Pages

Sunday, 20 May 2012

वर्ष दिन बितेर जाँदा पनि ममताको माया पाएका दार्जीलिङवासीले गोर्खाल्याण्डको समाधान पाउँन सकेनन

डी के वाइबा: कालेबुङ 20 मई: ममताको माया पाएका दार्जीलिङवासीले तृणमुल कङग्रेस सरकारबाट थुप्रै आश्वासनका पोकाहरु पाएका छन तर उक्त आश्वासनका पोकाहरु कहिले पूर्ण होला भन्ने कुरा भने अनिश्चित रहेको छ। पश्चिम बङगालमा माकपाको 34 वर्षे शाषणलाई समाप्त गरेर तृणमुल कङग्रेसले राज गरेको एक वर्ष पुरा गर्योग। राज्यको बागडोर सम्हालेको एक वर्ष पुरा गरे पनि सय दिन भित्रमा दार्जीलिङको समस्या समाधान गर्छु भनेर दिएको बचन भने अजसम्म पुरा हुन सकेको छैन। राज्यमा बिधान सभा चुनावको ठिक अघि यदि राज्यको बागडोर तृणमुल कङग्रेसको हातमा आए दार्जीलिङ पहाडको समस्या एकसय दिन भित्र समाधान गर्छु भनि मुख्य मन्त्री ममता ब्यानर्जीले भनेका थिए। तिनले दार्जीलिङको समस्या सय दिन भित्रमा समाधान गर्छु भन्ने बच्नलाई पुरा गर्न नै 18 जुलाई 2011 को दिन जीटीएमा सम्झौता गराएर समस्याको समाधान भयो भनि दाबी समेत गरेका थिए।

 छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै गोजमुमो पार्टीले आन्दोलन गरिरहेको समयमा राज्यको बागडोर तृणमुल कङग्रेसको हातमा पुगेपछि जीटीएमा सम्झौता भएको थियो भने उक्त सम्झौता पछि दार्जीलिङ पहाडमा दिर्घ दिनदेखि चलिरहेको गोर्खाहरुको समस्या जीटीएले समाधान गर्योत भनि मुख्य मन्त्री ममता ब्यानर्जीले दाबी गरेका थिए। तिनले दाबी गरेका कुराहरु दार्जीलिङको परिप्रेक्ष्यमा राज्यको बागडोर सम्हालेको ठिक वर्ष दिन पछि फर्केर हेर्दा सबै गलत प्रमाणित भएको छ। जीटीएले गोर्खाहरुको समस्या समाधान भयो भन्ने कुरा त पहिले जीटीए सम्झौता भएको छ महिना भित्रमा यसको कार्यन्वय हुन्छ भनेको कुरा नै लागु नभएको कारण गलत प्रमाणित भएको छ। यतिमात्र होईन गोर्खाहरुको दिर्घ दिनदेखि चलिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको मागलाएदे समेत जीटीएले समाधान गर्योो भन्ने कुरा अहिले दार्जीलिङ पहाडदेखि राष्ट्रिय स्तरमा बिभिन्न राजनैतिकदलहरुले उठाएको मुद्दाले पनि प्रमाणित गरेको छ। पश्चिम बङगालमा 34 वर्षे बामफ्रण्ट सरकारको शाषण हुँदा दार्जीलिङ पहाडमा 21 बर्षे सुवास घिसिङ तथा गोरामुमो पार्टीको शाषणालाई ध्वस्त पार्दै नया राजनैतिक पार्टीको रुपमा गोजमुमो पार्टीको उदय भए पछि छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दाले जोड पक्रन सकेको थियो। आन्दोलनले पहाडदेखि तराई डुवर्स आदि ईलाकामा ब्यापक प्रभाव जमाए पछि राज्य र केन्द्र सरकरसित धाराबाहिक त्रिपक्षिय र दुईपक्षिय वार्ताहरु भएको थियो। अनेकौ वार्ताहरु हुँदा पनि समस्याको समाधान नभएको समयमा परिवर्तनको हुरी लिएर बङगालको सत्ता कब्जा गर्न पुगेका तृणमुल नेत्री ममता ब्यानर्जीले खुबै चतुर्याबई पुर्वक गोर्खाल्याण्डको माग गर्ने दल गोजमुमो पार्टीलाई क्षेत्रीय प्रशासन जीटीएमा सम्झौता गराउँन सक्षम बनेपछि सम्पूर्ण दार्जीलिङको समस्या नै समाधान भयो भन्ने तिनले राष्ट्रिय स्तरमा ढोल पिटेकी थिईन।

 दार्जीलिङ पहाडको समस्या समाधान भयो भनेर तिनले हल्ला पिटे पनि वास्तविकता भने बर्तमान समयमा बेग्लै रहेको छ। सय दिन भित्र समस्याको समाधान गर्छु भनेको कुरा अहिले जीटीएको सम्झौता भएको बर्ष दिन बित्न लाग्दा पनि समाधान हुन नसक्नुले नै प्रष्ट पारेको छ। यस्तो अवस्थामा के तिनी दार्जीलिङका जनताहरुले दिर्घ दिनदेखि भोग्दै आईरहेको समस्या प्रति ईमान्दार छन के भन्ने प्रश्न टट्कारो बनेको छ। आफ्नो पार्टीले राज्यमा बागडोर सम्हालेको वर्षदिन पुरा गरेको अवसरमा आज मुख्य मन्त्री ममता ब्यानर्जीले एउटा अन्तराष्ट्रिय अङग्रेजी समाचार च्यानलमा बोल्दै जञ्चन जङघा मुस्कुराई रहेको छ त्यसैले दार्जीलिङ मुस्कुराई रहेको छ भन्दै दार्जीलिङको समस्या आफ्नो सरकारले समाधान भयो भनि दाबी गरे। एकातिर तिनले बाराम्बर दार्जीलिङको समस्या समाधान भयो भनि दाबी गरीरहेको छ भने अर्कोतिर तिनले सम्झौता गराउँन सक्षम बनेको जीटीएको कार्यंवय समयमा हुँन नसक्दा बाराम्बार जीटीएमा सम्झौता गर्ने दल गोजमुमो पार्टीले नै भने गोर्खाल्याण्डको मुद्दा अघि बडाउँने कुरा गरिरहेको छ जुन कुराहरुले पनि तिनक दाबीलाई झुटो प्रमाणित गरिरहेको छ। यतिमात्र होईन जीटीएकै माध्यमले समस्या समाधाना भयो भन्ने कुरा पनि तराई डुवर्सको सिमानाबारे मच्चिरहेको विवादले पनि तिनको दाबीहरुलाई गलत प्रमाणित गरिरहेको छ। यस्तो अवस्थामा आगमी दिनहरुले दार्जीलिङको समस्या जीटीएले समाधान भयो भन्ने मुख्य मंत्री ममता ब्यानर्जीले पुन गोर्खाल्याण्डको आन्दोलन सहन गर्नु नपर्ला ? एउटा गतिलो अनुत्तरित प्रश्न अडेको छ।

No comments: