Pages

Thursday, 14 June 2012

घरेलु ग्यास सिलिण्डर दोकानहरुमा प्रयोग गर्नेहरु बिरुद्ध महकुमा प्रशासनको छापा मारी अभियान जारी



डी के वाइबा, कालिमन्युज, कालेबुङ 14 जून: घरेलु ग्यास सिलिण्डर शहरमा होटल, रेस्टुरेण्ट, चिया पसल, मिठाई दोकानहरुमा प्रयोग गर्न पाउँदैन् भनेर नगर प्रशासनले सबैलाई सुचित गरे पनि मुनाफा कमाउँने होडमा कुदेका व्यापारीबर्गहरु भने नगरप्रशानले जारी गरेको निर्देशलाई समेत अवमान्य गरिरहेका छन। जुन कुराको पुष्टि आज दोस्रो चोटि नगरप्रशासनले शहरमा घरेलु ग्यास सिलिण्डर दोकानहरुमा चलाउँनेहरु बिरुद्ध चलाएको छपामारी अभियानमा जफ्त गरेको सिलिण्डरहरुले पुष्टि गरेको छ।
कालेबुङ महकुमा प्रशासनले अवैद्यरुपमा दोकानहरुमा घरेलु ग्यास सिलिण्डर प्रयोग गर्नेहरु बिरुद्ध कठोर कदम उठाउँदै शहरमा छापा मारी अभियान जारी राखेको छ। यसै सिलसिलामा आज दोस्रो चोटि शहरमा महकुमा अधिकारी एल एन शेर्पाको नेतृत्वमा रहेको टोलिले छापा मार्दा मोठ 9 वटा घरेलु ग्यास सिलिण्डरहरु उद्धार गरिएको छ। बिहान लगभग 11 बजेदेखि सुरु गरिएको छापामारी अभियानमा महकुमा अधिकारी एल एन शेर्पा, डिपुटि मेजिस्ट्रेट टी एन शेर्पा, एसआई प्रदिप देवनाथ, अग्निसमन बिभागका अधिकारी एस सुब्बा लागायत नगरपार्षद आदिको उअपस्थिति रहेको थियो। उक्त टोलिले यहाँको बिभिन्न होटल, रेस्टुरेण्ट, मिठाई दोकान आदि स्थानहरुमा छापा मारेर मोठ 9 वटा घरेलु ग्यास सिलिण्डर जफ्त गरेको छ। यसै क्रममा यहाँको बिभिन्न होटल, मिठाई दोकान आदिलाई पनि दोकानमा मैला राखेको आरोपमा प्रशासनले पक्राउ गरेर नोटिस दिएको छ भने यहाँको हाटबजार नजिक रहेको मित ज्यु मिठाई दोकानको ब्यापार लाईसेन्स नगरपालिकाका लाईसेन्स अधिकारी साहिद अहमदले जफ्त गरेका छन।
तिनले यस सम्बन्धमा पत्रकारहरुसित कुराकानी गर्दै शहरमा ब्यापार गर्नेहरुले साधारण मानिसहरुको स्वास्थ्यलाई ख्याल गरेर दोकानहरु सफा राख्न पर्ने नगरपालिकाले निर्देश जारी गरेको भएता पनि कतिपय दोकानहरुले देरै मैला राखेको कारण नगरपालिकाले कार्वाही शुरु गरेको जानकारी गराए। यस सम्बन्धमा नगरपालिकाले आगमी दिनहरुमा दोकान समेत बन्द गर्ने चेतावनी दिएका छन। व्यापारीहरु मुनाफा कमाउँने होड्मा दोकान मैला राख्ने गरेको थुप्रै पल्ट नगरपालिकामा गुनासो आएको जनाउँदै यस बिषयमा पनि शहरमा लगातार छापा मारेर कार्वाही गर्ने तिनले जानकारी दिए।
यता शहरमा घरेलु ग्यास सिलिण्डर प्रयोग गर्ने दोकानेहरु बिरुद्ध चलाएको अभियानमा बोल्दै महकुमा अधिकारी एल एन शेर्पाले शहरमा दिनोदिन बडीरहेको ग्यासको समस्याको मुल जड नै दोकानहरुमा घरेलु ग्यासको अवेद्य प्रयोग रहेको बताउँदै यसबिषयमा कार्वाही सुरु गरेको बताए। तिनले प्रत्येक होटल, रेस्टुरेण्ट तथा चिया पसल, मिठाई दोकानहरुमा घरेलु ग्यास प्रयोग गर्नु अवैद्य रहेको बताउँदै यस बिषयमा अगावै सबैलाई जानकारी समेत गराईसकेको तिनले थप बताए। तिनले प्रत्येक दोकानेहरुले व्यवसायिक ग्यास प्रयोग गर्नुपर्ने अनुरोध गर्दै यदि कनेक्सन गर्नमा कुनै असुबिधा भए दोकानेहरुलाई व्यवसायिक ग्यास आफुले पहल गरेर उपलब्ध गराईदिने बचन पनि महकुमा अधिकारी शेर्पाले दिएका छन।

No comments: