कालेबुङ:मणि तामङ: राई जातिको भाषा,सास्कृति परम्परालाई उचित संरक्षण अनि सम्बर्दन गरिनु साथै युवा पिडीहरुमा पनि जागरुकता ल्याउने उध्शयले किराँती खम्बु राई सास्कृति संस्थान खण्ड दुईको सातौ अधिवेशन आइताबार सम्पन्न भयो। साक्योङ स्थित खेल मैदानमा आयोजित उक्त अधिवेशनको अध्यक्षता खम्बु राई सास्कृति संस्थान कालेबुङ महकुमा समितीका अध्यक्ष टेकेन्द्र राईले गरेका थिए। प्रमुख अतिथीको रुपमा कालेबुङका बिधायक डा हर्क बहादुर छेत्री रहेका थिएका भने,बिशिष्ट अतिथीको रुपमा मोर्चा नेता कल्याण देवान, फ्रानसिस देवान ,सरिता राई,कुमार चामलिङ किराँती खम्बु राई सास्कृति संस्थान कालेबुङ महकुमा समितीका सचिव अरुण प्रकाश राई रहेका थिए।
राई जातिको पुरोहित माङपाद्रारा जातिय पुजा गरेर आरम्भ भएको अधिवेशनमा गतबर्ष माध्यामिक परिक्षामा उतकृष्ट अंक ल्याएर प्रथम हुने बिधार्थीहरु क्रमैले नयन तारा राई, सोफिया राई,रितेश राई,उरमिला राई साथै फुटबल खेलाडी नरेन्द्र राई,राज्यस्तरीयको वाकपाटुतामा बिजेता हुने कुशल राई,अनि शैक्षिक क्षेत्रमा राष्टिय गौरव अवाडले सम्मानित शिक्षक बिरेन्द्र राई आदीलाई अतिथीहरुको बाहुलीबाट अभिन्दन पत्र प्रदान गरि सम्मान जनायो।
कार्यक्रमलाई प्रमुख अतिथी लगायत अन्य अतिथीहरुले सम्बोधन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डा छेत्रीले जातिय संगठन दह्रिलो भएर अघिबडे सिङ्गो जातिनै बलियो भएर जाने बताँउदै,यस संस्थानलाई बिकशित बनाएर अघिलान बिधायकको हैसियतले बिशेष रुपमा सहयोग पुराउने आश्वाशन दिए। अर्कोतिर अरुण प्रकाश राईले कार्यक्रमलाई सम्बोधन गर्दै, किराँती जाती प्राकृति पुजक जाति रहेकोले प्राकृतिकसँग सम्बन्ध रहेको रिती रिवाजहरु गर्ने प्रर्था पुर्वकालदेखीनै रहिआएको बताए।
करुणा राई अनि डिबी राईले सञ्चालन गरेको उक्त कार्यक्रममा कागे, दलपचन्द,अनि कम्सीको पक्षबाट सिल्ली नृत्य अनि मारुनी नृत्य प्रस्तुत गरिएको थियो भने आगमी आठौ अधिवेशन सन्तुक तिन अनि चार मेनजोङ अनि लाभा शाखाको संयुक्त आयोजना गरिने पनि कार्यक्रममा घोषणा पनि गरियो।अधिवेशनमा खण्ड दुईका किराँती समुदाईहरुको ब्यापक उपस्थिती रहेको थियो।
No comments:
Post a Comment