Pages

Monday 16 April 2012

31 ए राजमार्ग लाप्चे झोडामा सडक दुर्घटना: पाँच जनाको घट्ना स्थलमानै मृत्य पाँचजना गम्भिर घाईते


डी के वाइबा: कालेबुङ 16 अप्रेल: यहाँको राष्ट्रिय राजमार्ग 31 ए चित्रे नजिक लाप्चे झोडामा भएको सडक दुर्घटनामा समाचार लेखेञ्जुल सम्म 5 जनाको घटना स्थलमा नै मृत्यु भएको जानकारी प्राप्त भएको छ। जानकारी अनुसार एस के 01 0578 मेक्स वाहन दार्जीलिङबाट गान्तोकतर्फ गईरहेको समयमा उक्त दुर्घटना भएको हो। उक्त दुर्घटना लकभग बेलुकी साँडे तिन बजेतिर भएको थाह लागेको छ। दुर्घटना हुनुको मुख्य कारण थाह

पाउँन नसकेपनि गन्तब्य पुग्न बडी रफ्तारको साथ चालकले वाहन हाँकिरहेको कारण नै नियन्त्रण हराई पठाँदा उक्त दुर्घटना भएको मानिसहरुले बाताएका छन। चालकले वाहनको नियन्त्रण हराए पछि उक्त वाह
न सिधै टिस्टा नदीमा झरेको जानकारी पाईएको छ। दुर्घटनाको समयमा चालक सहित 10 जना यात्रीहरु सवार रहेको जानकारी प्राप्त भएको छ भने उक्त दुर्घटनामा परेर 5 जनाले ज्यान गुमाएको थाह लागेको छ। वाहन सिधै टिस्टा नदीमा झरेर दुर्घटना भएको राफ्टिंग व्यसायीहरुले देखेपछि पुलिस
लाई तत्काल खबर गरेर उद्धर कार्य शुरु गरेको थाह ला
गेको छ। दुर्घटना पछि रा
फ्टिंग कर्मीहरु अनि पुलिसको सहयोगमा चार जनालाई कालेबुङ मह्कुमा अस्पतालमा उपचारको निम्ति ल्याईयो भने एक जनाको अवस्था एकदमै गम्भिर रहेको उपचारको निम्ति सिलीगडी रेफर गरिएको छ। अन्य घाईतेहरु क्रमैले मंसोग निवासी जयबहादुर राई (46), जलढक्का निवासी अनुराग गुरुङ(19) अनि मल्लि निवासी प्रेमिका राई (42) अनि साईँली तामङको कालेबुङ अस्पतालमा उपचार चलिरहेको छ भने मन्सोग निवासी मञ्जु शेर्पा (34)लाई सिलगडी रेफर गरिएको छ। दुर्घटना परेर घाईते बनेका वाहनका चालक सोनाम याक्सेन भोटियालाई उपचारको निम्ति मल्लि प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ भने तिनको अवस्था खत्रादेखि बाहिर रहेको थाह लागेको छ। दुर्घटनामा परेर घाईते हुनेहरु मध्ये जलढक्का निवासी अनुराग गुरुङ गान्तोक कलेजमा अध्यान गर्ने गरेको थाह लागेको छ भने तिनी गान्तोक गईरहेको समयमा दुर्घटनामा परेर घाईते बनेका छन। दुर्घटनामा परेर ज्यान गुमाउँनेहरुमा क्रमैले उदय प्रधान दर्जीलिङ निवासी अनि तिनकै पत्नि बिनिता प्रधान, मनिका राई सिक्किम निवासी, प्रभात तामङ दार्जीलिङ जलपहाड निवासी अनि मञ्जु शेर्पा रहेको थाना सुत्रबाट जानकारी पाईएको छ। घाईतेहरु मध्ये अधिकाशको टाउकोमा चोट लागेको छ भने छाति तथा ढाँड आदि शरिरको भागहरुमा पनि चोटहरु लागेको छ।

No comments: