Pages

Friday 20 April 2012

दार्जीलिङ शहरमा आगलागी घट्नाले १३० वटा दोकानहरु स्वाह,२१ परिवार बिस्थापित अनि ५ करोड भन्दा अधिक सम्पति नष्ट


दार्जीलिङ शहरमा आगलागी घट्नाले १३० वटा दोकानहरु स्वाह,२१ परिवार बिस्थापित अनि ५ करोड भन्दा अधिक सम्पति नष्ट
२० अप्रेल: दार्जीलिङ
दार्जीलिङ शहरमा आज विहानी पख भएको भयावाह आगलागी घट्नाकाण्डले संधै रमाइलो देखिने शहर एका एक उउजाड बन्ब पुग्यो|उक्त घट्ना काण्डले सन् १९७१ सालमा भएको भयावाह आगलागी घट्नालाई पुन:सम्झाना गराईदिएको छ|सन् १९७१ सालमा दार्जीलिङ शहरमा भएको भयावह आगलागी घट्ना पछि सबै भन्दा ठूलो दोस्रो आगलागी घट्ना यही नै हो|
आज बिहानी पख लकभक दुईबजीतिर शुरु भएको आगलागी घट्नाले सम्पुर्ण सहे उजाड बनाईदिएको छ|उक्त घट्ना दार्जीलिङ शहरको एम पी रोडस्थित बाटा पसल नजिकदेखी सुरु भएको थियो| विहानी पख मानिसहरु मस्त निन्द्रामा परिरहेको समयमा शुरु भएको अग्निकाण्डले एकाएक शहरलाई नै चपेटमा ल्याएर लकभक १३० वटा पसलहरु खरानीमा परिणत पारिदिएको छ| विहानीपख दुई बजीतिर शुरु भएको उक्त अग्निकाण्ड के कारण भयो भन्ने कुराको कुनै पत्तो लाग्न सकेको छैन भने आगोको सुत्रपात कँहादेखी भयो भन्ने कुरा समेत पत्तो लाग्न सकेको छैन |
आगलागीको घट्ना थाहा पाए पढि स्थानिय मानिसहरु,पुलिस प्रशासन,अग्नि समन बिभागका कर्मचारीहरुले आगोलाई नियन्त्रणमा ल्याउने भरपुर प्रयास गरे पनि आगोलाई निय्न्त्रणमा ल्याउन नस्कदा वरिपरिका १सय ३० वटा भन्दा अधिक पसलहरु जलेर स्वाह बनेको छ भने २१ परिवारहरु पुर्णरुपले बिस्थापित बन्न पुगेको छ|उक्त बिस्थापित परिवारहरुलाई अल इण्डिया हुमन अर्गनाइजेसनको भवनमा अस्थायी शिविर बनाएर राख्ने व्यवस्था मिलाइएकोछ|
अग्नीकाण्डको चपेटमा परेर दार्जीलिङ शहर त उजाड बनेको त छ नै ५ करोड भन्दा अधिक सम्पतिको नुक्सानी भएको छ| स्थानिय मानिसहरु भिषणरुप लिएको आगोलाई नियन्त्रणमा ल्याउने अनेकौ प्रयास गरिरहेको समयमा त्यस इलाकामा भएका २ वटा ग्यास सिलिण्डर पड्केपछि थप आगोले उग्ररुप लिएको जानकारी प्राप्त भएको छ|जसको कारण दार्जीलिङ शदर पुलिसले खरसाङ,कालेबुङ,बिजनबारी आदि ठाँउहरुबाट अग्निसमन बिभागलाई सुचित गरेर दमकल मगाउनु पर्यो| त्यतीमात्र नभएर दार्जीलिङ सेनालाई पनि त्तकाल खबर गरेर आगगोलाई नियन्त्रणमा ल्याउँन सहयोग माग्न परेको थियो भने आर्मीका २१ मद्रास अनि ११ गोर्खा रेजिमेन्ट जवानहरु आइपुगे पछि लगभग ५ घण्टा पछि बिहान ७ बजेतिर मात्र आगोलाई पुर्ण नियन्त्रणमा ल्यान सकियो|उक्त भयावह आगलागी घट्नामा स्थानिय मानिसहरुलाई भने सुरक्षित उद्धार गरिएको छ|

No comments: