डी के वाइबा: कालिमन्युज, कालेबुङ 21 मई: अखिल भारतीय गोर्खालिग पार्टीका नेता मदन तामङको ह्त्या बिषयमा आज सम्म सीबीआईले न्याय दिन नसकेको सन्दर्भमा कालेबुङका बिधायक डा हर्क बहादुर छेत्रीले मुख खोलेका छन। आज तिनले पत्रकारहरुले सोधेको प्रश्नको जवाब दिदै मदन तामङको हत्याराहरुलाई सीबीआईले पक्राऊ गर्न नसक्नु सीबिआईहरुकै कमजोडि हो भनि बताए। दार्जीलिङका एकजना होनहार नेताको दिउँसै ह्त्या हुँदा पनि जाँच अधीकारीहरुले घटनामा संलग्न आरोपिहरु पक्रा नपर्नु खेदपूर्ण रहेको बताउँदै यो जाँच अधीकारीहरुकै लापारवाही हो भनि तिनले बताए।
मदन तामङ हत्याकाण्ड बारे पहिले राष्ट्रिय दैनिक समाचार पत्रमा प्रकाशित फोन ट्यपिङ कुराबारेमा प्रश्न गर्दा तिनले अहिलेर घरी कतिपय नेताहरुले कुनै कुरा नै नबुझी फोन ट्यापिङको कुरा सार्बजनिक गर्नुपर्ने बताएको जनाए। हाल तामङ हत्याकाण्डको मुद्दा केन्द्रिय अन्वेशन ब्युरोले जाँच गरिरहेको बताउँदै यस कुरालाई उनीहरुले नै सुल्झाउँने बताए। यसै सिलसिलामा तिनले अहिले पहाडमा तृणमूल कङग्रेसको संगठन बिस्तारको हल्लाबारे बोल्दै राष्ट्रिय राजनैतिक दलहरुको आ आफ्नै स्वार्थ लुकेको बताउँदै संगठन बिस्तारमा तृणमूल कङग्रेसको आफ्नै स्वार्थ लुकेको हुनसक्ने बताए। कुनै पनि राजनैतिक दलले आफ्नो संगठन बिस्तार गर्ने उस्को आफ्नो प्रजान्त्रिक अधीकार रहेको बताउँदै पहाडमा तृणमुल काङग्रेसले संगठन बिस्तार गरेर जीटीएको चुनावलाई हेरेको हुन सक्ने तिनले अनुमान व्यक्त गरे। यद्यपी कुनै पनि राष्ट्रिय राजनैतिक दलहरुले क्षेत्रीय समस्यालाई समाधान गर्न नसक्ने दाबी गर्दै क्षेत्रीय समस्या समाधानको निम्ति क्षेत्रीय दलहरुनै सक्ष्म हुने तिनले दाबी गरेका छन।
No comments:
Post a Comment