Pages

Friday, 11 May 2012

अभागोली अनि गोरामुमो त्यागेर 21 जना युवाहरु गोजमुमो पार्टीमा सामेल

डी के वाइबा: कालेबुङ 11 मई: अखिल भारतीय गोर्खालिग पार्टी अनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका मोठ 21 जना युवाहरु पार्टी त्यागेर आज गोजमुमो पार्टीमा सामेल भएका छन। आफ्नो पुरानो दल त्यागेर गोजमुमोमा समेल भएकाहरुलाई आज गोजमुमो सहसचिव बिनय तामङले दलको झण्डा प्रदान गरेर औपचारिक स्वागत गरे। यहाँको 24 नम्बर समष्टि अन्तर्गत पर्ने कफेरका गोर्खालीग पार्टीका 11 जना अनि गोरामुमो पार्टीका 10 जना युवाहरु गोजमुमो पार्टीमा सामेल बने पछि तिनीहरुलाई सहसचिव तामङले स्वागत गर्दै गोजमुमो पार्टीमा विश्वास रहेकै कारणले तिनीहरु आज मोर्चामा आएको दाबी गरे। यहाँको डा ग्ग्राह्म होम्स सार्बजनिक भवनमा आयोजित गोजयुमो होम्स शाखाको सभामा उनीहरुलाई स्वागत जनाईयो भने आजसम्म आफुहरुले आफ्ना पार्टीलाई बिश्वास गरेर बसे पनि दलले कुनै उपलब्धि ल्याउँन नसकेको कारण नै अन्तमा गोजमुमोमा सामेल बनेको तिनीहरुले दाबी गरे। 

कुमार रुमतेलको सभाध्यक्षतामा सम्पन्न सभामा गोजमुमो सहसचिव बिनय तामङ, सांगठनिक सचिव सामुएल गुरुङ, डा आर बी भुजेल आदिको बिशेष उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै गोजमुमो पार्टीले छुट्टॅइ राज्य गोर्खाल्याण्ड राज्य ल्याएर छोड्ने प्रतिबद्धता जाहेर गर्दै जनताले कुनै भ्रम राख्न नहुने बिनय तामङले बताए। आज मोर्चाले जुन उपलब्धि ल्याउँन सकेको छ उक्त उपलब्धि कुनै पनि राजनैतिक पार्टीले ल्याउँन नसकेको दाबी गर्दै मोर्चाको उपलब्धिमा आह्रिस गर्नेहरु धेरै रहेको तिनले बताए। यसै सिलसिलामा दार्जीलिङ पहाडमा गोजमुमो पार्टीलाई विश्वास गर्ने जनताहरु सर्बाधिक रहेकै कारण अझै कतिपय छोडिएका मानिसहरु मोर्चामा विश्वास गरेर सामेल हुने क्रम रहेको तिनले थप बताए। यता गोजमुमो सांगठनिक सचिव सामुएल गुरुङले सम्बोधन गर्दै बिगतका दिनहरुमा गोरामुमो पार्टीले बिरोधी दलका मानिसहरुलाई आफ्नो पार्टीमा नआउँदा पानी खेदओ गर्ने काम गरेको आरोप लगाउँदै गोजमुमो पार्टीले गणतान्त्रिक आन्दोलन गरेको कारण कहिल्यै यस्तो दुर्व्यवहार नगरेको ठोकुवा गरे। यसै सिलसिलामा तिनले आज पार्टीमा सामेल हुने युवाहरुलाई स्वागत गर्दै प्रत्येक युवाहरु अनुशासनबद्ध हुनु पर्ने तिनले आह्वान गरे। मोर्चाको गणतान्त्रिक आन्दोलनले सरकार समेत डराएको दाबी गर्दै युवाहरुको समावेशले थप आन्दोलनमा बल पुगेको तिनले दाबी गरे। यता गोजमुमो पार्टीमा समेल हुने युवाहरुलाई सभामा औपचारिक स्वागत गर्दै खदा लगाएर दलको झण्डा प्रदान गरी पार्टीको नियमलाई सबिले पालन गर्नुपर्ने बिनय तामङले थप जनाए।

No comments: