Pages

Thursday 19 April 2012


MASSIVE FIRE BROKE OUT IN DARJEELING TOWN.... दार्जीलिंग शहरमा भीषण आगलागी

D.K WAIBA: Kalimnews, Kalimpong 20 April: Today in between 1am to 2am Massive Fire broke out in   Darjeeling town (M.P Road - Bata to Wallis Line). Due to the scarcity of water fire could not been controlled and later Darjeeling police informed to Kalimpong and Kurseong fire brigade.


डी के वाइवा: कालिमन्यूज, कालेबुंग 20 अप्रेल: दार्जीलिंग शहरको बाट पसल उकालो आज बिहानी पख भएको भीषण आगलागीमा अनेकौ सम्पति जलेर खरानी भएको छ। जानकारी अनुसार राती लक भक एक बजेदेखि आगो लाग्न शुरु भएको हो भने हाल केहिदिन देखि लगातार घाम लागेर खडेरी परेको कारण आगोले उग्र रुप लिएर शहरमा कब्जा जामायो।आगोलाई नियन्त्रनमा ल्याउँन स्थानीय मानिसहरु, अग्नि समन बिभागका अधीकारीहरु लगायत पुलिस कर्मीहरु सक्रिय रुपले लागे पनि आगोले उग्र रुप लिँदा नियन्त्रणमा ल्याउँन गाह्रो पर्‍यो। दार्जीलिग अग्नि समन बिभागले आगोलाई नियन्त्रणमा ल्याउँन नसक्दा कालेबुंग, खर्सांग आदि स्थानहरुबाट पनि दमकल बोलाईएको जानकारी प्राप्त भएको छ। मध्यरातमा सुरु भएको आगो आज बिहान हुँदा सम्मपूर्ण रुपले नियंत्रणमा ल्याउँन नसकेको थाह लागेको छ भने समाचार लेखुञ्जेल सम्ममा कुनै ज्यानको नोक्सान नभएको थाह लागेको छ।अहिले सम्म ४० वता दोकानपाठ जलेर स्वाहा भएको थाहा लागेको छ|





No comments: