Pages

Wednesday, 6 June 2012

बाल श्रम बिरुद्ध बिभागले चलायो अभियान: दश जना बाल मजदुरहरु भए उद्धार



डी के वाइबा, कालेबुङ,  6 जून: बाल श्रम कानुनि अपराध हो भन्ने कुरालाई अन्देखा गरेर 14 वर्ष भन्दा कम उमेरका बाल बालिकाहरुलाई कामलगाउँने मालिकहरु बिरुद्ध प्रशासनले कार्वाही शुरु गरेको छ। कालेबुङ प्रशासनले कालेबुङका बिभिन्न पसलहरुमा छापा मारेर आज मोठ 10 जना बाल बालिकाहरुलाई उद्धार गरेको छ। भारतीय कानुन अनुरुप 14 वर्ष भन्दा कम उमेरकाहरुलाई काममा लगाउँनु गैर कानुनी हुँदा हुँदै पनि कतिपय स्थानहरुमा व्यापारीवर्गहरुले कम मुल्यमा धेर श्रम शोषण गर्ने कार्य जारी राखेको छ। बिभिन्न पसलहरुमा मालिकहरुले 14 वर्ष भन्दा कम उमेरकाहरुलाई बाल मजदुरको रुपमा प्रयोग गरिरहेको गोप्य सुचनाको आधारमा आज प्रशासनले छापा मारेर मोठ 10 जना बाल बालिकाहरुलाई उद्धार गरेको छ।
यहाँको श्रम बिभाग, पुलिस प्रशासन, गैर सरकारी संगठन बाल सुरक्षा अभियान, कालेबुङ नगरपालिका आदिले सयुक्त रुपमा चलाएको छापा मारी अभियानमा बिभिन्न होटलहरु, ग्यारेज तथा फूल नर्सरीहरुबाट बाल मजदुरहरु उद्धार गरिएको छ। बाल मजदुरका रुपमा साना बालबालिकहरुलाई प्रयोग गर्ने मालिकहरु बिरुद्ध प्रशासनले कानुनी कार्यावाही समेत गर्ने भएको छ भने तिनीहरुलाई बाल मजदुर प्रर्योग गरेको सन्दर्भमा 20 हजार रुपिया जरिमाना तिराउँने अनि यदि जरिमाना नतिरेको खण्डमा एक वर्षको निम्ति जेल सजाय हुने महकुमा अधीकारी एल एन शेर्पाले जानकारी दिएका छन। 
बाल श्रम शहरमा दिनो दिन बडीरहेको कुरालाई मध्यनजर राखेर बिभागले बाल श्रम बिरुद्ध कार्वाही गर्न अगावै एउटा टोलि गठन गरेको महकुमा अधीकारी शेर्पाले जानकारी दिदै उक्त टोलिले शहरमा बाल श्रम बारे सम्पूर्ण विवरण बटुलेर आज छापा मार्ने कार्य गरेको जानकारी दिए।
यहाँको डम्बर चौकबाट शुरु गरिएको उक्त छापा मारी अभियान बिभिन्न होटल, ग्यारेज हुँदै अन्तमा कालेबुङको प्रशिद्ध पाईन भ्यु नर्सरीमा टोलिले छापा मारेर मोठ 10 जना बाल बालिकाहरुलाई उद्धार गरेको तिनले जानकारी दिए। आज उद्धार गरिएको बाल बालिकाहरुलाई यहाँको बाल सुरक्षा अभियानमा राखिएको जानकारी दिदै तिनीहरुलाई काममा लगाउँने मालिकहरु बिरुद्ध लगाईएको बीसहजार रुपिया जरिमाना नानीहरुकै निम्ति प्रयोग गरिने तिनले थप बताए। उक्त 20 हजार रुपियाबाट थप सरकारको श्रम बिभागले 5 हजार रुपिया थपेर उद्धार गरिएको बाल बालिकाहरुको नाममा ब्याङकमा खाता खोलेर उक्त पैसा जमा गरिदिने जानकारी दिदै उक्त पैसा तिनीहरुको शिक्षा आर्जनको निम्ति प्रयोग गरिने महकुमा अधिकारी एल एन शेर्पाले थप जानकारी गराए। महकुमा अधिकारी शेर्पाले 14 वर्ष भन्दा कम उमेरका बाल बालिकाहरुलाई सरकारले शिक्षा अनिवार्य बनाएता पनि कतिपय मानिसहरुले उक्त कानुन बुझेर पनि अवमान्य गरिरहेको बताउँदै यस बारे बिभागले कार्वाही सुरु गरेको तिनले जनाए।
प्रारम्भिक चरणमा आफुहरुले सुचना प्राप्त स्थानहरुमा छापा मार्ने बताउँदै पछिबाट सम्पूर्ण स्थानहरुमा छापा मारेर बाल श्रम निर्मुल पार्ने तिनले थप जानकारी गराए। बाल श्रम बिरुद्ध आज शहरमा अचानक छापा मारी अभियान शुरु भएपछि मानिसहरु आश्चर्यचकित बनेर हेर्न व्यापक भिड जमेको थियो। यस अवसरमा कतिपय दोकानहरुमा मालिक पक्ष अनि श्रम बिभागका अधिकारीहरु माझ भनावैरी पनि सम्पन्न भयो। यद्यपी छापा मार्ने दलमा पुलिस बल तैनाथ रहेको कारण कुनै घटना भने घट्न पाएन। आज चलाएको उक्त छापामारी अभियानमा श्रम अधिकारी द्वय सुजय करमाकर, सुवासिस कुण्डु, सह श्रम अधिकारी टी टी भोटिया, सिडीपिओ एस डी नाम्चु, डिपुटी म्याजेस्ट्रिट टी एन शेर्पा लगायत कालेबुङ पुलिसको दल तैनाथ रहेको थियो।

No comments: