डी के वाइबा, ,कालेबुङ 13 जुलाई: आदिकवि भानुभक्त आचार्यको 198 औ जन्म दिवस कार्यक्रममा बङगालका मुख्य मन्त्री ममता ब्यानर्जी सरिक बनेर आगामी 2014 मा भानुभक्तको 2 सय वर्षे जन्म जयन्ति 13 जुलाई 2013 देखि राज्यब्यापी रुपमा एकबर्ष भव्यरुपले पालन गर्ने घोषणा गरेकी छिन। यहाँको टाउन हलमा साहित्य अध्ययन समिति अनि सुचना एंव सास्कृतिक बिभाग पश्चिम बङगाल सरकारको आयोजनामा सम्पन्न 198 औ भानु जयन्ति कार्यक्रममा मुख्य अथितिका रुपमा उपस्थित रहेका मुख्य मन्त्री ममता ब्यानर्जीले नेपाली भाषामा “तपाईँहरु कस्तो हुनुहुन्छ ?” भनि प्रश्न गरे। यसै क्रममा तिनले नेपाली भाषामा बोल्दै “आदिकवि भानुभक्त प्रति मेरो हृदयबाट प्रणाम छ” भने।

तिनले आफु कालेबुङमा आएर भानुभक्त प्रति श्रद्धा प्रकट गर्दै आदिकवि भानुभक्तको आगामी 2014 मा 2 सय बर्ष जन्मदिवस बिश्वकवि रबीन्द्र नाथको 150 जन्म दिवस जस्तै राज्यव्यापी रुपमा भब्यरुपले पालन गर्ने घोषणा गर्न नै कालेबुङ आएको तिनले बताईन। उक्त 2 सय बर्षे जन्मदिवस राज्यको हरेक खण्डहरुमा पालन गरिने जानकारी दिदै कवि भानुभक्त नेपाली जातिको निम्ति मात्र नरहेर सम्पूर्ण जातिकोको निम्ति सम्माननीय व्यक्ति रहेको जनाईन। राज्यमा परिवर्तन आएपछि आफ्नो सरकारले भाषा साहित्य, संस्कृति, कला आदि क्षेत्रहरुमा बहुमूल्य योग्दान दिने सम्मानीय व्यक्तिहरुको सम्मान गर्ने कार्य गरिरहेको दाबी गर्दै महान व्यक्तिहरुको सम्मान गर्दा कुनै पनि जातिको पहिचान अनि संस्कार र संस्कृतिको संरक्षण हुने ममता ब्यानर्जीले थप जनाईन।
तिनले देशमा जन्म हुने महान व्यक्तिहरु कुनै पनि जातिको निम्ति मात्र महान नभएर सबै देशवासीको निम्ति महान रहेको बताउँदै कवि भानुभक्त पनि सम्पूर्ण देशवासीकै महान व्यक्तित्व हुन भनि ब्यानर्जीले थप बताईन। बिगत दिनहरुमा राज्यमा माकपाको सरकार हुँदा भानुभक्तको जन्मदिवस पालन नगरेको बताउँदै आफ्नो सरकारले प्रत्येक महान व्यक्तिहरुको सम्मान गर्ने तिनले थप जनाएकी छिन।
No comments:
Post a Comment