Pages

Sunday, 6 May 2012

कालेबुङमा भगवान बुद्धको २५५६ औ जन्म जयन्ती भब्यताकासाथ पालन

कालेबुङमा भगवान बुद्धको २५५६ औ जन्म जयन्ती भब्यताकासाथ पालन

कालेबुङ:६ मई मणि तामङ: बिगत बर्षहरुझै यसबर्ष पनि कालेबुङमा भगवान बुद्धको २५५६ औ जन्म जयन्ती बौद्धधर्मवल्मबीहरुले भब्याताका साथ पालन गरे।मुख्य गरेर यँहाको ११ माइलमा अवस्थित श्री दिवाकर बिहारले भगवान बुद्धको जन्म जयन्ती साथै १७ औ ग्यालवा करमापा थिनले थाई दोर्जीको २९ औ जन्न जयन्ती भब्याताकासाथ पालन गर्यो।कार्यक्रमको पहिलो चरणमा दिवाकार बिहारमा पुजा अर्चना सकेपछि यँहाको मेलाटारबाट शोभयात्रा आरम्भ भएको थियो।गुम्बाका २७० जना लामाहरुले पुजा गरेर शुरु भएको उक्त धार्मिक शोभा यात्राले कालेबुङ शहरको विभिन्न मार्गहरु परिक्रमा गर्यो।भगवान बुद्धको आशिर्बाद लिन शहरको विबिन्न मार्गहरुमा मानिसहरु उभिएका थिए।
शोभायात्राले यँहाको शहिद डिबी गिरी रोड, दश माइल फाटक, आरसिमिन्त्री रोड, मोटरस्ट्याणड हुदै मेलाटारमा आएर समापन भयो| बिगतबर्षको बुद्ध जयन्ती समारोहमा बिहारको धर्मगुरु १७औ ग्यालवा करमापा थिन्ले थाई दोर्जी पनि उपस्थित थिए,तर यसपाली तिनी आफ्नो अनुयाहीहरुलाई प्रवचन दिनको निम्ति ताइवानमा पुगेको अनि तिनले आफ्नो हजारौ अनुयाहीहरुलाई प्रवचन दिरहेको बिहारका प्रचार प्रसार सचिव सेरप भोटियाले जनाँए। भोटियाले थप जनाए अनुसार बिशेष गरेर बिश्वका मानिसहरु प्राकृति प्रकोप अनि विभिन्न संकटहरुमा परिरहेकोले आज बुद्ध जयन्तीको अवसरमा बिश्वशान्ती पुजालाई प्रमुखता दिएको तिनले जनाँए। 

 अर्कोतिर,यहाँको तामङ गुम्बाले पनि भगवान बुद्धको २५५६औ जन्म जयन्ती भब्यताकासाथ पालन गर्यो।यस अवसरमा गुम्बाका लामाहरु लगायत बौद्धधर्मवल्मबीहरले शोभायात्रा निकालेका थिए। शिरमा बौद्धधर्म ग्रन्थका पोस्ताक बोकेर निकालिएको उक्त शोभायात्राले कालेबुङ शहरको विभिन्न मार्गहरु परिक्रमा गर्यो। भगवान बुद्धको आशिर्बाद थाप्न सडकको छेउमा उभिएका मानिसहरुको शिरमा छुवाउ्दै शहर परिक्रमा गरेर उक्त शोभायात्रा तामङ गुम्बा पुगेर समापन भए पछि,वाङ बितरण सम्पन्न भयो। 

 यसैगरि लाभा काग्यु थेकछेनलिङ गुम्बाले पनि बिगतबर्षहरुझै यसबर्भष पनि भगवान बुद्धको जन्म जयन्यी धुमधामसंग पालन गर्यो।यस अवसरमा बिहान ५ बजीदेखी पुजा आरम्भ भएको थियो।पुजा अर्चना सकेपछि,भगवान बुद्धको प्रतिमा सहित १०८ वटा बौद्ध धर्मग्रन्थ पोस्ताक बोकेर शोभायात्रा निकालिएको थियो। गुम्बाबाट आरम्भ भएको ऊक्त शोभायात्राले लाभा बजार परिक्रमा गर्यो। यस अवसरमा लाभा बजारका बासिन्दा लगायत वरिपरि क्षेत्रका धर्मलम्बीहरको बयापक उपस्थीती रहेको थियो। शोभायात्राले लाभा बजार परिक्रमा गरेर गुम्बामा पुगरेर समापन भएपछि,गुम्बाका धर्मगुरु जामगोन कंट्रूोल रिमपुच्छेको बाहुलीबाट वाङ बितरण गरियो। प्राप्तजानकारिअनुसार बिगत बर्षझै यसबर्ष पनि जामगोन कंङट्रोल आई क्लिनिकले निशुल्क आँखा जाँच शिविरको पनि आयोजना गरेको थियो भने उपस्थित धर्मवल्बीहरुले उक्त आँखा जाँच शिविरको लाभ उठाए।

No comments: