Pages

Thursday, 14 June 2012

आफन्तको शव लिन गएको वाहन दुर्घटना हुँदा छ जना निखोज



डी के वाइबा, कालिमन्युज, कालेबुङ 14 जूनः आफन्तको शव लिनको गएको वाहन सडक दुर्घटना हुँदा वाहनमा सवार मोठ छ जना निखोज बन्न पुगेका छन भने एक जना घम्भिर घाईते बनेका छन। उक्त दुर्घटना 31 ए राष्ट्रिय राजमार्ग मल्लिदेखि छ किलोमिटर नजिक मामा खोलामा भएको हो। सडक दुर्घटनामा परेर वाहनका चालक दुर्गामणि प्रसाद (30), अमरदिप सुब्बा (23), सजल सुब्बा (17), उमेश सुब्बा (25), बिकाश सुब्बा (17) अनि सुभम सुब्बा (18) निखोज बनेका छन भने किरण सुब्बा (30) गम्भिर घाईते बनेको थाह लागेको छ।
प्राप्त जानकारी अनुसार अप्पर कितामदेखि नाम्चि दैनिक यात्रीहरु बोक्ने वाहन एस के 04 जे – 0452 म्याक्स वाहन हिज राती कितामबाट आफन्तको शव लिन मणिपाल अस्पताल गईरहेको थियो। सुब्बा परिवारले अस्पतालमा आफन्त बितेको खबर पाएर अस्पतालमा शव लिन कितामबाट उक्त वाहन लिएर जाँदा राती लगभग साढे एघार बजीतिर उक्त वाहन मामा खोला नजिक सडकबाट लगभग तीनसय फिट टिस्टा नदीमा झर्न पुग्दा छ जना लापत्ता बनेको थाह लागेको छ। दुर्घटनामा परेर वाहनमा सवार किरण सुब्बा भाग्यले बाँचे पनि तिनको अवस्था खुबै चिन्ताजनक रहेको जानकारी प्राप्त भएको छ।
राती पानी पारिरहेको समयमा भएको उक्त सडक दुर्घटनामा परेर लापत्ता बनेकाहरु टिस्टाको भेलले बगाएको हुनसक्ने अनुमान लगाईएको छ। सडक दुर्घटनामा परेको वाहन टिस्टाको भेलले पारीपट्टी बगरमा थुपारिदिएको छ भने वाहनको केवल भग्नावशेष मात्र सडकबाट देख्न सकिन्छ। दुर्घटनामा पारेर निखोज बनेकाहरु मध्ये सजल सुब्बा नाम्चि बिद्यालयमा कक्षा एघारमा अध्ययनरत बिद्यार्थी हुन भन्ने थाह लागेको छ भने रहल सबै किताम निवासीहरु हुन भन्ने जानकारी प्राप्त भएको छ। दुर्घटनामा पारेर भाग्यले बाँचेका किरण सुब्बाको एउटा हात चुडिएको हुनसक्ने स्थानीय मानिसहरुले बताएका छन भने तिनलाई सिलगडीको एउटा अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको जानकारी प्राप्त भएको छ।
मध्यरातमा भएको उक्त भयावह सडक दुर्घटना कसरी भयो भन्ने थाह हुन सकेको छैन भने वाहन पूर्ण रुपले क्षतिग्रस्त अवस्थामा टिस्टाको पारिपट्टि बगरमा थुप्रिएको छ। अस्पतालबाट आफन्तको मृत्यु भएको खबर पाएर शव लिन गएको उक्त वाहन अस्पताल पुग्न नपाई दुर्घटना ग्रस्त बनेपछि क्षेत्रमा शोकको लहर छाएको छ। मध्यरातमा भएको उक्त सडक दुर्घटना कसैले देख्न नसकेको कारण वाहनमा सवार मानिसहरु के भए भन्ने समाचार लेखुञ्जेलसम्म थाह लाग्न सकेको छैन भने आफन्तहरु दुर्घटनास्थलमा आएर खोजि कार्य गरिरहेका छन। सडक दुर्घटनामा परेर गम्भिर घाईते बनेका किरण सुब्बा छटपटीरहेको समयमा राती कुदने वाहनहरुले भेटे पछि तिनलाई तत्काल सिलगडीको एउटा अस्पातलामा भर्ना गरिदिएको जानकारी प्राप्त भएको छ। यता सडक दुर्घटनाको खबर पाएर क्षेत्रमा पुलिसले खोजि अभियान सुरु गरेको छ भने निखोज हुनेहरुको कुनै पत्तो अझ सम्म लाग्न सकेको छैन।

No comments: