीटिए थोपेर गोर्खाहरुको छुट्टै राज्य गोर्खाल्याण्डको मांगलाई दबाउने कोशिष गरिरहेको मोक्तानले आरोप लगाँउदै, जीटीएले कहिले पनि भारतभरि छरेर बसेका गोर्खाहरुको राजनैतिक सुरुक्षा दिन सक्दैना। यसैले गर्दा गोटाफोसँग जति पनि संलग्न अन्य राजनैतिक दलहरु क्रमाकपा,गोरानिमो,गोर्खालिग आदी लगायत भागोपको २२ वटा शाखाहरुलेनै आगामी १८ तारिखको दिन कालो दिवस मनाँउदै,जीटिएको बिरोधमा शहरमा पोस्टरिङ गर्ने पनि तिनले जनाँए छन्। मोक्तानले थप जनाँउदै गोटाफोले तेस्रो चरणको गोर्खाल्याण्ड आन्दोलन तराई-डुवर्सबाट शुरु गर्ने अनि आन्दोलनको रणनिती तयार पार्न आगामी २७ तारिखको दिन तराई-डुवर्सका सम्पूर्ण राजनैतिक दलहरुलाई लिएर अन्तरक्रियात्मक कार्यक्रम गर्ने पनि तय गरेको तिनले जनाँए तर कुन ठाँउमा कार्यक्रम गर्ने हो सो बारे तिनले बताएन। अर्कोतिर तिनले गत १३ तारिखको दिन भानु जयन्तीको समारोहलाई बंगालकी मुख्य मन्त्री ब्यानरजीले सम्बोधन गर्दै,पाहाडमा बिकास भए पाहाडको कुनै युवाहरुले बाहिर गोएर भिख माग्नु पर्दैना भनि दिएको वक्तव्यको पनि मोकताने बिरोध जनाँउदै,पाहाडको मानिस कहिले अनि काँहा भिखारी भएको थियो र तिनले भिख माग्नु पर्दैना भनेर वक्तव्य दिन्छ, भनि तिनले उक्त वक्तव्यको निम्ति पाहाडको मानिसहरुसंग ममता ब्यानरजीले माफि माग्नु पर्ने बताएका छन्।

No comments: