डी के वाइबा, कालिमन्युज, कालेबुङ 14 जून: पश्चिम बङगालकी मुख्य मन्त्री ममता ब्यानर्जीको कुट्नैतिक चालमा पारेर 396 वटा प्रस्तावित मौजाहरुमाध्ये केवल 5 वटा मात्र जीटीएमा गाभिन सक्ने हाईपावर कमिटिले सिफारिस गरेपछि मोर्चाले पनि राज्य सरकार बिरुद्ध अभियान तिब्र पारेको छ।
हाईपावर कमिटिको रिपोर्ट सार्बजनिक बनेपछि गोजमुमो प्रमुख बिमल गुरुङले डाकेको आपतकालिन बैठकले थुप्रै कार्यसुचिहरु हातमा लिएको छ भने सोहि क्रममा आजदेखि युवा मोर्चाले साङकेतिक भोक् हडताल सुरु गरेको छ। गोर्खा जनमुक्ति युवा मोर्चा कालेबुङ महकुमा समितिले हाईपावर कमिटिको रिपोर्ट प्रति असन्तुष्टि प्रकट गर्दै आजदेखि पाँच सदस्य टोलिले यहाँको डम्बर चौकमा 12 घण्टाव्यापी साङकेतिक भोक हडताल सुरु गरेको छ। उक्त साङकेतिक भोग हडतालमा श्यामप्रकास सुब्बा, निरपते सुब्बा, सरोज छेत्री, किरण आले अनि अनिल सुब्बा बसेका छन। गोजमुमो सहसचिव बिनय तामङ, सांगठनिक सचिव सामुएल गुरुङ, नारी मोर्चा अध्यक्ष काजिम छिरिङ भोटिया, स्टडी फोरमका बरिष्ट सदस्य आरबी भुजेल आदिले अंनशनकारीहरुलाई खदा लगाएर मनोबल बडाए।
यस अवसरमा मोर्चा समर्थकहरु आज डम्बर चौकमा भेला भएर बसेका थिए। सोहि अवसरमा पत्रकारहरुसित कुराकानी गर्दै सहसचिव बिनय तामङले हाईपावर कमिटिले राज्य सरकारलाई बुझाएको रिपोर्टमा कमिटिका अध्यक्ष श्यामेल सेनको एकल निर्णय रहेको दाबी गर्दै यसैको बिरोधमा साङकेतिक भोकहडताल सुरु गरेको तिनले जनाए। राज्य सरकारले यस कुरालाई ध्यान दिई यथाशिघ्र समस्याको समाधान गर्नुपर्ने माग गर्दै समस्याको समाधान नगरे आगामी दिनमा उक्त साङकेतिक भोक हडताललाई मोर्चाले आमरण अनशनमा परिणत गर्ने तिनले चेतावनी दिएका छन।
No comments:
Post a Comment