डी के वाइबा, कालिमन्युज, कालेबुङ 15 जुलाई: आगामी 29 जुलाईमा हुने जीटीए चुनाउमा 45 वटा सिटहरु मध्ये एउटा सिटमा पनि गोजमुमो प्रार्थी पराजय भए राजनीतिबाट सन्यास लिनेछु भनि अगावै घोषणा गरिसकेका बिमल गुरुङले राजनीतिबाट सन्यास नलिनकै निम्ति चुनाउ प्रचारमा कालेबुङ आउने भएका छन।
दार्जीलिङ अनि खर्साङ क्षेत्रको धेर आसनहरुमा मोर्चाले निर्विरोध बिजय हासिल गरिसकेको भए पनि कालेबुङको 9 वटा सिटहरुमा भने तृणमूल काङ्ग्रेसले मोर्चालाई चुनौति दिदै प्रार्थीहरु खडा गरेको छ। तृणमूल काङ्ग्रेससंग मोर्चाको कालेबुङमा सोझो टक्कर हुने भएको कारण कतिपय सिटहरुबाट पराजयको सामना गर्न पर्ने सम्भावनाले मोर्चा प्रमुख गुरुङ नै अन्तमा चुनाउ प्रचारको निम्ति आईरहेका छन। यहाँको मोठ 13 वटा सिटहरु मध्ये 4 वटा सिटहरुमा मोर्चाले अघिबाटै निर्विरोध बिजय हासिल गरिसकेको छ भने रहल 9 वटा सिटहरुमा भने संघर्ष गर्नुपर्ने भएको छ। यसमध्ये 41 नबर निम्बोङ गितडाब्लिङ समष्टिबाट गोजमुमो पार्टीका प्रार्थी कल्याण देवानलाई चुनौति दिदै तृणमूल काङ्ग्रेससगै मोर्चाकै निर्दलीय प्रार्थी खडा भएका छन। यस्तो परिस्थितिमा यदि कुनै एउटा सिटमा पराजयको सामना गर्नु परे मोर्चा प्रमुख बिमल गुरुङले राजनीतिबाट सन्यास लिनेछु भनेको बचनलाई पालन गर्नु नगर्नु भबिष्यकै कुरा भए पनि पराजय बनेर लज्जास्पद बन्न अघि नै तिनी मोर्चा सम्हाल्न मैदान उत्रने भएका छन।
अब कालेबुङ महकुमाको रहल 9 वटा सिटहरु पनि मोर्चाले आफ्नो झोलिमा हाल्न कम्मर कसेको छ। कालेबुङमा घरी-घरी राजनैतिक अस्थितरता आइरहने हुनाले अनि जिल्लाभरिमा कालेबुङबाट् नै यसपल्ट 9 वटा आसनमा मोर्चाको प्रत्यासिको रूपमा 9 वटा आसनमा नै तृणूमूल काङ्ग्रेस प्रार्थी अनि एक आसनमा निर्दलीय उम्मेदवार पनि रहकोले मोर्चा अध्यक्षको नजर अहिले कालेबुङमा आएर अडेको छ। यसैले चुनाउ प्रचारमा उनी स्वंय कालेबुङ आउने भएका छन्।
यसरी नै 22 जुलाईमा अलगडामा मोर्चाको जनसभा रहेको छ जुन जनसभाबाट 40 नम्बर पेदोङ समष्टिमा मोर्चा उम्मेदवार दावा लेप्चा, 38 नम्बर लाभा-लिङ्ग्से समष्टिका सीपी पौड्याल अनि अनि 37 नम्बर अलगडा-दलपचन्दका कल्पना तामाङको निम्ति मोर्चा अध्यक्षले सोही जनसभाबाट भोटको अपिल गर्नेछन्। यसमा 23 जुलाईमा छिबो-टासिडिङ समष्टिलाई लिएर गरिने जनसभाको स्थल केही दिनमा तय हुने विनय तामाङले बताए। कालेबुङमा 9 वटा आसनमा हुने चुनाउलाई लिएर जिल्लाभरिबाट नै मोर्चाको निर्विरोध उम्मेदवारहरू आजदेखि नै कालेबुङ आएऱ चुनाउ प्रचार गर्न शुरु गरेका छन् जसमा रिम्बिक लोधोमा समष्टिबाट निर्विरोध विजयी उम्मेद्वार प्रकाश गुरुङ, मङ्गु लाटपञ्चरबाट रतन थापा, खरसाङ टाउनबाट योगेन राई कालेबुङमा चुनाउ प्रचारमा लागीपरेको विनय तामाङले जानकारी दिए।
44 महिना आन्दोलन गरेर ल्याएको मोर्चाको उपलब्धि जीटीए सभाको चुनाउमा यसपल्ट मोर्चाले सय प्रतिशत सिटहरुमा निर्विरोध चुनाउ जित्ने आशा साँचेको भए पनि राज्यको सत्तासिन पार्टी तृणमूल काङ्ग्रेसले मोर्चालाई चुनौति दिएको छ। यस्तो परिस्थितिमा मोर्चाका निर्विरोध विजयीप्रार्थीहरु कालेबुङका प्रार्थीहरुको प्रचारमा धुरिन थालेका छन भने अन्तमा गोजमुमो पार्टी प्रमुख बिमल गुरुङ समेत यहाँ चुनाउ प्रचार गर्न आउने भएको कारण कालेबुङमा चुनावी द्वन्द्व निकै गजबको हुने देखिएको छ।
No comments:
Post a Comment