डी के वाइबा, कालेबुङ 13 जुलाई: जीटीए चुनाउको छेक पारेर भानु जयन्ति कार्यक्रमको बहानामा कालेबुङ आईपुगेकी मुख्य मन्त्री ममता ब्यानर्जीसित भेट गर्न दार्जीलिङबाट मोर्चा प्रमुख बिमल गुरुङ पनि आज कालेबुङ आईपुगे। कार्यक्रममा भाग लिएर मुख्य मन्त्री ब्यानर्जी यहाँको दुर्बिन स्थित सर्किट हाउममा पुगे पछि गोजमुमो प्रमुख बिमल गुरुङले तिनलाई सर्किट हाउसमा गएर भेट गरे। यस अवसरमा मोर्चा अनि ममतामाझ केहि समयसम्म बैठक सम्पन्न भयो।
यस अवसरमा गोजमुमो प्रमुखको साथमा नारी मोर्चा प्रमुख आशा गुरुङ, महासचिव रोशन गिरी, बिधायकगण डा हर्कबहादुर छेत्री, त्रिलोक देवान, मोर्चा उपाध्यक्ष प्रदिप प्रधान लगायत निर्बिरोध चुनाउमा बिजयी बनेका प्रार्थीहरु पनि उपस्थित रहेका थिए। केही बेर सम्म दुवै पक्षमाझ बैठक सम्पन्न भएपछि मुख्य मन्त्री ममता ब्यानर्जी अनि मोर्चा प्रमुख बिमल गुरुङले एकै साथमा पत्रकार सम्मेलन गरेर बैठकबारे सबैलाई अवगत गराए। यस सम्बन्धमा मुख्य मन्त्री ब्यानर्जीले जीटीए चुनाउमा निर्विरोध बिजयी बनेका प्रार्थीहरुलाई बधाई दिदै बैठकमा दर्जीलिङ पहाडमा जीटीएको माध्यमबाट कसरी बिकाश कार्य गर्न सकिन्छ भन्ने कुराकानी भएको जानकारी दिइन। यसै सिलसिलामा तिनले पुन कार्यक्रममा घोषणा गरेकै कुराहरुलाई दोहोर्याउँदै दार्जीलिङ पहाडमा जीटीएको माध्यमबाट बिध्यालय, कलेज तथा बिश्वबिद्यालयहरु निर्माण गर्ने कुराकानी भएको बताउँदै पहाडमा पर्यटनको भरपूर बिकाश गरिने चर्चा भएको तिनले थप जनाइन।
जीटीएको सम्झौता पत्रमा भएको कुराहरुबारे नै आजको बैठकमा कुराकानी भएको बताउँदै जीटीए बनिएपछि यहाँको बिकाश कार्य गरिने चर्चा भएको थप तिनले जनाइन। यसै क्रममा तृणमूल कङ्ग्रेस पार्टीका कार्यकर्ताहरु लगायत गोजमुमो पार्टी मिलेर् पहाडको बिकाश कार्य गरिनेबारे पनि चर्चा भएको तिनले बताइन। आज भानुजयन्तिको कार्यक्रमको अवसरमा दार्जीलिङ पहाडका सबै नेताहरुसित भेटघाट गर्ने अवसर प्राप्त भएकोमा धेरै खुशि रहेको बताउँदै पहाडमा बिकाश कार्यको निम्ति राज्य सरकारको पक्षबाट सक्दो सहयोग मोर्चालाई दिने पनि ममता ब्यानर्जीले बताइन।
यसै क्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै गोजमुमो प्रमुख बिमल गुरुङ्ले गोजमुमो अनि तृणमुल कङ्ग्रेसमाझ गत केहिदिन देखि जीटीए चुनाउलाई लिएर सम्बन्धमा खराबी आईरहेको सन्दर्भमा कुराकानी भएको बताउँदै एकार्काको सम्बन्धमा कुनै नमिठोपन सृजना नहोस भन्ने चाह रखेको जनाए। मुख्य मन्त्री ममता ब्यानर्जीसंग आफुहरुको राम्रो सम्बन्ध कहिल्यै नबिग्रियोस भन्ने चाह रहेको बताउँदै कतिपय छुटपुट मन मुटाउहरु बसेर समाधान गरेको थप बिमल गुरुङले जनाए। आजको बैठक खुबै सकारात्मक रहेको बतौँउदै बैठकमा जीटीए चुनाउमा तृणमुल कङग्रेसले प्रार्थीहरु खडा गरेको सन्दर्भमा पनि कुराकानी भएको गुरुङले जानकारी गराए। उक्त बैठकमा आजसम्म गोजमुमो अनि तृणमुल कङ्ग्रेसमाझ राम्रो सम्बन्ध बनेको छ त्यसलाई तोडेर नलैजाओस भनि कुराकानी भएको बताउँदै यदि सम्बन्ध तोडन चाहनेहरुलाई पार्टीले कस्तो कार्य गर्छ भन्ने कुरा तृणमूल नेताहरुले नै निर्णय गर्छ भनि जनाए। यसै सिलसिलामा तिनले एउटा प्रश्नको जवाब दिदै पहाडबाट आज 28 जना गोजमुमो पार्टीका प्रार्थीहरु निर्विरोध बिजयी भएको कुराले नै पहाड्मा माकपा अथवा तृणमूल कङ्ग्रेसको जनता नभएको पुष्टि गर्छ भन्दै आगामी चुनाउमा रहल सिटहरुबाट पनि मोर्चा निश्चित रुपले बिजयी हुने तिनले दाबी गरेका छन।
No comments:
Post a Comment