डी के वाइबा,, कालेबुङ 11 जूनः चेलिबेटी बेचबिखनको आरोपमा पक्रा परेका गोरुबथान निवासी सुशिला तामङ (35) अनि चाल्सा मङगलबाडी निवासी गोपीमाया छेत्री उर्फ कविता छेत्री (31) लाई आज कालेबुङ अदालतमा पेश गरियो। आरोपी द्वयलाई यहाँको अदालतमा पेश गरे पछि अदालतले सुशिला तामङलाई 12 दिनको पुलिस रिमाण्डमा पठाएको छ भने गोपीमाया छेत्रीलाई संशोधन गृह पठाएको छ। गोरुबथान पुलिसले पक्राऊ गरेको आरोपिहरु बिरुद्ध आईपीसीको धारा 363, 366 ए, 376 अनि 34 अन्तर्गत मुद्दा दर्ता गरेको छ।
तिनीहरुले गोरुबथान निवासी दिपा हुसेन (परिवर्तित नाम) लाई मानव तस्करको निम्ति बाहिर लैजाने योजना बनाईरहेको आरोप लागेको छ। जानकारी अनुसार दिपा हुसेन गत 26 मईदेखि घरबाट लापत्ता बनेकि थिईन भने तिनी अचानक 5 जूनको दिन घरमा आएकी थिईन।
तिनी लापत्ता बनेपछि परिवार पक्षले खोजबिन गरे पनि तिनको कुनै पत्तो लाग्न सकेको थिएन। अन्तमा लापत्ता बनेकि दिपा घरमा आईपुगेपछि तिनलाई सोधखोज गर्दा साथीहरुसित सिमला घुम्न गएको तिनले जनाएकी थिईन। तिनले सिमला लाने साथीहरुको नाम समेत परिवार पक्षले सोध्दा बताएकी थिईन भने केहिदिन पछि उक्त आरोपि सुशिला तामङ पुन: तिनको घरमा आउँदा परिवार पक्षलाई शका लागेर सोधपुछ गर्दा जानकारी दिन असमर्थ बने पछि तत्काल पुलिसलाई खबर दिएर तिनको पक्राऊ गरेको थियो ।
सोहि सिलसिलामा पुलिसले अझ सक्रियता देखाउदै पुन: गोपीमाया छेत्रीलाई पनि पक्राऊ गरेर आज यहाँको अदालतमा पेश गरियो। यस अवसरमा दिपा हुसेनले सिमलामा आफुलाई तिनीहरुले पुर्याएर यौन शोषण कार्यमा जब्बर जस्ति काम गर्न लगाएको आरोप लगाएका छन। पुलिसले यस बिषयमा गहन छानबिन कार्य थालेको छ भने मानव तस्करीको जोडदार सञ्जाल फिजाएर आरोपिहरुले नारीहरुलाई कामको प्रलोभन देखाएर बाहिर तस्कर गर्ने कार्य गरिरहेको आशंका व्यक्त गरेको छ।
No comments:
Post a Comment