डी के वाइबा, कालिमन्युज,कालेबुङ 9 जुलाई: जीटीए चुनाउमा गोर्खा जनमुक्ति मोर्चाले कालेबुङ महकुमा क्षेत्रको मोठ 13 वटा समष्टिहरु मध्ये 3 वटा समष्टिबाट निर्विरोध बिजय हासिल गरेको छ। आज चुनाउको निम्ति नामाङकन पत्र दर्ता गर्ने अन्तिम दिनको अन्तिम समय सम्म तीनवटा समष्टिहरुबाट कुनै राजनैतिक दल लगायत निर्दलीय प्रार्थीहरुले नामाङकन पत्र दर्ता नगरेको कारण उक्त तीनजना मोर्चाका प्रार्थीहरु निर्विरोध बिजयी बनेका छन।
यहाँको 34 नम्बर होम्स भालुखोप समष्टिबाट युवा मोर्चा सचिव निमा तामाङ, 36 नम्बर डुङग्रा पुदुङ समष्टिबाट पूर्व सैनिक मोर्चाका अध्यक्ष कर्णल रमेश आले अनि 39 नम्बर रम्फु मन्सोङ समष्टिबाट लेबर युनियनका अध्यक्ष गोपाल रुचाल निर्विरोध बिजयी बनेका छन। उक्त तीनवटा समष्टिहरुबाट मोर्चाका प्रार्थीहरु निर्बिरोध बिजयी बनेको खबर सबैतिर फैलिन साथै मोर्चाले यहाँको डम्बर चौकमा पटेका पडकाएर खुशियाली समेत मनायो।
एकातिर मोर्चाले कालेबुङबाट तीनवटा सिटहरुमा निर्बिरोध बिजयी हासिल गरेको छ भने अर्कोतिर अन्य 10 वटा समष्टिहरुमा भने राज्यको सत्तासिन पार्टी तृणमुल कङ्ग्रेससंग घमासान हुने निश्चित रहेको छ। अहिले सम्म चुनाउको निम्ति नामाङकन पत्र भरेको कार्यलाई हेर्दा गोजमुमो पार्टीको निम्ति 41 नम्बर गितडाब्लिङ निम्बोङ समष्टिमा गोजमुमो पार्टीलाई निकै संघर्ष गर्नुपर्ने देखिएको छ। गोजमुमो प्रमुख बिमल गुरुङले उक्त समष्टिबाट मोर्चा उपाध्यक्ष कल्याण देवानलाई प्रार्थी बनाएका छन भने स्थानीय मानिसहरुले रुष्ट बनेर तिनको बिरोधमा पार्टीकै सञ्चबिर सुब्बालाई निर्दलीय प्रार्थीको रुपमा खडा गरेका छन। यस्तो अवस्थामा सोहि समष्टिमा तृणँमुल कङ्ग्रेस पार्टीले ब्रुनो लेप्चालाई खडा गरेको छ।
अब मोर्चालाई उक्त समष्टिमा सहजै बिजय हासिल गर्नु निकै कठिन पूर्ण रहेको छ। यसको साथै ठिक त्यस्तै प्रकारको संघर्ष मोर्चाले 35 नम्बर बोङ दुर्बिन समष्टि अनि 38 नम्बर लाभा लिङसे समष्टिमा पनि गर्नु पर्ने अवस्था देखा परेको छ। मोर्चाले 35 नमबर समष्टिबाट युवा मोर्चा अध्यक्ष सुनिल प्रधानलाई खडा गरेको छ भने तिनको बिरोधमा तृण्मुल कङ्ग्रेसले गौतम कालिकोटेलाई खडा गरेको छ। यसको साथै सोहि समष्टिबाट् नै कहिल्यै नाम समेत नसुनिएको राष्ट्रिय जनाधिकार पार्टीले शिवानी यरोशा प्रधानलाई प्रार्थीको रुपमा खडा गरेको छ। उक्त स्थानमा यदि यरोशा प्रधानले आफ्नो नामाङकन पत्र फिर्ता नलिए मोर्चाले बिजय हासिल गर्न कठोर संघर्ष गर्नुपर्ने स्पष्ट बनेको छ। ठिक त्यस्तै प्रकारको त्रिकोणिय संघर्ष 38 नम्बर लाभा लिङ्से समष्टिमा पनि हुने भएको छ। माकपाले एकमात्र प्रार्थी लाभा लिङ्से समष्टिबाट खडा गरेको छ भने उक्त क्षेत्रबाट मोर्चाले सी पी पौड्याललाई खडा गरेको छ भने तिनलाई चुनौति दिन तृणमुल कङ्ग्रेसले सी पी शर्मालाई प्रार्थीको रुपमा खडा गरेको छ। आज अंतिम दिनसम्मको नामाङकन पत्र दर्ताको रिपोर्टलाई हेर्दा केवल कालेबुङको तीनवटा समष्टिमा मात्र त्रिकोणीय प्रतिद्वन्द्व हुने छाँट देखिएको छ भने माकपा अनि राष्ट्रिय जनाधिकार मञ्चका प्रार्थीहरुले नामङकन पत्र फिर्ता लिए त्रिकोणिय प्रतिद्वन्द्व 41 नम्बर समष्टिमा हुने देखिएलो छ। किन भने उक्त समष्टिबाट मोर्चा प्रमुख बिमल गुरुङले कल्याण देवानलाई प्रार्थी बनाए पछि रुष्ट बनेका जनताहरुको अनुरोधमा नमाङकन पत्र दर्ता गरेका सञ्चबिर सुब्बाले नामाङकन पत्र फिर्ता नलिने दाबी गरेका छन। यसबाहेक अन्य रहल सिटहरुमा भने गोजमुमो पार्टी अनि तृणमुल माझ सोझो टक्कर हुने स्पष्ट देखिएको छ।
No comments:
Post a Comment