Pages

Thursday 26 April 2012

न्यायलयले जमानत नदिएपछि,पिताको १३ दिने क्रिया गर्न नपाँउने भयो रुद्र आचर्यले

न्यायलयले जमानत नदिएपछि,पिताको १३ दिने क्रिया गर्न नपाँउने भयो रुद्र आचर्यले

कालेबुङ: युजिआरएफ डेपुटी चिफ रुद्र आचार्यले आज पनि जमानत पाएनन्|जसको कारण आफ्ना बाबुको १३ दिने क्रिया समेत गर्न सकेन|यँहाको ACJM अदालतले अघिल्लो सुनावाईमा तिनलाई ५ दिनको न्यायिक हिरासतमा पठाएको थियो|पाँच दिनको न्यायिक हिरासतमा रहेका आचार्यलाई आज अदालतलमा पेश गरियो भने तिनको अधिवक्ताले न्यालयमा जमानतको अर्जी चडाएका थिए|पितृ शोकमा परेका रुद्र आचार्यको जमानत याचिका अदालतले खारेज गरेर आगमी ९ मईको दिन पुन:अदालतमा हाजिर गराँउनु पर्ने निर्देश दिएको छ|अदालतले तिनको याचिका खारेज घरे पछि खिन्न मन लिएर पत्रकारहरुसितत कुरा काकानी गर्दै आफ्नो बाबुको मृत्यु भएको समयमा मानवताको आधारमा पनि जमानत दिनु पर्थ्यो भनि जनाँए|बाबुको १३ दिने क्रिया गर्न नपाँउनु मेरो लागी अत्यन्तै दुर्भाग्य हो|हिन्दु धर्म अनुसार मैले बाबुको क्रिया गर्न पाउँछु भन्ने आशा थियो|यस्तो पिडादायक क्षणमा पनि न्यायलयले जमानत नदिनु खुबै दुर्भाग्यपुर्ण हो, आचर्यले खुबै भावुक भन्दै भने |यसै सिलसिलामा तिनी अहिले संशोधन गृहमा बाबुको मृत्यु पछि जुठो बारेर केवल फलहरु मात्र खाईरहेको बताँउदै १३ दिन सम्म फलहरु नै बस्ने जनाए| 

स्मरण रहोस २००६ सालमा युजिआरएफ पार्टीको भतृ संगठन युनाईटेड गोर्खा रेभ्युलेसनरी आर्मी(UGRA)ले गोर्खालयाण्ड राज्य प्राप्तीको निम्ति शसस्त्र आन्दोलनको घोषणा गरेको समय देखी रुद्र आचर्य भुमिगत रहेका थिए|लामो समयसम्म भुमिगत बनेका आचर्यले गत २१ अप्रेलको दिन कालेबुङ न्यालयमा आत्मा समपर्ण गरेका थिए|तिनले आत्म समपर्ण गरे पछि न्यालयले ५ दिनको निम्ति न्याहिक हिरासतमा पठाएको थियो भने यसै अवधी ३ अप्रलेको दिन तिनको बाबुको मृत्यु भएको थियो|बाबुको मृत्य पछि पुन: तिनको जमानतको निम्ति अर्जी चडाएको थियो तर अदालतले केवल २४ घण्टाको मात्र जनानत स्वीकार गरेको थयो|२४ घण्टाको जमानतमा छुटेका आचर्यले आफनो पिताको अन्तिम संस्कार सकेर घरमा कोरामा बसेका थिए|त्यसै समय पुन: पुलिसले कोरा स्थलबाटनै उठएर लगे|आज अदालतमा सेतो लुगा बेरेर आएका आचर्यले बाबुको क्रिया गर्नको निम्ति जमानतको आशा गरेका थिए,तर अदालतले तिनको जमानत याचिका रद्ध गरेर पुन:९ मईको दिन अदालतमा हजिर गराँउने निर्देश दिए पछि तिनी चकनाचुर भए| यता यस सम्बन्धमा युजिआरएफ प्रमुख अजय दहालले पनि असन्तुषट ब्यक्त गरे|तिनले पितृ शोकमा परेका ब्यक्तीलाई न्यायलयले जमानत दिनु पर्थ्यो भन्दै,यस्तो पिडाको क्षणमा संगठनहरु मानवताको आधारमा अघि आउनु पर्ने अह्वान गरे|

No comments: