Pages

Saturday 30 June 2012

गरिबको घरमा अधिकारीहरूको धलिमली

 June 30th, 2012 rongotimes 

 अधिकारीहरूले गरिबको घरमा धलिमली गरिरहेको आरोप आज माकपा आञ्चलिक समिति सचिव तारा सुन्दासले लगाएका हुन्‌‌‌। सुन्दासले जनाएअनुसार, इकोनोमिक वेलफेयर सेक्सन अन्तर्गत राज्यको अघिल्लो बामपन्थी सरकारले दार्जीलिङ पहाडको निम्ति बीपीएल परिवार अनि सरकारी परियोजनाहरूबाट प्रभावित पविरारको 1500 घर निर्माण गर्न निर्देश दिएको थियो। उक्त घरहरूको छनौट दुइ सासंद अनि तीन विधायकद्वारा हुुनुपर्ने पनि निर्देश पत्रमा उल्लेख थियो। तर 4 जुलाई 2010 सालमा नै घर निर्माणको निम्ति राशी आइसकेको भएपनि जिल्लपालले भर्खरै टेण्डर नोटिस जारी गरे।
 त्यसैसमयदेखि माकपाले टेण्डर पारदर्शी रूपमा हुनुपर्छ भनेर विरोध जनाइरहेको थियो। फलस्वरूप अहिले पहिलो चरणमा दार्जीलिङ पहाडको आठवटा खण्डमा मोठ 775 घर बनाउन टेण्डर भयो। यसैमाथि आपत्ति जनाउँदै सुन्दासले भनेअनुसार गरिबको निम्ति एउटा घर 1 लाख 75 हजार रूपिँयामा बनिने भनिएको छ। तर विभागीय अधिकारीहरूको मिलिभगतमा गॉंउमा 1 लाख 10 हजार रुपिँयामा घर पूर्ण गरिने भनिँदैछ। यसमा सुन्दासले घोर आपत्ति जनॉंउदै दार्जीलिङ पहाडमा बनिने घरहरूको टेण्डर सिलगडी तिरको कन्ट्‌—याक्टरहरूले पाएकोमा पनि तिनले आपत्ति जनाएका छन्‌। एउटा खण्डमा मात्र तीन जनाले टेण्ड पाएकोमा तिनले सोझै जिल्लपालमाथि प्रहार गर्दै भने, टेण्डर पारदर्शी रूपमा भएन। अब जिल्लापाल कार्याकालमा ग्लोबल टेण्डर गरिने प्रथा हटाउनुपर्छ। ग्राम पञ्चायतमा हुने कामको टेण्डर ग्राम पञ्चायतमा नै हुनुपर्छ। जसले गर्दा धेरै वेरोगारहरूले रोगगर पाउँछन्‌ अनि काम पनि सही ढङ्गमा हुन्छ। सुन्दासले अझ भनेअनुसार गरिबको घर कस्तो बनिन्छ भनेर उनले पत्रचार मार्फत जिल्लपाललाई जनाउँदै घरको सम्पूर्ण विवरण मागेका थिए। तर प्रत्युत्तरमा जिल्लपालले आफ्नो कार्यालयमा आएर हेर्नसक्ने सुझाउ राखे। ‘मेरो घरमा छाना लाग्छ लाग्दैन, छाना खरले छाउछ कि टिनले, घर कत्रो बनिन्छ, कतिवटा कोठाको बनिन्छ भनेर श्रीखोला, याङमाखुम लिङ्‌ग्से आदिका मानिसहरू दार्जीलिङ जानु? जिल्लपाल राजा होइनन्‌। सीएमम होस्‌ कि चाहे डिएम कसैले गरीबलाई मार्दैछ भने हामी छाड्‌दैनौं। न्यायलय जन्छौं तर गरीबमारा नीति चल्न दिँदैनौं’-सुन्दासले भने। सासंद अनि विधायकहरूले घर छनौट नगरेको आरोप लगाउँदै पहिलो चरणमा बनिनलागेको घरहरूलाई लिएर पनि व्यापक जनगुनासो रहेको उनले बताए। घर सही ढङ्गमा निर्माण नहुनु, टेण्डर पारदर्शी रूपमा नहुनु अनि घर निरिक्षण कार्य सासंद र विधायकहरूले नगर्नुमा अधिकारी अनि दइचारजाना स्वार्थी तत्वहरूमाझ मिलिभगत रहेको आवश्यक परे उनले यो पनि जनताअघि खुलासा गर्ने चेतावनी दिएका छन्‌। घर निर्माणको पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने मागमा तिनले आज पुनः जिल्लापालसमक्ष पत्रचार गरेका छन्‌।

No comments: