डी के वाइबा, कालिमन्युज, कालेबुङ 13 जूनः कालेबुङ नगरपालिकाले यहाँको नोभेल्टि परिसर नजिक निर्माण गर्ने भनेको मल्टिकमप्लेक्स पुरा हुन अगावै बारम्बर विवादहरुको घेरामा पर्न गएको छ। यसै सिलसिलामा मङगलबार राती आएको पानीले उक्त स्थानमा पैह्रो गएर पुन नगरपालिकालाई विवादको कठघरामा उभ्याईदिएको छ। मङगलबार राती अविरल वर्षा परेको कारण केहि महिना अघि कालेबुङ नगरपालिकाले मल्टिकम्प्लेक्स निर्माण गर्न उक्त स्थानमा डोजर लगाएर माटो खनेको भित्ता पैह्रोले झरेको छ। जसको कारण उक्त स्थान नजिक रहेको सरकारी पुलिस क्वाटर भत्केर बाटोमा झर्ने सम्भावना बडेर गाएको छ।
तिनले हाल पैह्रो गएको मास्तिर पुलिसको सरकारी आवास रहेको जानकारी दिदै पैह्रोले उक्त पुलिस क्वाटर झर्ने व्यापक सम्भावना रहेको जनाईन। नगरपालिकाले पीडब्ल्यु बिभागबाटबाट उक्त जमिन लिएर जेसुकै निर्माण गरे पनि आफुहरुलाई कुनै सरोकार नरहेको बताउँदै पुलिसको सरकारी जमिन भने सुरक्षित हुनपर्ने आफुहरुको चाहना रहेको तिनले जनाउँदै हाल पैह्रो गएर पुलिसको जमिन समेत पैह्रोको चपेटमा पर्न गएको तिनले जनाइन। नगरपालिकाले उक्त स्थानमा निर्माण कार्यको निम्ति माटो कटिङ सुरु गरेपछि तत्काल आफुहरुले उक्त स्थानमा आएर नगरपार्षदहरुलाई सुरक्षा देवल निर्माण गर्ने सुझाव दिएको जानकारी दिदै नगरपालिकाले यस बिषयमा कुनै चासो नदेखाएको कारण हाल समस्या सृजना भईरहेको तिनले जनाइन। यस बिषयमा नगरपालिकाले पैह्रो गएको स्थानमा यथाशिघ्र सुरक्षा देवल निर्माण गरेर माथी रहेको पुलिस क्वाटरलाई सुरक्षा प्रदान गर्नुपर्ने माग गर्दै यदि उच्च अधिकारीबाट निर्देश आए नगरपालिकालाई मुद्दा समेत लगाउँने तिनले स्पष्ट बताईन।
अर्कोतिर नोभेल्टि परिसरमा नजिक वसोवास गर्ने माँ सन्तोषि टोलका बासिन्दा पवन सुन्दासले आफुहरु हाल नगरपालिकाले निर्माण गरिरह्को मल्टिकम्प्लेक्समा बस्ने सहमति नबनेको जानकारी दिदै नगरपालिकाले उक्त स्थानमा पीडब्ल्यु विभागबाट कुनै अनुमति समेत ननिकाली माटो खन्ने कार्य गरिरहेको आरोप लगाए। नगरपालिकाले कालेबुङमा व्यबस्थित मोटर स्ट्याण्ड निर्माण गर्ने बहानामा आफुहरु पुस्तौदेखि बस्दै आईरहेको जमिनबाट हटाउँने षडयन्त्र रचिरहेको आरोप लगाउँदै नगरपालिकाले आफुहरुकै निम्ति उक्त मल्टिकम्प्लेक्स बनाईरहेको बताएता पनि अझसम्म कुनै सहमती नबनेको तिनले जनाए।

No comments:
Post a Comment